भर्खरै :

अफगान जनताको जीवनको मूल्य कति ?

हरेक युद्धमा दुःख पाउने सर्वसाधारण जनता नै हुन् । दोहोरो भिडन्तमा उनीहरूले मुस्किलले ज्यान जोगाउन सक्छन् । तर, हमलाको उनीहरू सजिलै शिकार बन्न सक्छन् । अफगानिस्तानमा संरा अमेरिकाले गरेको हवाई हमलाको पछिल्लो वियोगपूर्ण ‘गल्ती’ मा परी दस जना सर्वसाधारणको हत्या भयो । तीमध्ये सात त केटाकेटी थिए । उनीहरू सबै एउटै परिवारका थिए । एउटा अफगान परिवारको विचल्ली भयो, जसरी बितेका बीस वर्षमा दसौँ हजार अरू परिवारमा भएको थियो ।
अफगानिस्तानमा संरा अमेरिकी सिपाहींको सङ्ख्या जति जति ओरालो लाग्यो, संरा अमेरिका र संयुक्त गठबन्धन सेनाबाट सर्वसाधारण जनताको हत्या हुने क्रम अझ बढ्यो । पछिल्लो तथ्याङ्कअनुसार सन् २०१९ मा हवाई हमलामा परी ७ सय अफगानी नागरिक मारिएका थिए । अफगानिस्तानमाथि हमला सुरु भएयता अन्य कुनै पनि वर्षभन्दा त्यो वर्ष हवाई हमलामा परी सबभन्दा बढी अफगान नागरिकको हत्या भएको थियो ।
हवाई हमला र बृहत् सैनिक हस्तक्षेपप्रति संरा अमेरिकी आसक्तिबारे बुझ्न सन् १९३३ मा जनरल बटलरले भनेको कुरा उद्धरण गर्नु समीचीन होला । उनले भनेका थिए, “युद्ध भनेको निकै थोरैको हितमा हुने गर्छ । तर, त्यसको मूल्य भने धेरैले चुकाउनुपर्ने हुन्छ ।” मान्छेले जीवन गुमाएको अफगान युद्धको एउटैमात्र विजेता भनेको संरा अमेरिकी सैनिक–औद्योगिक (हतियार) उद्योग हो ।

सरकार र रक्षा उद्योगबीचको यो ‘घुम्ने ढोका’ ले संरा अमेरिकाको इतिहासकै सबभन्दा लामो युद्ध चर्काउन ठूलो टेवा दियो । रक्षा विभागको अनुगमनअन्तर्गत रक्षा ठेकेदारहरूले पहिलाका वरिष्ठ रक्षा अधिकारी र उच्चपदस्थ पूर्वसैनिक अधिकारीहरूलाई काम दिने गर्छन् । यो सम्बन्धले दुवै पक्ष मालामाल हुने गरेको छ । सेनाको तल्लो तहमा उनीहरूको प्रभाव, ठेकेदार हात पार्ने हैसियत र आफ्ना कम्पनीलाई धनी बनाउने सोचले लडाइँलाई अझ लम्ब्याएको हुन्छ ।

