बाराही बचतको आयोजनामा खुला रक्तदान कार्यक्रम
- श्रावण २, २०८३
भक्तपुर, २७ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औँ वार्षिक साधारणसभाको उद्घाटन शनिबार गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको स्वीकृतिविना बाग्मती प्रदेश सरकारको स्वीकृतिमा सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थालाई नगरभित्र सञ्चालन गर्न नदिने नीति लिएको बताउनुभयो ।
उहाँले अधिकांश सहकारी संस्थाहरूले बचत सङ्कलन गरी अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको पाइएको बताउँदै सहकारी ऐनअनुसार सहकारी सञ्चालित छ वा छैन भनी नगरपालिकाले नियमन र अनुगमन गरिरहेको बताउनुभयो ।
सहकारी संस्थाहरूले सामाजिक गतिविधिहरूमा पनि आफ्नो क्रियाशीलता बढाउनुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले एनजीओ आईएनजीओलगायतका विदेशी संस्थाको सहयोगविना विकास निर्माणका गतिविधि अगाडि बढाइरहेको प्रस्ट पार्नुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले सहकारी संस्था देश विकासको चौथो आधारस्तम्भ भएकोले संस्थाहरूले सामाजिक, शैक्षिक, सांस्कृतिक परिवर्तनमा आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य काजीबहादुर पंचले अधिकांश सहकारी संस्थाका उपसमितिहरूबाट हुने गरेका गतिविधिमा कमी आएको औँल्याउँदै सहकारी सदस्यहरूलाई स्थानीय तहको स्वीकृतिविना सञ्चालित सहकारी संस्थाहरूमा आबद्ध नहुन सचेत पार्नुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष चिनियालाल माकले संस्थाका गतिविधिबारे प्रस्ट पार्दै कोभिड महामारीबीच पनि संस्थाले जनतालाई सचेत पार्न विभिन्न अभियानहरू सञ्चालन गरेको बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष नारायणप्रसाद त्वानाबासु र उपाध्यक्ष पूर्णगोपाल राजचलले पनि बोल्नुभएको उक्त कार्यक्रममा लेखा समितिका संयोजक लक्ष्मीनारायण त्वानाबासुले आ.व. २०७७।७८ को प्रगति विवरण, कोषाध्यक्ष सरिता त्वानाबासुले आव २०७७।७८ को आय व्यय विवरण तथा आव २०७८।७९ को वार्षिक अनुमानित बजेट र सचिव नारायणकृष्ण माकले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply