भर्खरै :

काभ्रेमा अक्टोबर समाजवादी क्रान्ति दिवस

काभ्रे, २७ कार्तिक । १०४ औँ महान् अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा शनिबार बनेपामा विचार गोष्ठी भयो ।
गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले माक्र्सवादी–लेनिनवादी भन्नेहरूले माक्र्सवाद र लेनिनवादको पक्षमा बोल्नुपर्ने आवश्यकता औँल्याउँदै अक्टोबर क्रान्तिको उपलब्धिबारे जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अक्टोबर समाजवादी क्रान्तिको महत्व स्वीकार नगर्ने, अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको विरोध नगर्ने, देशघाती एमसीसी सम्झौताको समर्थन गर्ने र नेपाल–भारतबीचका असमान सन्धिको विरोध नगर्नेहरु कम्युनिस्ट हुनसक्दैनन् ।”
सिद्धान्तमा जोड नदिएपछि र विचारमा अडिग नभएपछि पतन हुनु स्वभाविक भएको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले एमाले, माओवादीको पतन स्वभाविक भएको बताउनुभयो ।
उहाँले जोड दिनुभयो, “क्रान्तिकारी भावना, वर्ग सङ्घर्षबाट नयाँ पुस्तालाई प्रशिक्षित गर्नु आजको आवश्यकता हो ।”
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले सोभियत कम्युनिस्ट पार्टीभित्रका संशोधनवादी, नक्कली कम्युनिस्ट नेताहरूले क्रान्तिकारी नेताहरू विरुद्ध निरन्तर हत्या, हिंसा र षड्यन्त्र गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विश्वासघाती र सिद्धान्त र विचारमा विचलित हुनेलाई छुट दिनु हुन्न भन्नुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले अक्टोबर समाजवादी क्रान्तिका उपलब्धिहरूबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा लक्ष्मीराम न्हुछेप्रधान, मुना तामाङ, पुण्यशोभा श्रेष्ठ, विनोद बजगाईँ, भोला खरेल, राजु तामाङलगायतले महान् अक्टोबर समाजवादी क्रान्तिको उपादेयताबारे प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *