नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
“यस्तो लाग्छ हामी एउटा युगको समाप्तिमा छौँ” – बारबरा सेपुल्भेदाले मलाई अक्टोबर १२, २०२१ का दिन भन्नुभएको थियो । सेपुल्भेदा चिलीको संविधानसभाका सदस्य तथा चिली कम्युनिस्ट पार्टीकी सदस्य हुनुहुन्छ । सेपुल्भेदाले इङ्गित गर्नुभएको युग जनरल अगस्टो पिनोचेको युग हो । पिनोचेले सन् १९७३ मा जननिर्वाचित राष्ट्रपति साल्भाडोर एयेन्डेको सरकार अपदस्थ गर्न संरा अमेरिकाले साथ दिएको रक्तपातपूर्ण सत्ता विप्लवको नेतृत्व गरेका थिए । पिनोचे युगमा त्यहाँको सेनाले दण्डहीनतापूर्ण अपराधहरू ग¥यो, वामपन्थीहरूको आम नरसंहार ग¥यो र धेरैलाई निर्वासित जीवन बिताउन बाध्य पा¥यो । त्यतिनै बेला चिलीका र विदेशी व्यापारिक घरानाहरूले भने तानाशाही शासनको सम्पूर्ण आशीर्वाद र सहुलियतहरू पाए । पिनोचे शासनको त्यस युग बिस्तारै कमजोर बन्दै गयो जब १९९० मा जनआन्दोलनको माध्यमले पिनोचे सत्ताबाट निकालिए र २०२० मा आएर चिलीका जनताले १९८० को तानाशाही संविधान फाल्न र नयाँ संविधानका लागि संविधानसभाको निर्वाचनका लागि व्यापक मतदान गरे ।
नवउदारवाद चिलीमा जन्मेको मानिन्छ । अहिले चिलीका जनताबीच यो नारा लोकप्रिय बनेको छ– “नवउदारवाद चिलीमा जन्मेको थियो र यसको मृत्यु पनि चिलीमै हुनेछ ।” अहिले पिनोचे युगको अन्त्यसँगै उक्त नारा सत्य बन्दै छ ।
तर, सेपुल्भेदा अझै निश्चित हुनुभएको छैन, यसपछि के आउँछ भनेर । उहाँ अगाडि भन्नुहुन्छ – सबैलाई थाहा छ चिलीमा अहिले सबै कुरा अनिश्चित छ । यो समय नयाँ युगको सुरुआत गर्ने राम्रो अवसर त हो । पिनोचेलाई सत्ताबाट हटाएको डेढ दशकसम्म पनि उसकै युग चलिरहेको थियो । त्यसपछि २००६ मा विद्यार्थी आन्दोलनको एक लहरले देशलाई छोयो । ती विरोध प्रदर्शनको नेतृत्व युवा विद्यार्थी नेताहरूले गरेका थिए । विद्यार्थीहरूले सेतो सर्ट र कालो पाइन्ट वा फ्रक लगाएका हुनाले उक्त आदोलन पेन्गुइन क्रान्तिको नामले प्रसिद्ध भयो । युवा विद्यार्थीहरूले नयाँ राष्ट्रिय पाठ्यक्रमका साथै विश्वविद्यालयहरूमा बढाइएको शुल्क र बसभाडा घटाउनुपर्ने माग गरेका थिए । जब सरकारले ती माग पूरा गरेन, उही माग राखेर २०११–२०१३ सम्म विद्यार्थी आन्दोलनको अर्को उभार उर्लिएको थियो । ती आन्दोलनका नेतृत्वहरू – कम्युनिस्ट पार्टीकी क्यामिला भालेजो र प्रजातान्त्रिक क्रान्ति पार्टीका जर्जियो ज्याक्सनलगायत नेताहरू अहिले चिलीको संसदका सदस्य तथा त्यहाँको वामपन्थी आन्दोलनका महत्वपूर्ण व्यक्तित्व बनिसकेका छन् । सन् २०११–२०१३ सम्मको आन्दोलनपछि पनि त्यहाँका विद्यार्थीहरूलाई निराशामै राखिएको थियो र १९८० को संविधान उनीहरूको आकाङ्क्षामा तगारो बनेको थियो ।
विद्यार्थी आन्दोलनको तेस्रो लहर अक्टोबर २०१९ मा सार्वजनिक यातायातमा भाडा वृद्धिसँगै सुरु भएको थियो । सुरुमा पेन्गुइनहरूले (विद्यार्थीहरूले) नै उक्त आन्दोलनको नेतृत्व गरेका थिए । उक्त प्रदर्शनमाथि कडा दमन गरिएको थियो र पछि प्रदर्शनकारीहरूले चिलीका प्रहरीसित हिंसात्मक भिडन्तहरू गर्न थाले । अक्टोबर १८, २०१९ का दिन राष्ट्रपति सेवास्टियन पिनेरा नेतृत्वको दक्षिणपन्थी सरकारले दुई हप्ताको लागि सङ्कटकाल समेत लगायो र विद्यार्थी प्रदर्शनविरुद्ध सेनालाई सडकमा उता¥यो । उक्त दमनले आन्दोलन अझै चर्काउनमा टेवा पु¥यायो । विरोध प्रदर्शनमाथि दमनका लागि अपनाइएका तरिकाले प्रदर्शनकारी र तिनका समर्थकहरूमाझ ‘पिनेरा हत्यारा’ को नारा जन्मायो र व्यापक बनायो ।
सेपुल्भेदाका अनुसार २०१९ को जनआन्दोलनमा अक्टोबर १८ को उक्त कदम महत्वपूर्ण बिन्दु रहेको छ र त्यसले चिलीको राजनीतिमा वामपन्थीहरूको पक्षलाई थप बलियो बनायो । आन्दोलनको तेस्रो लहर सुरुमा यातायात भाडा वृद्धिको प्रतिक्रियाको रूपमा मात्र अगाडि आएको थियो । प्रदर्शनविरुद्ध सरकारको प्रतिक्रियाले त्यस देशको समाजभित्र रहेका संरचनागत विषयहरूलाई पनि आन्दोलनसित जोडिदियो । सेपुल्भेदा अगाडि भन्नुहुन्छ– “व्यापक असमानता र भ्रष्टाचारविरुद्ध सर्वसाधारण जनताको आक्रोशको विष्फोटन भएको थियो ।”
सेपुल्भेदा पेशाले एक वकिल हुनुहुन्छ । उहाँले २०१८ मा चिलीको महिला वकिल सङ्घ एबोफेम सहसंस्थापना गर्नुभएको थियो र २०१९ को आन्दोलनको क्रममा त्यसको कार्यकारी निर्देशक पनि हुनुहुन्थ्यो । उहाँले त्यतिबेला संरचनागत विषयहरूको परिवर्तन विद्यमान प्रणालीभित्र सम्भव नभएको र त्यसको निम्ति कम्तीमा देशमा नयाँ संविधान र एउटा बढी प्रगतिशील सरकार जरुरी देख्नुभयो । र, त्यसरी नै त्यस आन्दोलनसित महिलावादी आन्दोलनका र आदिवासी आन्दोलनका मागहरू पनि जोडिन आइपुगे । समस्याको मूल जराको रूपमा रहेको असमानतालाई सम्बोधन गर्न व्यापक आर्थिक र सामाजिक परिवर्तनलाई अगाडि बढाउनुपर्ने आवश्यकता देख्नुभयो ।
सङ्घर्षका दुई क्षेत्र
चिलीमा भइरहेको नयाँ युगको लागि सङ्घर्षका दुई मुख्य क्षेत्र छन् ः नयाँ संविधानको लेखन र आसन्न राष्ट्रपतीय निर्वाचन । नयाँ संविधानका लागि १५५ सदस्यीय संविधानसभाले जुलाई २०२१ देखि काम गरिरहेको छ भने नोभेम्बर २१, २०२१ का दिन त्यहाँ राष्ट्रपतीय निर्वाचन हुन गइरहेको छ ।
इलिसा लोनकनलाई अध्यक्ष र जाइमे बास्सालाई उपाध्यक्ष निर्वाचित गरेर जुलाई २०२१ देखि संविधानले आफ्नो कार्य थालनी गरेको थियो । अध्यक्ष र उपाध्यक्ष दुवै वामपन्थी पक्षका हुन् । अहिलेसम्म संविधानसभाले आफ्नो नियमावली मस्यौदा गरिसकेको छ । नियमावली मस्यौदामात्र पनि संविधानसभाको आधाभन्दा बढी काम भएको बताउनुहुन्छ सेपुल्भेदा । आन्दोलनको तेस्रो लहरको दुई वर्षपछि महत्वपूर्ण विषयमा छलफल अक्टोबर १८, २०२१ को प्रतिकात्मक मितिदेखि सुरु भएको थियो ।
लैङ्गिक समानता र वातावरण संरक्षणजस्ता सामाजिक हितका विषयमा सबै दलको सहमति निर्माण हुनेमा सेपुल्भेदा विश्वस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ – “केही सङ्कीर्ण मानसिकताका दक्षिणपन्थीहरूले रोक्न खोजे पनि यस्ता खालका सामाजिक परिवर्तनहरू अनिवार्य छन् ।” वास्तविक विवाद नयाँ विकासको ढाँचालाई लिएर हुनेछ । के नयाँ संविधानले पिनोचे उत्तरार्ध समयमा पनि कायमै रहेको संरचनागत कटौतीका कार्यक्रमलाई हटाउन सक्ला ?
अक्टोबर १४, २०२१ का दिन मैले जर्जियो ज्याक्सनसित केही घण्टा बिताउने मौका पाएँ । ज्याक्सन २०११–२०१३ को विद्यार्थी आन्दोलनका नेताहरूमध्ये एक हुनुहुन्छ । हाल उहाँ चिलीको संसद्का सदस्य हुनुहुन्छ र वामपन्थी राष्ट्रपतीय उम्मेदवार ग्याब्रियल बोरिकको निर्वाचन अभियानका एक घनिष्ठ सल्लाहकार पनि हुनुहुन्छ । बोरिक फ्रेन्टे आम्प्लियो पार्टी (विस्तारित मोर्चा पार्टी) तथा स्वाभिमान गठबन्धनका नेता तथा नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा साझा वामपन्थी उम्मेदवार हुनुहुन्छ । ज्याक्सनले यदि ग्याब्रियल बोरिकले निर्वाचन जितेमा बोरिकको प्रशासनले लागु गर्ने नयाँ विकासको ढाँचाका केही तत्वहरूको बारेमा चर्चा गर्नुभयो । अर्को राष्ट्रपतिको पहिलो वर्ष वर्तमान राष्ट्रपति पिनेराले ल्याएकै बजेट लागु गर्नुपर्ने हुन्छ, सानातिना परिवर्तनमात्र गर्न सकिने हुन्छ । ज्याक्सनले अगाडि भन्नुभयो – “बोरिकको सरकारको पहिलो प्राथमिकता भनेको स्वास्थ्य र पेन्सन प्रणालीको सुधार नै हुनेछ ।” ती दुई नै चिलीका जनताले ठूलो निराशा भोगिरहेका क्षेत्र हुन् । सार्वजनिक स्वास्थ्य तथा पेन्सन प्रणाली बलियो बनाउनका लागि कोषको आवश्यकता हुनेछ, वामपन्थी सरकारले त्यस कोषको बन्दोवस्त तामा उत्खननमा रोयल्टी वृद्धि गरेर र कर छली रोकथामलाई प्रभावकारी बनाएर गर्नेछ । यस्तै विषयहरू नै नयाँ विकास ढाँचाका गहन छलफलका विषय हुन् । तर, ज्याक्सन के पनि स्विकार गर्नुहुन्छ भने सबै वस्तुहरू सार्वजनिक आपूर्तिबाट हुने विचारप्रति चिलीका जनता असहज अनुभव गर्छन् ।
कम्युनिस्ट नेता तथा रिकोलेटा सहरका मेयर डानियल जाड्यु पनि वास्तविक विवाद आर्थिक र सामाजिक नीतिहरूमाथि हुनेमा सहमत हुनुहुन्छ । चिलीको समस्याको समाधान नगरपालिकाहरूबीचको घनिष्ठ सरसहयोगबाट मात्र सम्भव हुने नेता जाड्युले मलाई बताउनुभयो । यदि सामाजिक हितको स्थानीय सार्वजनिक आपूर्तिको अनुभवबारे जनताको सकारात्मक अनुभव भएमा त्यसले देशको सार्वजनिक स्वास्थ्य र पेन्सन प्रणालीको विस्तारका बारेमा जनतामा रहेका आशङ्काहरू निवारण हुनसक्ने उहाँले बताउनुभयो । चिलीमा नयाँ विकासको ढाँचा निर्माणको समग्र परियोजनामा जाड्युजस्ता मेयरहरूको कार्य अत्यन्त महत्वपूर्ण छन् ।
जहाँसम्म नजिकै आइसकेको राष्ट्रपतीय निर्वाचनको प्रसङ्ग छ, वर्तमान राष्ट्रपति सेवास्टियन पिनेरा संविधानतः लगातार दोस्रो कार्यकालका लागि चुनाव लड्न सक्दैनन् र त्यसमाथि उनी अत्यन्तै अलोकप्रिय बनेका छन् । जातले खुल्ला फासीवादी रहेका जोसे आन्टोनियो कास्ट दक्षिणपन्थीहरूमाझ लोकप्रिय छन् तर उनलाई दक्षिणपन्थी मतका लागि अर्का मध्य दक्षिणपन्थी उम्मेदवार यास्ना प्रोभोत्सेले चुनौती दिइरहेका छन् ।
यसैबीच चिलीमा बढी प्रगतिशील संविधान जारी हुने सम्भावना बलियो बन्दै गएपछि र नोभेम्बरको निर्वाचनमा ग्याब्रियल बोरिकको सरकारको सम्भावना देखिएपछि बहुराष्ट्रिय पुँजीहरू चिलीबाट पलायन हुन थालेका छन् । अर्कोतिर कम्युनिस्ट नेतृ तथा संविधानसभा सदस्य बारबारा सेपुल्भेदा भने आफ्नो बैठक कोठाको कुनामा बसेर रुबिकको ‘क्युब्स अफ डिफिकल्टी’ मिलाउने कोसिस गरिरहनुभएको छ । उहाँ क्युबको त्यो खेल ध्यान दिएर खेलिरहनुभएको छ र मिलाउन असम्भव लाग्ने खेल एकै क्षणमा मिलाइसकेर भन्नुहुन्छ – “यो खेल खेल्न त सजिलो लाग्छ तर देशको स्थिति सहज छैन ।” क्युबको उक्त खेल चिलीको प्रतीक हो । यदि सेपुल्भेदा, भालेजो, जाद्यु, ज्याक्सन र बोरिकजस्ता मानिसहरूले आफ्नो अगाडि रहेका ती पज्जललाई समाधान गर्न सकेमा सायद चिलीको नयाँ युग प्रवेश अझ उज्यालो हुनेछ ।
(यो लेख स्वाधीन मिडिया प्रतिष्ठानहरूको परियोजना ग्लोबट्रोटरले उत्पादन गरेको हो । लेखक विजय प्रशाद एक भारतीय इतिहासकार, सम्पादक र पत्रकार हुन् । उनी ग्लोबट्रोटरका नियमित लेखक तथा मुख्य संवाददाता हुन् । उनी लेफ्टवर्ड बुक्सका मुख्य सम्पादक र ट्राइकन्टिनेन्टल इन्स्टिच्युट फर सोसियल रिसर्चका निर्देशक हुन् । उनका इतिहास र राजनीति विषयका २० भन्दा बढी पुस्तक प्रकाशित छन् ।)
(Chile is at the dawn of a new political era)
Peoples Dispatch (October 21, 2021)
अनुवाद ः प्रकाश
Leave a Reply