अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सदस्यताको आधारमा संसारको सबभन्दा ठूलो राजनीतिक पार्टी, संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देशको सत्तारुढ पार्टी र बितेका दसकमा सबभन्दा तीब्र वेगमा अघि बढिरहेको अर्थतन्त्रको वास्तुकार : चिनियाँ कम्युनिस्ट पार्टी यी सबै हो र त्योभन्दा पनि अझ धेरै कुरा हो ।
यो वर्ष एक सय वर्ष पुगेको चिनियाँ कम्युनिस्ट पार्टी सन् १९२१ मा स्थापना हुँदा पचास जना मानिसबाट सुरु भएको थियो । सन् २०२१ को जुन महिनासम्ममा पार्टी सदस्य बढेर ९ करोड ५० लाख पुगेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले सफलताको सिँढी उक्लिँदै गर्दा अन्तर पार्टी प्रजातन्त्रलाई ‘पार्टीको जीवनको रूपमा अङ्गीकार’ गर्दै गयो । चिकपाको उन्नाइसौँ केन्द्रीय समितिको चालु छैटौँ विस्तारित बैठकले पर्दा पछाडि के भइरहेको छ भन्ने कुरालाई अझ गहिराइमा बुझ्न मद्दत गर्नेछ ।
अन्तर पार्टी निर्वाचन
चिकपाले निश्चित समयावधिमा पार्टी सम्मेलनहरूको प्रणाली स्थापित गरेको छ । चिकपा राष्ट्रिय महाधिवेशन र त्यहाँबाट निर्वाचित केन्द्रीय समिति पार्टीको सबभन्दा माथिल्लो नेतृत्वदायी निकाय हो ।
राष्ट्रिय महाधिवेशनबाहेकको समयमा पार्टी केन्द्रीय समितिले निर्णय गर्छ, पार्टीका समग्र गतिविधिलाई दिशा निर्देश गर्छ र बाह्य सम्बन्धमा पार्टीको प्रतिनिधित्व गर्छ ।
केन्द्रीय समितिको कम्तीमा वर्षको एक पटक विस्तारित बैठक बस्छ । चिकपाको उन्नाइसौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठक त्यसको एउटा उदाहरण हो । विस्तारित बैठकमा चिकपा केन्द्रीय समितिका सदस्य र वैकल्पिक केन्द्रीय सदस्यहरू सहभागी हुन्छन् ।
विस्तारित बैठकमा पार्टीको अनुशासन आयोगको स्थायी समितिका सदस्यहरू पनि सहभागी हुन्छन् । विभिन्न क्षेत्रका वरिष्ठ कार्यकर्ताहरू पनि बैठकमा सहभागी बन्छन् । त्यस्तै चिकपाको उन्नाइसौँ महाधिवेशनमा सहभागी तल्लो तहमा काम गरेका कार्यकर्ता, विज्ञ र विद्वानहरू पनि सहभागी हुन्छन् ।
चिकपामा सबै तल्लो सङ्गठनदेखि सबभन्दा माथिल्लो समिति निर्वाचित हुन्छन् र त्यसले चिकपाको चुनावी चाहना प्रतिविम्बित गर्छ ।
हालको चिकपाको केन्द्रीय समिति सन् २०१७ मा भएको चिकपाको उन्नाइसौं महाधिवेशनबाट निर्वाचित भएको हो ।
यसैबीच चिकपाको उन्नाइसौँ महाधिवेशनका लागि प्रतिनिधिको छनौट गर्ने प्रक्रियाले देशव्यापीरूपमा पार्टी सदस्यको व्यापक र सक्रिय सहभागीलाई प्राथमिकता दिएको छ । आधारभूत तहको पार्टी समितिको सन्दर्भमा पनि यस्तै प्रक्रिया लागु गरिएको छ । ९९.२ प्रतिशत पार्टी सदस्यहरू यो प्रक्रियामा सहभागी हुन्छन् ।
चिकपाको उन्नाइसौँ महाधिवेशनका प्रतिनिधिहरूमा पार्टी नेताहरू मात्र समावेश थिएनन् । महत्वपूर्ण उत्पादन क्षेत्र, अल्पसङ्ख्यक आदिबासी समूह, महिला सदस्य र अर्थतन्त्र, विज्ञान प्रविधि, राष्ट्रिय सुरक्षा, राजनीति, न्यायिक क्षेत्र, शिक्षा, प्रचारप्रसार, संस्कृति, स्वास्थ्य सेवा, खेल र सामाजिक व्यवस्थापनजस्ता क्षेत्रबाट पनि महाधिवेशनमा प्रतिनिधित्व गराइयो ।
निर्णय प्रक्रिया र दृष्टिकोण
चिकपा केन्द्रीय समितिको राजनीतिक ब्युरोले विस्तारित बैठक आयोजना गर्छ । राजनीतिक व्युरोले बैठकमा प्रतिवेदन पेश गर्छ र प्रतिनिधिहरूबाट प्राप्त सुझाव स्वीकार्छ ।
विस्तारित बैठकमा सहभागीहरूले चिकपाका कुल ९ करोड ५० लाख सदस्यहरूको विश्वास बोकेका छन् । पार्टीको एक सय वर्ष लामो सङ्घर्षका प्रमुख उपलब्धि र ऐतिहासिक अनुभवको समीक्षा गर्ने क्रममा उनीहरूले सबै आदिवासी समूहका अपेक्षालाई सम्बोधन गर्नुपर्छ ।
विस्तारित बैठकबाट पारित हुने दस्तावेजले बितेका एक सय वर्षमा चिकपा कसरी सफल भयो भन्ने कुरा बुझ्न सकिनेछ । चिकपाले हालसम्म प्राप्त सफलतालाई कसरी जोगाउने भन्ने कुरा पनि ती दस्तावेजमा निर्भर रहनेछ । चिकपाले इतिहासको समीक्षा गर्न ऐतिहासिक भौतिकवादी दर्शन र चिकपाको इतिहासको सही अवधारणाको प्रयोग गर्नेछ ।
छैटौँ विस्तारित बैठकअघि अक्टोबरमा राजनीतिक ब्युरोले पार्टीको एक सय वर्षको सङ्घर्षका प्रमुख उपलब्धि र ऐतिहासिक अनुभवका प्रमुख कुराबारे दस्तावेज मस्यौदा गर्न एउटा वैचारिक प्रतिवेदन तयारी गरेको थियो ।
राजनीतिक ब्युरोका अनुसार विभिन्न क्षेत्र, विभाग र पक्षबाट सो प्रतिवेदनमाथि राय सल्लाह–सुझाव सङ्कलन गरिएको थियो । चिकपाको उन्नाइसौँ महाधिवेशनका प्रतिनिधिहरूबाट पनि सो प्रतिवेदनमाथि सल्लाह सुझाव सङ्कलन गरिएको थियो ।
चिकपाका सदस्यहरूबाट प्राप्त सल्लाह सुझावलाई अहिलेको विस्तारित बैठकमा सम्बोधन गरिनेछ । विस्तारित बैठकले सदस्यहरूबाट प्राप्त सुझावको सम्बोधन गर्ने, दस्तावेजको समीक्षा गर्ने र महत्वपूर्ण दस्तावेज, निर्णय र सुधार नीतिलाई विभिन्न चरणमा छलफल र बहस गर्ने चिकपाको पद्धतिले पार्टीको अन्तर पार्टी प्रजातन्त्रलाई उजागर गर्दछ ।
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुशिला
Leave a Reply