राजविराज, २९ असार । सप्तरीमा सहुलियत दरमा मलखाद तथा बीउबिजन उपलब्ध नहुँदा यहाँका किसान मारमा परेका छन् ।
खेती गर्ने समयमा आवश्यकताअनुसारको मलखाद र बीउबिजन सहुलियत दरमा उपलब्ध नहुँदा किसानले भारतको विभिन्न बजारबाट खरिद गर्दैआएका छन् । सरकारले आफ्ना लागि भनेर सहुलियत दरमा उपलब्ध गराएको मलखाद नपाउँदा समस्यामा परेको राजविराज–८ का अशोक माझीले बताउनुभयो ।
असारको अन्तिम साता बित्न लाग्दा पनि यहाँका किसानलाई सहुलियत दरमा मलखाद उपलब्ध हुन सकेको छैन । किसान धान रोपाइँ गर्नबाट वञ्चित भएका छन् । जिल्लामा डिएपी मलको कृत्रिम अभाव रहेको छ ।
सहकारीद्वारा मनी ट्रान्सफर सञ्चालन
ग्रामीण जनतालाई लक्षित गरी राजविराज–८ स्थित मदननगरमा नवज्योति बचत तथा ऋण सहकारीलदे मनी ट्रान्सफर काउण्टर सञ्चालन गरेको छ ।
ग्रामीण जनतालाई राहत पु¥याउने उद्देश्यका साथ मनी ट्रान्सफर काउण्टर सञ्चालन गरिएको संस्थाका अध्यक्ष नरसिंह यादवले बताउनुभयो । जिल्ला सहकारी सङ्घ सप्तरीका व्यवस्थापक रमेशकुमार गुप्ताले एक समारोहका बीच सो काउण्टरको उद्घाटन गर्नुभयो । रासस
Leave a Reply