भर्खरै :

एमसीसीको विरोध आत्मनिर्भर अर्थतन्त्र र विकासको निम्ति हो

  • कार्तिक १२, २०७८
  • बागमती प्रदेशसभा सदस्य सृजना सैँजू
  • विचार विशेष

नेपालका निम्ति एमसीसी पाण्डोराको बाकस हो । एमसीसी स–साना, कमजोर र गरिब मुलुकमा गरिबी निवारण र विकासको नारा सहित सार्वभौमिकतामाथि हमला गर्ने संरा अमेरिकी साम्राज्यवादको डलर कूटनीति हो । एमसीसीसँगै आउने सङ्कटहरूबारे जनतालाई सचेत बनाउने आन्दोलनमा हामी छौँ ।
अनुदानले देश बन्दैन । आर्थिक सहायतामाथिको निर्भरताले देशलाई परनिर्भरताको चक्रब्यूहमा फसाउँछ । सर्तसहितको अनुदान र आर्थिक सहयोग दासताको सिक्री बन्दछ । के देशमा प्रजातन्त्र पुनःस्थापनापछिको ७० वर्षमा भित्रिएको डलर, पाउन्ड, आईसी लगायतले देश बन्यो ? सरकार र शासक दलहरूले ७० वर्षसम्म शासनसत्तामा पुगेर विदेशीलाई भिक्षापात्रोमा देशको स्वाभिमान र अस्मिता बेचे । आज पनि त्यही सिलसिला जारी छ । लेखक नन्दराज श्रेष्ठको In the name of Development ले अमेरिकी डलरको नालीबेली उजिल्यायो । १ लाख रुपियाँ पनि नछोड्ने प्रवृत्ति हुर्कनु लज्जाको विषय हो । अनुदान र विकासबीचको खाडल बढ्यो । अनुदान जस्तो ‘Easy Money’ का कारण अनियमितता भ्रष्टाचार बढ्यो । गरिबी बढ्यो । गरिबीको कुचक्र अझ जटिल बन्यो । विडम्बनाको विषय के हो भने यो पटकको विकास बजेट ३ खर्ब ८८ अर्ब १० करोड अनुदान र आर्थिक सहायोगबाटै जुटाउने उल्लेख छ । समृद्धि र विकासको नारा बेच्ने शासक दलहरूले आत्मनिर्भरताको सवाल कहिल्यै उठाएनन् । एमसीसीको विरोध आत्मनिर्भर अर्थतन्त्र र विकासको निमित्त हो ।
विश्वको इतिहासले पनि त्यही भन्छ, विशेषतः संरा अमेरिकाको अनुदान र आर्थिक सहायताले कुनैपनि देश बनेको छैन । संरा अमेरिकाले १९ औँ शताब्दीदेखि विश्वमा आर्थिक उपनिवेशको अध्याय सुरु ग¥यो । डलरकै आडमा उसले अफ्रिकी महादेश र ल्याटिन अमेरिकालाई आप्mनो तखतमा राख्न खोज्यो । अफ्रिकाको गरिबी निवारण र ल्याटिन अमेरिकाको विकास संरा अमेरिकाको नारा थियो । अफ्रिकामा डलर लिएर गयो, दशकौँ शासन ग¥यो । ल्याटिन अमेरिकालाई डलर कूटनीतिको सिक्रीले बाँध्यो । ल्याटिन अमेरिकामा उदाएको क्युवालाई दबाउन र ल्याटिन अमेरिकामा समाजवादी उभार उठ्न नदिन डलरलाई हतियार बनायो । संरा अमेरिका त्यहाँ Alliance for Progress भन्दै गएको थियो । विकासको नारा दिँदै उठ्दै गरेको समाजवादी आन्दोलन दबायो । क्युवामाथि नाकाबन्दी लगायो । क्युवा संरा अमेरिकी साम्राज्यवाद विरुद्ध सङ्घर्षरत छ ।
