भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २१ कार्तिक । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रमसहित कार्तिक २७ गते भनपा वडा नं. ९ स्थित सूर्यमढी टोलमा संस्थाको रजत वर्ष महोत्सव मनाउने तयारी गरेको छ ।
सहकारिताः लगनशीलता र पारदर्शिता हाम्रो प्रतिबद्धता भन्ने उद्घोषका साथ हुने उक्त रजत महोत्सवको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ हुनुहुनेछ ।
उक्त महोत्सव सफल पार्न र प्रचार–प्रसार गर्न संस्थाले साप्ताहिक कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार आयोजित पत्रकार भेटघाटमा संस्थाले सार्वजनिक गरेको कार्यक्रमअनुसार कार्तिक २२ गते संस्थाका ७० वर्ष माथिका ज्येष्ठ सदस्यहरूलाई पौष्टिक आहार वितरण, २३ गते कसिमला पाँय् प्रतियोगिताको उद्घाटन, २४ गते रक्तदान, २५ गते सफाइ अभियान र २६ गते सुकुन्दा ¥याली हुनेछ ।
पत्रकार भेटघाटमा जानकारी दिइएअनुसार संस्थाको वासलात ३ अर्ब १२ करोड, २२ लाख १० हजार ८ सय २७ रुपैयाँ चवन्न पैसा, ऋण लगानी २ अर्ब ६८ करोड ३८ लाख ७९ हजार २१ रुपैयाँ रहेको छ । संस्थामा निक्षेप रकम २ अर्ब ५६ करोड ४१ लाख ७२ हजार एकचालीस र जगेडा तथा अन्य कोष १५ करोड ६४ लाख ९५ हजार १ सय २८ रुपैयाँ उनसाठी पैसा रहेको छ ।
पत्रकार भेटघाटमा संस्थाका कोषाध्यक्ष रामप्रसाद प्रजापतिले संस्थाको वित्तीय विवरण र आर्थिक गतिविधिबारे प्रकाश पार्नुभयो ।
पत्रकारहरूले राखेका विभिन्न जिज्ञासाबारे संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम प्रजापतिले जवाफ दिनुभएको थियो ।
हाल उक्त संस्थाको कलात्मक शैलीको दुई आधुनिक भवनसहितको ७ करोड मूल्य बराबरको सम्पत्ति रहेको छ ।
संस्थामा महिला ४,१६७ र पुरुष ३,६५५ सहित ७,८२२ जना सदस्य र १,२५८ जना बालबचतकर्ता रहेका छन् ।
Leave a Reply