सरकारको ठेक्कामा निजी रक्षा व्यापारले लडाकु जेट विमान, स्थलगत प्रतिरक्षा सवारी साधन, उत्पादन परिचालन प्रणाली बनाउने गर्छ । निजी क्षेत्रले नै लड्नलाई सिपाहींहरूको व्यवस्था गर्छन् । संरा अमेरिकी सेना आफैले भन्दा निजी क्षेत्रले बढी सिपाहीं भर्ती गर्ने गर्छ । अग्रमोर्चाका कामको लागि बाहिरबाट मान्छे राख्नु सरकार र निजी कम्पनी दुवैको हितमा छ । घरेलु दबाबको कारण संरा अमेरिकी सरकारले सिपाहींहरू देश बाहिर परिचालन गर्दा धेरै आलोचना सामना गर्नुपर्छ । जनताको आँखा छल्न राजनीतिक नेताहरूले अन्य देशमाथि संरा अमेरिकी प्रभुत्व कायम राख्न निजी क्षेत्रलाई ठेक्का दिने गरेको छ । उनीहरू त्यसमा हुने आर्थिक एवम् मानवीय लागत भने लुकाउने गर्छन् ।
हरेक वर्ष संरा अमेरिकाको आधाभन्दा बढी खर्च रक्षा क्षेत्रमा हुने गरेको छ । रक्षा क्षेत्रमा हुने आधा खर्च ठेकेदारको हातमा जाने गरेको छ । उदाहरणको लागि सन् २०१९ मा रक्षा एकाधिकारको लागि खर्च जम्माजम्मी ३ खर्ब ७० अर्ब अमेरिकी डलर हुने गरेको छ । सरकार र रक्षा उद्योगबीचको यो ‘घुम्ने ढोका’ ले संरा अमेरिकाको इतिहासकै सबभन्दा लामो युद्ध चर्काउन ठूलो टेवा दियो । रक्षा विभागको अनुगमनअन्तर्गत रक्षा ठेकेदारहरूले पहिलाका वरिष्ठ रक्षा अधिकारी र उच्चपदस्थ पूर्वसैनिक अधिकारीहरूलाई काम दिने गर्छन् । यो सम्बन्धले दुवै पक्ष मालामाल हुने गरेको छ । सेनाको तल्लो तहमा उनीहरूको प्रभाव, ठेकेदार हात पार्ने हैसियत र आफ्ना कम्पनीलाई धनी बनाउने सोचले लडाइँलाई अझ लम्ब्याएको हुन्छ ।
रक्षा उद्योगसँग डिक चेनीको सम्बन्ध सर्वविदित छ । संरा अमेरिकालाई अर्थहीन लडाइँमा धकेलेर गम्भीर गल्ती गरेपछि उनको यस्तो सम्बन्ध खुलासा भएको थियो । रक्षामन्त्री र उपराष्ट्रपतिको भूमिकामा छँदा चेनी हेलिबर्टनका प्रमुख कार्यकारी अधिकारी (सीइओ), केलग र ब्राउन तथा रुट (केबीआर) का मालिक पनि थिए । यूएसएस्पटेन्डिङ.जीओभीका अनुसार केबीआरले सन् २००१ देखि २०१९ को बीचमा रक्षा विभागबाट ५० अर्ब अमेरिकी डलर बराबरको ठेक्का पाएका थिए ।
युद्धको सुरुआत र निरन्तरता दिने कुरा सकेसम्म युद्धलाई लम्ब्याउने स्वार्थ बोकेका मान्छेहरूबाटै निर्देशित हुने गरेको छ । तर, जब राजनीतिक नेता र युद्धपिपासुहरू व्यक्तिगत सम्पत्तिमा चुर्लुम्म डुबे, निर्दोष अफगानहरू धुवाँ र आगोको लप्कामा जल्न बाध्य भए । अरू केहीको लागि नभई स्वार्थवश भएका ड्रोन हमलामा मर्न बाध्य भए । युद्ध क्षेत्रबाट संरा अमेरिका क्रमशः फर्किरहेको बेलामा तत्कालीन अफगान सरकारी सेनालाई पनि संरा अमेरिकाले युद्धसामग्री दिइरह्यो । युद्धको दोस्रो दशकमा संरा अमेरिकाले अफगान हवाइ सेनालाई ३ अर्ब २० करोड अमेरिकी डलर प्रदान ग¥यो । त्यसमध्ये १ अर्ब डलर त युद्धसामग्री र हवाईजहाज किन्नमा मात्र प्रयोग भयो । यदि ठूलो मुनाफा नआउने भए कोही पनि विवेकवान् लगानीकर्ताले त्यत्ति रकम त्यस्तो काममा खर्च गर्दैनथ्यो । तर, बुद्धिहीन राजनीतिक नेता र व्यापारीहरूले गलत बाझी लगाएः उनीहरूले आफ्नो देश रक्षाको लागि लड्ने जनतालाई न्यूनाङ्कन गरे ।
राजनीतिक–व्यापारिक लोभबाट निर्देशित संरा अमेरिकाले अफगानिस्तानको स्थायित्व र शान्ति दुई दशकसम्म लुट्यो । मानिसको जीवन युद्ध रणनीतिमा ‘प्रमुख’ होइन, ‘गौण’ विषय बन्यो । अफगान जनताले भोगेको क्षति र पीडा क्षतिपूर्ति दिएर पूर्ति हुनसक्दैन । अफगान जनताको जीवनको मूल्य अमेरिकीहरूले कति तोकेका छन्, जनता सोध्दै छन् ।
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : मनिषा

Leave a Reply

Your email address will not be published. Required fields are marked *