भर्खरै :

सिस्नो खालास नि

सिस्नो खालास नि

धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन् । नेपालमा सिस्नोलाई गरीबीको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो ।
स्थानीय वनस्पतिको बारेमा छलफल हुँदा सिस्नोलाई सम्झनैपर्छ ।
सिस्नोको अङ्ग्रेजी नाम ‘स्टिगिङ नेटल’ हो । वैज्ञानिक नाम भने ‘अर्टिका डिओइका’ हो । यो ल्याटिन शब्द ‘युरो’ बाट आएको हो । जसको अर्थ बल्नु वा जलाउनु हो । यसका पातमा भएका झुसले शरीरको कुनै अङ्गमा छोयो भने पोल्न थाल्छ ।
खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन् । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन् ।
नेपालमा ‘सिस्नो’ खाने मान्छेलाई हेयको दृष्टिले हेरिन्छ ।
‘सिक्स एभिडेन्स–बेस्ड बेनिफिट्स अफ स्टिगिङ नेटल’ शीर्षकमा प्रकाशित अनुसन्धानमूलक आलेख (रियान रमन, हेल्थलाइन डटकम, २१ नोभेम्बर २०१८) ले सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ भनेर उल्लेख गरेको छ । त्यस्तै यसमा क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र सोडियम लगायतका मिनरल्सहरू पनि पाइन्छन् । यसबाहेक स्वास्थ्यका लागि लाभदायक एमिनो एसिड, क्याफिक एसिड, क्याम्फोरोल, कर्सेटिन आदि पनि पाइने उल्लेख छ ।
यसमा क्यान्सर प्रतिरोधात्मक गुण पनि पाइन्छ । विभिन्न खालका सङ्क्रमणबाट पनि बचाउँछ । पुरुषहरूमा हुने प्रोस्टेड समस्या न्यूनीकरण गर्न पनि फलदायी छ । त्यस्तै रक्तचाप सन्तुलनमा राख्ने र नियमित सेवन गरे मधुमेहलाई समेत सन्तुलनमा राख्छ भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *