भर्खरै :

लगनशीलता र मितव्ययिता मानवको साझा भाग्यसित सम्बन्धित

अक्टोबर ३१ विश्व मितव्ययिता दिवस हो । यो सन् १९२४मा पहिलो अन्तर्राष्ट्रिय बचत बैङ्क सम्मेलनले विश्वको साझा लगनशीलता र मितव्ययितालाई अगाडि बढाउन यो दिवस स्थापना गरेको हो । करीब एक सय वर्षयता लगनशीलता र मितव्ययिता विश्वव्यापी विषय बनिसकेको छ ।
प्राचीन कालदेखि नै लगनशीलता र मितव्ययिता चीन सचेत छ । ‘लगनशीलता सबैभन्दा ठूलो सद्गुण हो’ भन्ने कुराले चिनियाँ राष्ट्रको मूल्य अभिमुखीकरण र नैतिकता प्रवाह देखाएको छ । लगनशीलताले देशलाई समृद्ध बनाउन सक्छ, विलासिताबाट देशलाई पछाडि पार्छ ।
नयाँ चीनको स्थापना भएयता चीनका नेताहरूले चीनको लगनशीलता र मितव्ययितामा उच्च महत्व दिनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशन यता चीनका सर्वोच्च नेता सी चिनफिङले लगनशीलता र मितव्ययिताको आवश्यकता दोहो¥याउनुभयो । सी चिनफिङले समाजका लागि नमुना खडा गर्नुभयो । उहाँले क्वाङ तोङ प्रान्तमा निरीक्षण गर्दै बफेट खानुभयो, हपै प्रान्तमा निरीक्षण गर्दै ठूलो भाँडामा पकाइएको साग खानुभयो, फु चेन प्रान्तीय कुथ्येनमा रातो रङ्गको भात र फर्सी सूप खानुभयो ।
वास्तवमा चीनको सामाजिक निर्माणमा लगनशीलता र मितव्ययिता आधिकारिक क्षेत्रबाट सर्वसाधारणसम्मको विभिन्न क्षेत्रमा देखिएको छ ।
सन् २०१३ नोभेम्बर १८ मा चीनले ‘चिनियाँ कम्युनिस्ट पार्टीका विभाग र राष्ट्रिय प्रशासनिक विभागहरूले लगनशीलता लागू गर्ने र खेर फाल्ने विरोध गर्ने सन्धि’ को कार्यान्वयन गरेको थियो । उक्त सन्धिअनुसार, विभिन्न विभागको शुल्कको व्यवस्थापन, सार्वजनिक कुराको स्वागत, स्रोत साधनको किफायतको व्यवस्थापन गरिएको हो । सन् २०२० चिनियाँ केन्द्रीय सरकारको सार्वजनिक मामिलासम्बन्धी खर्च सन् २०११ को तुलनामा दुईतिहाइ अर्थात् करिब ६ अर्ब ३० करोड युआनले घटेको छ । बचत गरिएका सबै रकम र स्रोतहरू सामाजिक प्रत्याभूति, चिकित्सा सेवा, शिक्षालगायत जनजीवन क्षेत्रमा लगाइएको छ । सरकारले मितव्ययिता गरेका कारण जनताको अझ समृद्ध जीवन बिताएका छन् ।
चिनियाँ सर्वसाधारणको मनमा लगनशीलता र मितव्ययिताको अवधारणा ज्यादै गहिरो रूपमा छापिएको छ । चिनियाँ रेस्टुरेन्टमा “प्लेटमा पूरै खाना खाऊ, मबाटै सुरु गरौँ” भन्ने नारा जताततै टाँसिएको छ । त्यसैले, तरकारी र खाना त्याग्ने मान्छे कम बन्दै छन् । सहरमा झन्झन् बढी मानिसहरूले गाडी चलाउन छोडेर सार्वजनिक यातायात र साइकलजस्ता हरित यात्रा शैली छानेका छन् । कारखानामा उच्च ऊर्जा खपत र अस्पष्ट सञ्चालन भएका उद्यमहरू क्रमशः प्रविधिको नवीनता र स्रोत बचतयुक्त प्राविधिक उद्यमसम्ममा रूपान्तरण गरेका छन् । सम्पूर्ण चिनियाँ समाजले उत्पादन, वितरण र उपभोग आदि क्षेत्रबाट संरक्षणमुखी समाजमा रूपान्तरण गरिरहेको छ ।
पृथ्वी हामी मानवजातिको साझा घरआवास हो । लगनशीलता र मितव्ययिता पृथ्वीमा रहेका हरेक राष्ट्र र देशसँग सम्बन्धित छ । हाल विश्वव्यापी जनसङ्ख्या लगभग ७ अर्ब ६० करोड पुगेको छ । खाद्यान्न अभाव, जलवायु परिवर्तन, ऊर्जा स्रोतको सङ्कट आदि समस्याहरू अझै जारी छन् । मानव भाग्य समुदायको तर्फबाट पृथ्वीको स्रोत पाउन र प्रयोग गर्न संयमित हुनुपर्छ । चीनले विश्वका विभिन्न देशहरूसँग मिलेर व्यावहारिक कार्यमार्फत मानव जातिको साझा पृथ्वीको सुरक्षा गर्ने इच्छा राखेको छ । सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *