राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
बिहान भक्तपुर नगरपालिकाको एउटा कार्यक्रममा गई खाना खाएर वडा कार्यालय जाँदा अलि ढिलो भएको थियो । कार्यालयमा सेवाग्राहीहरू अलि बढी थिए । कुर्सीमा बस्ने बित्तिकै एक जना व्यक्ति आफूलाई अलि हत्तार भएको भन्दै छिटो तोक लगाई दिन अगाडि आउनुभयो । मैले निवेदन सरसरती पढेँ र संलग्न कागजातहरू पनि हेरेँ । मृत्यु दर्ता र नाता प्रमाणितको निवेदन रहेछ । कागजातहरू सबै पुगेकै रहेछ । भीडको समयमा हतार भयो भनी कोही सिफारिस लिन आउँछ भने त्यस्तो मान्छेदेखि सचेत हुनुपर्छ भनी पार्टीका अग्रजहरूले राजनैतिक प्रशिक्षणमा भन्नुभएको कुरा सम्झना भयो । फेरि एकपटक निवेदन सरसरती पढेँ र कागजातहरू पुगे नपुगेको हेरेँ । तर, सबै कागज पुगेकै थियो र सिफारिस पनि सामान्य खालकै थियो । निवेदनमा अलि बढी सचेत हुनुपर्ने खालको केही देखिँदैन । निवेदनअनुसार त्यस व्यक्तिको नाम हरि सुवाल रहेछ । सेतो पहिरनमा भएकोले बुबाको मृत्यु भएको होला भनी मृत्युदर्ता र नाता प्रमाणित दुबैमा तोक लगाई दिएँ । त्यस व्यक्तिलाई पहिले मृत्युदर्ता प्रमाण पत्र लिन र त्यसपछि मात्र नाता प्रमाणित सरजमिन गरिलिन सकिने प्रक्रियाबारे सामान्य जानकारी दिएँ । उहाँले कार्यालयको नियमानुसार मृत्युदर्ता र नाता प्रमाणित लिन्छु भन्नुभयो । त्यसपछि मैले अरू सेवाग्राहीहरूसँग कुराकानी गर्न थालेँ ।
कुराकानी गरेको १० मिनेट बित्न नपाउँदै सचिव कार्यालयमा प्रवेश गर्नुभयो । उहाँले तोक लगाएको अलि उपयुक्त भएन भनी गुनासो गर्नुभयो । मैले के भयो भनी प्रतिप्रश्न गरेँ । सचिवले भन्नुभयो, “यो निवेदनमा कानुनअनुसार कागज पुगे पनि निवेदक एक्लो छोरा नभएको र निजको दाजु भएकोले एक्लो छोरामात्र भएको भनी नाता प्रमाणित दिन मिल्दैन सर । बुबाको मृत्यु दर्तासम्म दिँदा केही फरक पर्दैन ।”
सचिवको कुरा नसकिँदै मनिषले सचिवलाई रिसाएर अलि ठूलो स्वरमा भन्नुभयो, “दाइको नागरिकतामा बुबाको नाम कृष्णनारायण हुनुपर्नेमा बाजे मोहलाललाई बुबा देखाई नागरिकता लिइएको थियो । बाजेले दाइलाई आफ्नै छोरासरह हेरचाह गरी नातिलाई छोरा देखाई नागरिकता लिई दिनुभएको थियो । बुबाको दुइटी श्रीमती भएकोले जेठी आमाको सन्तानको रूपमा दाइ कृष्णराम सुवालको जन्म भएको साँचो हो । तर, जेठी आमाको अल्पआयुमै मृत्यु भएकोले दोस्रो विवाह भएर मेरो जन्म भएको हो । दाइलाई बाजेले सानैदेखि हुर्काउनुभएको थियो । अरू छोरा चार जना भए पनि दाइलाई पाँचौँ सन्तानझैँ माया गरेर हुर्काई बढाई सम्पत्तिसमेत एक भाग दिइसकेको थियो । यस्तो अवस्थामा दाइलाई फेरि नाता प्रमाणितमा देखाई प्रमाणपत्र लिँदा दाइले त बाजे र बुबा दुबैबाट सम्पत्ति लिने भयो होइन र ? त्यसैले मैले म एकजनामात्र एक्लो छोरा देखाई नाता प्रमाणित लिन निवेदन ल्याएको हुँ ।”
हरिको कुरा सुनेपछि मैले तुरुन्त भनिहालेँ, “तपाईँले आजलाई मृत्यु दर्ता प्रमाणपत्र लिएर जानुस् । नाता प्रमाणित प्रमाणपत्रको विषयमा निर्वाचित समितिमा छलफल गरेपछि दिन सकिने भएकोले एक हप्तापछि फेरि एकचोटि कार्यालयमा सम्पर्क राख्नुस् । अहिलेलाई यहाँ अलि भीड भएकोले तपाईँ जानुस् ।” मेरो कुरा सुनेपछि मनिष हुन्छ भन्दै बाहिर जानुभयो । सचिवलाई यस विषयमा छलफल गर्न भीड कम भएपछि आफूलाई भेट्न निर्देशन दिई मृत्युदर्ता प्रमाणपत्र तत्काल बनाइदिन अनुरोध पनि गरेँ ।
त्यही दिन दुई बजेपछि पुनः सचिवलाई हरिको निवेदनबारे बुझ्नको लागि माथि बोलाएँ । खाजा खाने समय भएकोले वडामा भीड थिएन । सचिवलाई हरिको बारेमा आफूलाई थाहा भएको कुरा जानकारी दिन अनुरोध गरेँ । त्यसपछि उहाँले भन्नुभयो, “मोहलालका चार जना छोरा थिए । जेठो छोरा कृष्णनारायण हो । उसको जेठी श्रीमतीको सन्तान कृष्णराम सुवाल हो भने कान्छी श्रीमतीको तर्फबाट हरि एक्लोमात्र सन्तान हो । कृष्णनारायणले कान्छी श्रीमती ल्याएपछि जेठीको छोरा कृष्णरामलाई हेरचाह नगरेकोले बाजे मोहलालले आफ्ना चार जना छोरासँगै नातिलाई पनि छोरासरह हुर्काई बढाई अलिकति जग्गा भाग दिनुभएको सुन्नमा आएको छ । जनप्रतिनिधि नभएको बेलामा एक दिन कृष्णरामको नागरिकतामा बुबाको नाम फेर्नुप¥यो भनी आउनुभएको थियो । त्यही समयमा कृष्णरामले बुबाको नाममा बाजेको नाम काटेर आफ्नै बुबाको नाम राख्नको लागि आउनुभएको थियो । तर, त्यसबेला के कारणले हो कुन्नि उहाँले गर्नुभएन । अहिले आएर फेरि भाइ हरिले एक्लो छोरा भनी नाता प्रमाणित लिन आएपछि छलफल नगरी दिनु हुँदैन । त्यसैले टोलका गन्यमान्य व्यक्ति र समितिका छलफल नगरी सिफारिस नदिँदा राम्रो होला ।” कुरा मनासिब भएकोले नियमित शुक्रबारको बैठकमा मनिषको निवेदनलाई छलफलमा राख्न सचिवलाई निर्देशन दिएँ ।
शुक्रबार बस्ने नियमित बैठकले कृष्णराम र काकाहरू चारै जना बोलाई छलफल गर्ने र सरजमिन गर्ने निर्णय ग¥यो । निर्णयलाई कार्यान्वयन गर्न सबभन्दा पहिले कृष्णरामलाई बोलाएँ । उहाँ वडामा आउनुहुँदा सेतो पहिरन देखिएन । मैले सोधेँ, “तपाईँ बुबा बित्दा पनि बर्खी बस्नुभएन ?” उहाँले जवाफ दिनुभयो, “बुबा बित्दाखेरि भाइ हरिले मलाई खबर नै गरेन सर । मलाई काकाहरूले खबर गर्दासम्म त बुबालाई घाटमा लगी आगो राखिसकेको थियो । त्यसैले म बर्खि बसिन ।”
मैले भने, “त्यसो भए तपाईँलाई बुबाको सम्पत्ति पनि चाहिँदैन है । हुन त तपाईँको बुबा पनि होइन क्या रे ? तपाईँले त बाजेलाई बुबा देखाई नागरिकता लिइराख्नुभएको छ त ?”
उहाँले जवाफ फर्काउनुभयो, “बुबालाई कान्छी श्रीमती र छोरा प्यारो थियो । मलाई बुबाले सानैदेखि नहेरेकाले बाजेले आफ्नै छोरा भनी नागरिकता लिई दिएका थिए । अनि थोरै जग्गा पनि दिएका थिए । बुबाबाट पनि अलिकति सम्पत्ति पाए हुन्छ सर ।” उहाँको कुरा सुनेपछि छलफल गरौँला भनी बिदावारी गरेँ ।
त्यस्तै चारै जना काकाहरू वडामा बोलाई कुरा गर्दा भतिजालाई आफूहरूसरह सम्पत्ति दिन नसकिने भएकोले नागरिकता नै परिवर्तन गर्न पाए हुने राय दिनुभयो । कृष्णराम र काकाहरूको कुरा बुझे पनि मैले सचिवलाई बोलाई भोलि एक पटक सरजमिन गर्न जान निर्देशन दिएँ । तर, टोलमा जाँदा काकाहरू र कृष्णरामसँग कुरा नमिलेपछि सरजमिन हुन भएन । त्यही कुरा जनप्रतिनिधि साथीहरूलाई शुक्रबारको नियमित बैठकमा ब्रिफिङ्ग गरेँ ।
कान्छा छोरा हरि आफ्नोमात्र नाम र फोटो राखेर नाता प्रमाणित लिनुपर्ने र बुबाको सम्पत्ति एक्लै खान खोज्ने, जेठो छोरा कृष्णराम दुबै दाजुभाइको फोटो राखेर नाता प्रमाणित लिनुपर्ने, भाइसरह सम्पत्ति लिनुपर्ने तर मृत्यु संस्कारलगायत अन्य केही संस्कार नगर्ने, काकाहरू भतिजा कृष्णरामलाई आफूसरह सम्पत्ति दिनुपर्ला भनी नागरिकता खारेज गर्नुपर्ने र सरजमिन हुन नदिने अवस्था देखियो । यसरी त्रिपक्षीय स्वार्थमा टकराव भएपछि लामो अवधिसम्म सरजमिन हुन नसकी नाता प्रमाणित वडाबाट भएन । तर कान्छो हरि पटक–पटक वडामा आएर कुनै पनि हालतमा सरजमिन गर्नुपर्ने माग राख्दै आइरहनुभयो । कहिले आफ्नै साथीहरू साक्षी राखेर सरजमिन गर्नुपर्ने माग राख्नुहुन्थ्यो भने कहिले वडाले सरजमिन नगर्ने भए अदालतमा गएर वडाविरुद्ध मुद्धा दायर गर्ने धम्की दिनुहुन्थ्यो । कृष्णराम भाइसरह सम्पत्ति नपाए पुख्र्यौली सम्पत्ति अलि भए पनि पाउनुपर्ने माग राखी वडामा आइरहनुहुन्थ्यो ।
एकदिन कान्छा छोरा हरि, कृष्णराम र काकाहरूलाईकार्यालयमा दोस्रो प्रहरमा वडामा बोलाएँ । त्यस समयमा ज्येष्ठ जनप्रतिनिधि पनि हुुनुहुन्थ्यो । मैले सबभन्दा पहिले हरिलाई नाता प्रमाणित चाहिन्छ कि चाहिँदैन भनी प्रश्न गरेँ । उहाँले आवश्यक छ भनी जवाफ फर्काउनुभयो । अनि कृष्णराम रगतको नाताले दाइ पर्छ कि पर्दैन भनी प्रश्न गरेँ । उहाँले एउटै बुबा भएकोले रगतको नाता पर्ने बताउनुभयो । अनि आफ्नै दाइ भएपछि सम्पत्ति दिनुपर्छ कि पर्दैन भनी प्रश्न गरेँ । उहाँ जवाफ नदिइकन बस्नुभयो । मैले हरिलाई पुरै सम्पत्ति नदिए पनि कमसेकम रगतको नाता पर्ने दाइलाई अलि सम्पत्ति दिनैपर्ने भनी सम्झाउन खोजेँ ।
ज्येष्ठ जनप्रतिनिधिले पनि मेरो कुरामा सहमति जनाई आफ्नो धारणा राख्दै भन्नुभयो, “रगतको नाता भएको आफ्नै दाइलाई अलग गरेर एक्लो छोरा हुँ भन्नु गलत छ । नागरिकतामा बुबाको नाम नमिले पनि दुवैको एउटै बुबा भएको कुरामा वडाले नजरअन्दाज गर्न मिल्दैन । त्यसैले सम्पत्तिको कुरामा नाता प्रमाणित प्रमाणपत्रले धेरै असर गर्ने हुँदा यस विषयमा सचेत हुनैपर्दछ । दाजुलाई कुनै पनि हालतमा सम्पत्तिबाट बेदखल गर्न मिल्दैन र वडाले दाजुलाई सम्पत्ति बेदखल हुने गरी कुनै किसिमको सिफारिस दिन मिल्दैन ।”
मैले फेरि हरिलाई भनेँ, “दाइको नागरिकता कुनै पनि हालतमा खारेज हुन नसक्ने भएकोले काकाहरूसँग भाइसरह सम्पत्ति बुझिलिए भनी मालपोत र वडामा कागज गरी तपाईँले अलि सम्पत्ति दिएमा यो समस्या समाधान हुन्छ ।”
मैले काकाहरूलाई भनेँ, “कृष्णरामले अंश लिए भन्ने कागज वडा र मालपोतमा गरिदिएमा तपाईँहरू सरजमिनमा साक्षी बस्न तयार हुुनुहुन्छ कि नाइ ?” काकाहरूले मेरो रायमा सहमति जनाउनुभयो । काकाहरू तयार देखिएपछि हरि र कृष्णरामलाई अर्को कोठामा लेनदेनमा कुरा मिलाउन अनुरोध गरेँ । आधा घण्टा दाजुभाइबीच कुराकानी भएपछि हरि आफ्नो दाइलाई पुख्र्यौली सम्पत्तिबाट केही रकम दिने सहमति भयो । सहमति हुनेबित्तिकै सचिवलाई बोलाएर माइन्यूट तयार गर्न निर्देशन दिएँ ।
वडामा भएको सहमतिको विषयमा शुक्रबारको नियमित बैठकमा जनप्रतिनिधिहरूलाई बिफ्रिङ्ग गरेँ । उहाँहरूको पनि सहमति भएपछि सरजमिन गर्ने निर्णय भयो । सोही निर्णयअनुसार मेरो आफ्नै रोहवरमा सरजमिन भयो र नाता प्रमाणितको सिफारिस पनि दिएर पठाएँ । यसपछि कृष्णरामले आफ्नै बुबाबाट सम्पत्ति पाए भने भाइ हरिले बुबाको सम्पत्ति सबै आफ्नो नाममा नामसारी गर्न सजिलो भयो । हाल वडाले हरिलाई बुबाको सम्पत्ति नामसारी गर्न सिफारिस दिइसकेको अवस्था छ । कृष्णरामले पनि विवाह दर्ता, आफ्ना सन्तानहरूलाई जन्मदर्तालगायतका नागरिकताको सिफारिस लिइसकेको अवस्था छ ।
Leave a Reply