कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
गलेश्वर, १३ कार्तिक । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा अल्पसङ्ख्यक छन्त्याल समुदायको सांस्कृतिक पहिचानको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको छन्त्याल सङ्ग्रहालय, सञ्चालन गर्न नसकेपछि अलपत्र परेको छ ।
ठाडाखानीका बासिन्दाले छन्त्याल सङ्ग्रहालय स्थापनाको लागि भवन निर्माण गरेता पनि सङ्ग्रहालयका लागि सामग्री जुटाउन नसक्दा आफ्नो जातीय पहिचान झल्कने सङ्ग्रहालयको सपना अधुरै रहेको हो । सङ्ग्रहालयका लागि स्थानीयवासी, प्रवासी नेपाली र गाउँपालिकाको सहयोगमा रु. ४० लाखभन्दा बढीको लागतमा सभाहलसहितको दुई तले तीन कोठे भवन निर्माण गरिएको छ तर सङ्ग्रहालयका लागि छन्त्याल समुदायसँग सम्बन्धित आवश्यक सामग्री जुटाउन नसक्दा सो भवन बहुउद्देश्यीय सामुदायिक भवनमा परिणत भएको छन्त्याल समुदायका अगुवा टेकजित छन्त्यालले बताउनुभयो ।
छन्त्यालका अनुसार भुइँतलामा सभाहल, भान्छाकोठा, डाइनिङ हल तथा माथिल्लो तलाको एउटा कोठामा सङ्ग्रहालय र अर्कोमा पाहुना घर सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण गरिएको भए पनि सङ्ग्रहालयको सपना भने पूरा हुन सकेको छैन । छन्त्याल समुदायको जीवनशैली, रहनसहन, भेषभूषा, पुर्खाले प्रयोग गर्ने गरेका हस्तकला तथा रैथाने प्रविधिका सामग्री जुटाउन नसक्दा छन्त्याल समुदायको सङ्ग्रहालय बनाउन समस्या उत्पन्न भएको भवन उपभोक्ता समितिका अध्यक्ष दलमान छन्त्यालले बताउनुभयो ।
सो भवनमा छन्त्याल समुदायको दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत सामग्री, जातीय पहिचान झल्कने भेषभूषा, जन्म, विवाह, छेवार, किरियाजस्ता संस्कारगत कार्यमा प्रयोग हुने सामान, ऐतिहासिक लिपी आदि सामग्री सङ्कलन गरेर सङ्ग्रहालय सञ्चालन गर्ने उद्देश्य रहेको थियो ।
रासस
Leave a Reply