अफ्रिकामा USAid ले विकास भएन । गरिबी हटेन । झन् दरिद्र बनायो, माग्ने बनायो, परनिर्भरताको सिक्रिले बाँध्यो । भ्रष्टाचार बढ्यो । उत्पादन ¥हास भयो, प्राकृतिक स्रोत र साधन गुम्यो । डाम्बिसा मोयोको पुस्तक ‘Dead Aid’ ले त्यो उजागर गर्छ । सन् १९७० देखि १९९८ सम्म अफ्रिका भित्रिएको आर्थिक सहयोगले गरिबी ११ प्रतिशतबाट ६६ प्रतिशत पु¥यायो भन्ने तथ्यले त्यही भन्छ । त्यसकारण, आज घाना, युगान्डा, माडागास्कार लगायतका देशहरू एमसीसीको विरोध गर्दै छन् । एमसीसी जस्ता थुप्रै संरा अमेरिकी हतियारविरुद्ध जनता आन्दोलनमा छन् । सुरुआति वर्षमा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको माडागास्करले एमसीसी लखेटिइसकेको छ । श्रीलङ्काले भर्खरै अस्विकार ग¥यो ।
नेपालका लागि एमसीसी सम्झौता आफैमा खोटपूर्ण छ । सम्झौता र संविधान बाझिएमा सम्झौता लागु हुने र सम्झौतालाई नेपालका सम्पूर्ण कानुनले काट्न नसक्ने गरी संसद्बाट अनुमोदन गर्नुपर्ने सर्त हाम्रो सार्वभौमिकता र स्वाभिमानमाथिको हमला हो । एमसीसी परियोजनाको MCA अमेरिकी प्रशासनको मातहतमा रहने बुँदा उल्लेख छ । परियोजनासँग जोडिएका सवालहरूमा भारतसँग सोध्नुपर्ने, अनुमोदन गराउनुपर्ने विषयले संरा अमेरिका भारतलाई साथमा लिएर नेपालमा आर्थिक उपनिवेश खडा गर्न चाहन्छ भन्ने प्रस्टिन्छ । आर्थिक उपनिवेश राजनीतिक उपनिवेशमा बदलिन्छ, इतिहासले त्यही भन्छ । परियोजना र परियोजनासँग जोडिएका मानिसहरूले कुनै अपराध गरे अर्थात् अपराध कार्यमा संलग्न रहे तिनलाई कानुन नलाग्ने, संरा अमेरिकी कानुनअन्तर्गत पठाइने, परियोजनाको आयु अन्तहिन रहने सबालहरू सार्वभौमिकताविपरीत छन् । त्यसकारण, एमसीसीको विरोध सार्वभौमिकताको पक्षमा देशभक्तहरूको आन्दोलन हो ।
एमसीसी हिन्द प्रशान्त सैन्य रणनीतिअन्तर्गतको हिस्सा हो, एसिया नीति हो, नेपाल नीति हो भन्ने पुष्टि अमेरिकी दस्तावेजहरूले नै गर्दछन् । संरा अमेरिकी राजदूत ¥यान्डी बेरीको अभिव्यक्ति, संरा अमेरिकी प्रमुख सेना नेपालका सैन्य क्याम्पहरूमा (पाँचखाल) मा भ्रमण गर्नु, डोनाल्ड ट्रम्पले एसिया क्षेत्रमा आप्mनो चासो देखाउनुले पनि पुष्टि गर्न सघाउँछ । हिन्द प्रशान्त क्षेत्रमा संरा अमेरिकाले सन् २००४ देखि नै २.४ बिलियन अमेरिकी डलर खर्चिरहेको तथ्याङ्क छ । यस क्षेत्रमा १२ ओटा देशसँग संरा अमेरिकी सैनिक साझेदारी विस्तार हुने र एसियाको मुख्य साझेदार भारत हुने उल्लेख छ । पछिल्लो साझेदार श्रीलङ्का र भारत रहन्छ भनिएकोमा श्रीलङ्का पछि हटेपछि नेपालमा कसरत हुँदै छ । अहिले नै हिन्द–प्रशान्त क्षेत्रमा ३ लाख ७५ हजार अमेरिकी सेना तैनाथ छन् । हाम्रो विरोध एमसीसीको खोलमा आउने हिन्द प्रशान्त रणनीतिको हो । इतिहास भन्छ – जबजब संरा अमेरिकी साम्राज्यवाद शान्तिको कुरा गर्छ भित्रभित्रै उसले युद्धको तयारी गरिसकेको हुन्छ । जहाँजहाँ संरा अमेरिका पुग्छ उपद्रोह, आतङ्क, अन्तरध्वंस मच्चाउँछ । उत्पात, अराजकता र युद्ध पुरस्कार छोड्छ । हालै उसले राष्ट्रिय रक्षा अधिकार ऐन पास ग¥यो । सेना र हतियार उत्पादनका लागि ७७७.९ अर्ब बजेट वृद्धि ग¥यो । हिजो जस्तै बाइडेन प्रशासन पनि ‘आतङ्कवादविरोधी युद्ध’ रणनीतिलाई उचाइमा पु¥याउँदै छ ।
संरा अमेरिकाको इतिहासदेखि वर्तमान निरन्तर आक्रमणकारी युद्ध र साम्राज्य विस्तारको रहेको छ । समाजवादी आन्दोलन उठेको, न्यायपूर्ण र प्रगतिशील सरकार बनेका देशहरूलाई बिथोल्न संरा अमेरिका उद्दत रहन्छ । इराक, लिबिया, इरान, प्यालेस्टाइन, भियतनाम, कोरिया, अप्mगानिस्तानमा संरा अमेरिकाको उपद्रोेह जगजाहेर छ ।
वासिङ्टन आर्थिक सहायतालाई राजनैतिक सत्ता कब्जाको हतियार बनाउँछ । युद्धलाई अरू देशमा आप्mनो अनुकूल सत्ता परिवर्तन गर्ने औजार बनाउँछ ।
चिलीको इतिहास र भेनेजुयलाको पछिल्लो दृश्यले त्यही भन्छ । दोस्रो विश्वयुद्धपछि मात्र संरा अमेरिकाले करिब ५० भन्दा बढी विदेशी सरकार अपदस्थ गर्न सक्रियता देखायो । विश्वमा उसले लगभग १३० भन्दा बढी देशको प्रजातान्त्रिक निर्वाचनमा प्रत्यक्ष हस्तक्षेप ग¥यो र ५० भन्दा बढी विदेशी नेताहरूको हत्या ग¥यो ।
बितेका २० वर्षमा संरा अमेरिकी युद्धहरूले ३ लाख ३५ हजार नागरिकको ज्यान लिएको तथ्याङ्क छ । त्यतिमात्र होइन, संरा अमेरिकी सेनाले पछिल्लो दुई दशकमा अप्mगानिस्तान, इराक र सिरियामा ९० हजार पटकभन्दा बढी हवाई आक्रमण ग¥यो । ती आक्रमणहरूमा ४८ हजार निर्दोष नागरिक मारिए ।
त्यसकारण, एमसीसीमार्पmत आउने ५० करोड अमेरिकी डलर, डलरभन्दा ज्यादा साम्राज्यवादी हतियार हो, एसियामा युद्ध थोपर्ने हतियार । संरा अमेरिका सम्भावना र सभ्यताका देशहरूमा पस्छ, हमला गर्छ । इरान राज्य सभ्यताको धरोहर र स्मारक थियो । इराक तिग्रीस र इफ्रित्स नदीको सभ्यताको उदगमस्थल । त्यो धरोहर, सभ्यतामाथि बम बर्सायो । अहिले उसको तारो एसियामा सभ्यताको देश, विश्वका चार महत्वपूर्ण सभ्यतामध्येको एक चिनियाँ सभ्यता हो । लिबियाका जनताको जीवनस्तर, प्रतिव्यक्ति आम्दानी पश्चिमी विश्वको भन्दा कम थिएन । विद्युत् निःशुल्क, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क थियो । साम्राज्यवादी अमेरिका लिविया पसेर लिवियाली जनताका अभिभावक गद्दाफीको हत्या ग¥यो ।
सिरियाको शिक्षा र स्वास्थ्यको बन्दोवस्त तथा सहुलियत युरोप र संरा अमेरिकाको भन्दा कम थिएन । तर, युद्ध मैदान बनायो । संरा अमेरिका एसियालाई पिछडिएको र हिन भावनाले हेथ्र्यो तर विश्वमा आप्mनो प्रभुत्व र साम्राज्य कमजोर हुन थालेपछि, चीनको उदय र लोकप्रियता बढ्न थालेपछि, एसिया फर्कको नीति उसले लियो । केही वर्षमै चीन विश्वको पहिलो आर्थिक शक्ति बन्ने पक्कापक्की छ । अमेरिकी नवरत्नलाई त्यो थाहा छ । त्यसकारण, सम्पूर्ण एसिया प्रशान्त क्षेत्रलाई आप्mनो मुठीमा राख्न उसले हिन्द प्रशान्त सैन्य रणनीति अघि सा¥यो । ‘संरा अमेरिका प्रथम’ बाट झर्ने डर पलाएपछि चीनविरुद्ध उसले अनेक जाल र षड्यन्त्र ग¥यो । उसले तिब्बतमा धर्मको नाममा दलाई लामालाई हातमा लिई उपद्रोह मच्चाउन छोडेको छैन । चीनविरुद्ध व्यापार युद्ध छेड्यो, व्यापार युद्धको असर विश्वले भोग्नुप¥यो । व्यापारयुद्धमा संरा अमेरिका आपैm हा¥यो, आप्mना देशका व्यापारी–उद्योगीहरूबाट विरोध हुन थालेपछि पछाडि हट्यो । चीनले व्यापार युद्धको संयमित र सावधानीपूर्वक सामना ग¥यो ।
कोभिड–१९ को कहरमा चीनविरोधी भावना छर्न ‘उहान भाइरस’, ‘चिनियाँ भाइरस’ को हल्ला पिट्यो । त्यतिमात्र होइन कोभिड – १९ कहरमा अन्तर्राष्ट्रवादलाई अगाडि बढाइरहेको चीनविरुद्ध कोभिड – १९ राष्ट्रवादको घिनलाग्दो खेल खेल्यो । थाइवानमा आजपनि सैन्य उपद्रोह मच्चाउन हतियार र सेना निर्यात गर्छ । हङकङमा सैन्य उपद्रोह मच्चाउन हतियार र सेना निर्यात गर्छ । हङकङमा मानवअधिकार छैन भन्दै उपद्रोहहरूलाई उक्साएर हिंसा मच्चाउन खोज्यो । दक्षिण चीन सागरमा अभैm संरा अमेरिकी – अस्ट्रेलियाली पनडुब्बी तैनाथ छ । यी सबै षड्यन्त्रमा संरा अमेरिका उत्तीर्ण हुन नसकेपछि चालिएको अर्को षड्यन्त्रको नाम हो हिन्द प्रशान्त सैन्य रणनीति, नेपालका लागि एमसीसी ।
विश्वमा Win–Win को सिद्धान्त बेचेर Zero–Sum खेल संरा अमेरिका खेल्दै छ । अरूलाई शून्य, उसलाई जोडको खेल । एमसीसी फरक ढङ्गले नेपालका लागि उसको Zero–Sum खेल हो । उसले ‘क्वाड’ खडा गरेको छ । हिन्द प्रशान्त सैन्य रणनीतिको नयाँ हिस्सा या स्वरूप । अस्ट्रेलिया, भारत, जापान, संरा अमेरिकाको चौकोणात्मक सैनिक मोर्चा । त्यतिमात्र होइन भर्खरै उसले ‘अउकस’ सम्मेलन गरेको छ । अस्ट्रेलिया, युके र युएसको सुरक्षा साझेदारीमा । अस्ट्रेलियाको सैनिक शक्ति विस्तारमा जोड हिन्द–प्रशान्त क्षेत्रको निम्ति ठूलो खतरा बन्न सक्दछ । एसियाली मुलुकहरूलाई भड्काएर संरा अकेरिका सैन्य मोर्चाबन्दीमा व्यस्त छ ।
यो सम्पूर्ण परिदृश्यले संरा अमेरिका तेस्रो विश्वयुद्ध जनसङ्ख्या धेरै भएको, सभ्यतामा अघि बढेको एसियामा थोप्न चाहन्छ । एमसीसीको विरोध युद्धको विरोध हो । अन्यायपूर्ण युद्धको विपक्षमा हामी लडिरहेका छौँ । तर, यदि युद्ध थोप्छ भने एसियामा संरा अमेरिका हार्नेछ । समाजवादी आन्दोलनको उभार उठ्नेछ । का.रोहितले भन्नुभएझैँ २१ औँ शताब्दी साम्राज्यवादको पतनको शताब्दी हुनेछ, समाजवादको शताब्दी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *