भर्खरै :

क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्मित : प्रजग कोरिया

प्योङयाङ, ३ कार्तिक (रासस÷सिन्ह्वा) : प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले मङ्गलबार आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । प्रजग कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ ।
दक्षिण कोरियाली सैन्य अधिकारीले मङ्गलबार प्रजग कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो । प्रजग कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।
साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको प्रजग कोरियाली सरकारले बताएको यहाँको सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको छ ।
दक्षिण कोरियाली सेनाका प्रमुखले प्रजग कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पूर्वीसमुद्रको पानीमा खसेको अनुमान गरिएको मङ्गलबार बताएका थिए ।
प्रजग कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र प्रहार गर्ने र परीक्षण गर्ने गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भइ खसेको जापानले जनाएको थियो । यस पटकको क्षेप्यास्त्र पनि पानीमा खसेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *