भर्खरै :

भारत-चीन सीमाबारेका असमझदारीहरू

-निर्जला
भारत र चीनको सीमा विवाद इतिहासले छोडेको समस्या हो । बेलायती साम्राज्यवादले आफूले टेकेका सबै भूमिमा फूट र झगडाको बीऊ छरेर आफ्नो साम्राज्य फैलाउने काम गर्दै ग¥यो । १८ औं शताब्दीमा बेलायत संसारको सबभन्दा बलियो साम्राज्यवादी शक्ति थियो । त्यसैले भन्ने गरिन्थ्यो – बेलायती साम्राज्यमा कहिल्यै सूर्य डुब्दैन ।
ब्रिटिश भारतले अर्थात् भारतमा उपनिवेश कायम गरेको बेला मैकमोहन भन्ने एक उपनिवेशवादी सर्वेयरले भारतको उत्तरी सीमा नाघेर आफू जानसक्ने सम्मको चिनियाँ भूभाग कुल्चिंदै र नक्सा बनाउँदै गयो । उसले चीनको धेरै सीमा पूर्वी भागको ९०,००० वर्ग किमि भू–भाग, मध्य भागमा चीनको २००० वर्ग किमि भूभाग र चीनको पश्चिमी भागको थप ३३०० वर्ग किमि भूभागलाई भारतले कब्जा गर्न खोज्यो वा दावा गर्यो । समेत आफ्नो उपनिवेश भारतको भूभागको दाबा ग¥यो । तर त्यस दाबीलाई चीनको कुनै पनि सरकारले स्वीकारेको थिएन ।
संसारका औपनिवेशिक मानसिकता बोकेका बुद्धिजीवीहरूले बेलायती वा अमेरिकी साम्राज्यवादी दृष्टिकोणलाई मान्थे किनभने त्यसबेला पाठ्य सामग्रीमध्ये धेरै पश्चिमी देशका हुन्थे । १९६२ मा भारत–चीन सीमा विवाद योजनाबद्ध ढंगले सीमा भिडन्तमा फेरियो । त्यसको केही कारण थिए –
एक, भारतले बेलायती उपनिवेशवादबाट स्वतन्त्रता प्राप्त गरेपछि गणतन्त्र भारतमा कम्युनिष्ट र मजदुर आन्दोलन बढ्दै गयो, १९४७–५२ सम्म सशस्त्र तेलंगाना किसान आन्दोलनको विकास भएको थियो । भारतीय कम्युनिष्ट आन्दोलनमा देखिएको संशोधनवादी प्रभावको कारण भारतीय कम्युनिष्टपार्टीले नेहरूको पूँजीवादी सरकारको सामुन्ने आत्मसमर्पण ग¥यो र हजारौं क्रान्तिकारी किसानहरू मारिए र लाखौं जनताले दुःख, पीडा र यातना भोगे । तर भारतीय प्रगतिशील जनसमूहमा भारतीय पूँजीवादी शासनप्रति घृणाको भावना बढ्दै थियो । भारतीय कम्युनिष्ट पार्टी नै प्रमुख प्रतिपक्ष बन्यो ।
दुई, बढ्दै गएको भारतीय जनताको कम्युनिष्ट आन्दोलनलाई नदबाएसम्म भारतीय पूँजीपति वर्गले आफ्नो शोषणमा आधारित शासन टिकाउन नसक्ने आँकलन गर्यो । केराला राज्यमा पहिलोपटक कम्युनिष्ट पार्टीको सरकार बन्यो, त्यसको मुख्यमन्त्री नम्बुदरीपाद थिए ।
यस्तो परिस्थितिमा भारतको पूँजीवादी सरकार एक एक पाइला गरेर पश्चिमी साम्राज्यवादी शक्तिहरूसित झुक्दै गयो । तिनीहरूबाट आर्थिक सहयोग माग्दै गयो । भारतीय शासक वर्गका दक्षिणपन्थी विचारको दबाब बढ्दै गयो । पश्चिमी देशहरूकै नैतिक र भौतिक सहयोग पाएर भारत सरकारले ‘चिनियाँ बाँदरहरूलाई धपाउ’ भन्ने नारा दिएर भारतीय सेनालाई चिनियाँ सीमा र मैकमोहन लाइनलाई समेत नाघेर अघि बढ्न आदेश दियो । चीन सरकारले साम्राज्यवादी शक्तिहरू मिलेर एसियाका दुई ठूला देश भारत र चीनलाई भिड्न दिएको कुरा जानेर भारतसँग शान्तिपूर्ण ढंगले समस्या समाधान गर्न चाउ एन लाइ र छन यी समेत दिल्ली पुगे ।

