भर्खरै :

नगरकोट सडक नबनाउने जनताका शत्रु को ?

झन्डै दशक बितिसक्दा पनि कमलविनायक–नगरकोट सडकको निर्माण कार्य सम्पन्न नहुँदा देश कसको नेतृत्वमा छ भनी जोकोही पनि अन्योलमा पर्छन् । सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेती भनी चिनिएका ठेकेदार शारदाप्रसाद अधिकारीले ठेकेदारी पाएको सडक समयमै बनाउनु पर्नेमा स्थानीय जनतामात्र होइनन्, सांसद, प्रदेश मन्त्री, नगर प्रमुखदेखि वडाध्यक्ष सबैको एक स्वर छ । जनताले सडकको दुरवस्थामा वर्षौं कुनै सुधार नहुँदा मन्त्रीदेखि जनप्रतिनिधिहरूलाई प्रश्न गर्दा सबैले समयसीमा तोकेर काम सम्पन्न गर्ने आश्वासन दिन्छन् । तर, त्यस्ता समयसीमा धेरै पार भए । सडकको अवस्थामा अझै कुनै सुधार भएको छैन । सडक निर्माणको काम आधा पनि नसकिँदै गरेको पिच पनि बिग्रिसकेको छ । सडकको अधिकांश हिस्सा उस्तै खाल्डाखुल्डी, धुलो र हिलोले भरिएको छ । सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने कुरा जनताले जोसँग राख्दा पनि सकारात्मक प्रतिक्रिया दिने तर काम भने अघि नबढ्दा जनता अन्योलमा छन्–भन्ने कसलाई ? लगाम कसको हातमा छ ?

पर्यटकीय महत्वको नगरकोटको मूल बाटोको दुरवस्थाको त्यहाँको आर्थिक जीवनमा पनि ठूलो असर गरेको छ । नगरकोटको पर्यटन घटाउनमा सडकले भूमिका खेलिरहेको छ । बाह«ै मास धुलो र हिलो भोग्नुपरेका जनताको स्वास्थ्यमा पारेको असरको लेखाजोखा छैन । यसरी जनतालाई दुःख दिने र राज्यको पैसाको दुरूपयोग गर्ने र दिएको वाचा पूरा नगर्ने ठेकेदार र तिनलाई काखी च्याप्ने शासक दलका नेता र कार्यकर्ताहरू नै जनताका शत्रु हुन् ।

स्थानीय जनताले सडक निर्माण सम्पन्न गर्न राजधानीमा प्रदर्शनदेखि शासक दलका नेताहरूसँग भेटघाटसम्म, सडकमै प्रदर्शनदेखि मन्त्रीलाई घेराउसमेत गरिसकेका छन् । नगरकोट सडकको दुरवस्थाबाट फाइदा उठाउन धेरै थरी मान्छे आएर आश्वासनको वर्षा गरे । तर, जनताले दैनिक खानुपरेको धुलो भने कति पनि घटेको छैन, किन ? के यो देशका बदमास ठेकेदारहरूलाई सरकारको लगाम सम्हालेका र राज्य चलाएका भाइभारदारहरूले पनि ठेगान लगाउन नसकेका हुन् ? के ठेकेदार मन्त्रीभन्दा शक्तिशाली हुन् ? अथवा, मन्त्री र शासक दलका नेताहरूलाई ठेकेदारहरूले पालेका छन् ?
पटक–पटक थपिएको समय सीमा पार भइसक्दा पनि नगरकोट सडकको अवस्थामा कुनै परिवर्तन नहुँदा सरकारका जिम्मेवार निकाय त्यस्ता ठेकेदारहरूलाई किन कानुनबमोजिम पाटा कस्न अघि सर्दैन ? एक ठाउँमा सरकारलाई दिएको वाचा पूरा नगर्ने ठेकेदारले फेरि अर्को ठाउँमा किन उस्तै ठेकेदारी दिइन्छ ? राणाशासनमा कुमारी चोक लाग्ला भनी सबै कर्मचारी र ठेकेदारहरू त्राहिमाम हुन्थे । कुमारी चोक लागेका कर्मचारी र ठेकेदारहरूले सात पुस्ताले नभुल्ने सजाय भोग्नुपथ्र्यो । तर, अहिले प्रजातन्त्रको नाममा के देशमा अराजकताको शासन चलेको हो ? गलत काम गर्नेलाई सजाय गर्नु र असल काम गर्नेको कदर गर्नु कुनै पनि व्यवस्थाको समान नियम हो । भ्रष्टाचार र बद्मासी गर्नेलाई आफ्नो निकटताको आधारमा संरक्षण दिने कोही पनि नेताले देशमा भ्रष्टाचारको विरोधमा लड्ने कुरा गफबाहेक केही होइन ।
नगरकोट सडक निर्माण कार्य सम्पन्न नहुनुमा स्थानीय शासक दलका नेताहरू पनि कम जिम्मेवार छैनन् । चुनावको बेलामा सडकको दुरवस्थालाई मुद्दा बनाउने अनि अरू बेला ठेकेदारकै वरपर बस्ने र आशीर्वादको आशा गर्ने प्रवृत्तिको कारण पनि ठेकेदारीको बद्मासी चुलिएको वास्तविकतालाई उपेक्षा गर्न मिल्दैन । सडकको दुरवस्थालाई सस्तो लोकप्रियताको हतियार बनाउने र मागी खाने भाँडो बनाउनेहरूबाट सजग हुन जरूरी छ ।
पर्यटकीय महत्वको नगरकोटको मूल बाटोको दुरवस्थाको त्यहाँको आर्थिक जीवनमा पनि ठूलो असर गरेको छ । नगरकोटको पर्यटन घटाउनमा सडकले भूमिका खेलिरहेको छ । बाह«ै मास धुलो र हिलो भोग्नुपरेका जनताको स्वास्थ्यमा पारेको असरको लेखाजोखा छैन । यसरी जनतालाई दुःख दिने र राज्यको पैसाको दुरूपयोग गर्ने र दिएको वाचा पूरा नगर्ने ठेकेदार र तिनलाई काखी च्याप्ने शासक दलका नेता र कार्यकर्ताहरू नै जनताका शत्रु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *