सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
भक्तपुर नगरपालिका वडा नं. ४ चम्पकेश्वर महादेव जाने बाटोमा भव्य टहरा निर्माण भइरहेको छ । उक्त टहरा निर्माणकर्ताले नगरपालिकाको स्वीकृति लिएर बनाएको हो वा होइन बटुवाहरूलाई थाहा हुने विषय होइन । तर, बाटो फराकिलो पार्दा बनाएको पर्खालमा नै टहराको पाइप जडान गरेकोले टहराले मापदण्ड मिचेको हो कि भन्ने आशङ्का बटुवाहरू गर्छन् । आश्चर्यको कुरा के छ भन्ने टहरा निर्माण सुरू गरेको महिना दिन नाघिसक्दा पनि नगरपालिकाका निरीक्षकहरूले निरीक्षण गरेको देखिँदैन । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् । बनाइसकेपछि बिगार्नु ठूलो कुरा होइन, नबन्दै उचित निक्र्योल गर्नु बुद्धिमानी हुनेछ ।
नगरपालिका जनताको आफ्नै संस्था भएकोले नगरवासीलाई दुःख नदिने मनसायले बाटो मिचेर टहरा बनाउँदा पनि नगरपालिकाले आँखा चिम्लिदिएको हो कि भनी स्थानीयहरू नगरपालिकाप्रति व्यङ्ग्य गर्दै छन् ।
Leave a Reply