चीनको ‘ओबिओर’ को प्रस्ताव भारतले स्वीकार नगरेको हुँदा भारत–चीन सीमा विवाद भएको कुरा सत्य होइन बरु अमेरिकी साम्राज्यवादले एसियाली देशहरूमाझ लडाइँको बीऊ छर्दैछ – जसरी अरब देशमा एसियालीहरूलाई आपसमा भिडाउँदैछन् ।

भारतीय नेताहरूले वार्ताका मीठो कुरा गरे । पछाडि अमैत्रीपूर्ण कुरा गर्दै गए र भिडन्तलाई उक्साउने काम गर्दै गए ।
तीन, पश्चिमी साम्राज्यवादी शक्तिहरू चीनमाथि आक्रमण गराउन भारतीय शासकहरूलाई उत्साहित गर्दै गए तथा भारतीय सरकारले सारा कम्युनिष्ट नेताहरू र प्रगतिशील जनता एवम् बुद्धिजीवीहरूलाई पक्राउ गर्न थाल्यो र केरालाको कम्युनिष्ट सरकारलाई पनि राष्ट्रपति शासन लगाएर भंग गर्यो र केरालाका सरकारका सबै सदस्यहरूलाई पनि पक्राउ गरी कारागारमा बन्द गर्यो ।
युरोपमा पनि कम्युनिष्ट र मजदुर आन्दोलन दबाउन छिमेकी देशहरूको बीचमा पूँजीवादी सरकारहरूले लडाइँ सुरु गर्थे र जनतामाथि दमनचक्र चलाउँथे । त्यही सूत्र भारतमा पनि लागू गर्यो ।
भारत–चीन विवाद र ओबिओआर
चीनले सारा संसारलाई एक सूत्रमा बाँधेरविकासको प्रतिफल र समृद्धि सबैमा पु¥याउने उद्देश्यले ‘एक क्षेत्र एक बाटो’ One Belt One Road (OBOR) एक बृहत् योजना अगाडि सार्यो । त्यसमा एसिया र युरोपका धेरै देशहरू सम्मिलित भए । सार्क समूहमा पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंका अनि बर्मादेखि पूर्वका एसियाली देशहरू र मध्य एसियाली देशहरू पनि त्यसमा समावेश भए । अमेरिकी साम्राज्यवादले त्यस बृहत् योजनाको विरोध ग¥यो ।
अमेरिकी ‘नौरत्न’ थिड्ढ ट्याड्ढ वा वाल स्ट्रिटले दुई वर्ष अगाडि भन्यो – सन् २०२१ सम्ममा अमेरिकी अर्थतन्त्रलाई चीनले पछाडि छोड्नेछ । २०२१ को अर्थ चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको शतवार्षिक हो । त्यसको महिनापछि चीनका केही पश्चिमी मुसलमान क्षेत्रमा साम्प्रदायिक दंगा चड्कियो, अत्यन्त ठूल्ठूला मोटर कारखाना र अन्य आर्थिक क्षेत्रमा अन्तरध्वंशका गतिविधि देखिए ।
दक्षिणी चीन सागरमा चीनको तेल खानी र अन्य भौतिक संरचनाको विरोधमा संरा अमेरिकाले आफ्नो सैनिक गतिविधि बढायो ।

एसियाको विभिन्न देशमा देखिएको उत्तेजक घटनाहरु स्वाभाविक नभई अमेरिकी साम्राज्यवादको कर्तुत हो । भारत–पाकिस्तान सीमाको भिडन्त र तनाव पनि त्यसकै भाग हो ।

संरा अमेरिकाले भारतसँग संयुक्त जलसेनाको संयुक्त अभ्यास ग¥यो, भारतलाई खरबौं डलरको हात–हतियार बेच्यो, विशाखापटनममा अमेरिकी जलसेनाले गस्ती गर्ने केन्द्र सुरु गर्यो ।
पश्चिमी देशहरूको सहयोग र सहानुभूति बटुल्न काश्मिर मामिला र पाकिस्तानसँग सीमा समस्यालाई चर्कायो ।
भारत–चीन सीमाको पूर्वी भागमा चिनियाँ विघटनकारी दलाई लामाको गतिविधि बढायो, भुटानको उत्तरतिरको सीमामा भारतीय सेना चीन सीमातिर पठाई दुई देशको बीचमा मुठभेदको स्थितिमा पु¥यायो । सिक्किममा चीन विरोधी सैनिक तालिम सुरु गर्यो र त्यस सेनामा विभिन्न नेपाली जात–जातिका सिपाहींहरु पनि प्रयोग गरियो ।
यसकारण चीनको ‘ओबिओर’ को प्रस्ताव भारतले स्वीकार नगरेको हुँदा भारत–चीन सीमा विवाद भएको कुरा सत्य होइन बरु अमेरिकी साम्राज्यवादले एसियाली देशहरूमाझ लडाइँको बीऊ छर्दैछ – जसरी अरब देशमा एसियालीहरूलाई आपसमा भिडाउँदैछन् ।
त्यस्तै दक्षिणपूर्वी एसियामा पनि प्रजग कोरियाको आत्मरक्षाको निम्ति प्रत्याक्रमण गर्न गरेका आणविक अस्त्र र दूरमारक यन्त्रहरूको परीक्षणलाई लिएर संरा अमेरिकाले छिमेकी देशहरूमा वैमनस्य फैलाउँदैछ ।
आफ्नो देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौम सत्ताको रक्षार्थ हरेक राज्यले आत्मरक्षाको निम्ति र प्रत्याक्रमणको निम्ति पनि तम्तयार रहनु स्वाभाविक हो । प्रजग कोरियाली सरकार र जनताले आफ्नो देशको रक्षार्थ जे–जस्तो सैनिक तयारी ग¥यो, त्यो एक अनुकरणीय उदाहरण हो । प्रजग कोरियाले त्यसो नगरेको भए दक्षिण कोरिया र जापानलाई अमेरिकी साम्राज्यवादले वर्तमान अवस्थाको भन्दा बढी दबाब दिने थियो र बढी शोषण गर्ने थियो ।
दक्षिण कोरिया र जापानले एसियाली देशहरूलाई प्रजग कोरियाको विरोधमा कुटनैतिक रुपले प्रचार जो गर्दैछन् – त्यो प्रचार अमेरिकी साम्राज्यवादकै करबल वा दबाबबाट भइरहेको हो । दक्षिण कोरिया र जापान साँचो अर्थमा अमेरिकी साम्राज्यवादको अपहरणमा परेका लाचार बन्दीहरूजस्ता छन् । प्रजग कोरियाली संघर्ष दक्षिण कोरिया र जापानसँग होइन अमेरिकी साम्राज्यवादसँगको हो । अमेरिकी साम्राज्यवाद एसियाली देशहरूलाई एसियालीसँग भिडाउँदै छन् – गाउँको जमिनदारले किसान दाजुभाइलाई लडाईं राम्रो जग्गा आफ्नो हातमा पारेजस्तै हो छ । यसकारण एसियाको विभिन्न देशमा देखिएको उत्तेजक घटनाहरु स्वाभाविक नभई अमेरिकी साम्राज्यवादको कर्तुत हो । भारत–पाकिस्तान सीमाको भिडन्त र तनाव पनि त्यसकै भाग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *