अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मधुमेह, अर्थात् चिनी रोगको बारेमा नसुनेका मानिसहरू विरलै होलान् अझ हामीमध्ये कति जना त यो रोगबाट ग्रसित पनि छौँ होला । नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रूपमा लिइन्छ र यो अवसरलाई मधुमेह रोगको पहिचान, उपचार र रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गरेर मनाइन्छ । सन् १९२१ मा सर फ्रेडरिक बान्टिङ २ चाल्र्स बेस्ट मिलेर उपचारात्मक इन्सुलिनको आविष्कार गरेका थिए । जुन मधुमेहको उपचारको निम्ति अत्यन्त महत्वपूर्ण कोसेढुङ्गा सावित भयो । यस हिसाबले उपचारात्मक इन्सुलिनको सतवार्षिकी भएको हुनाले यस वर्षको मधुमेह दिवस अझ विशेष रहेको छ । साथै सर फ्रेडरिक बान्टिङको जन्मदिन नोभेम्बर १४ रहेकोले सो दिनलाई विश्व मधुमेह दिवसको रूपमा लिइन्छ । यस वर्षको विश्व मधुमेह दिवसको नारा ‘मधुमेहको उपचारमा पहुँच अहिले नभए कहिले ?’ रहेको छ ।
अन्तर्राष्ट्रिय डायबिटिज फेडेरेशनका अनुसार 537 million (५३७ करोड) वयस्कहरू मधुमेह रोगबाट ग्रसित छन् । अर्थात् दसमध्ये १ जना मानिस मधुमेह रोग लिएर बाँचिरहेका छन् । ५ मध्ये ४ जना मधुमेहका बिरामीहरू निम्न र मध्यम वर्गीय देशहरूका छन् । मधुमेहको कारणले सन् २०२१ मा ६७ लाख मानिसको मृत्यु भएको देखिन्छ । मधुमेह भएका ५० प्रतिशत बिरामीहरूको निदान हुन सकेको छैन र निदान भएका ५० प्रतिशत बिरामीहरू इन्सुलिन खरिद गर्न सक्दैनन् वा उपचारको पहुँचबाट वञ्चित छन् । यसरी इन्सुलिन आविष्कार भएको एक शताब्दी हुँदा पनि धेरै बिरामीहरू उपचारको पहुँचबाट टाढा रहेकाले यस वर्षको नारा ‘मधुमेह उपचार पहुँच–अहिले नभए कहिले’ राखिएको हो ।
सन् २०१९ को सर्वेक्षणअनुसार मधुमेहबाट मृत्यु हुने कारक रोगमध्ये नवौँ स्थानमा रहेको थियो ।
नेपालमा भने लगभग ८–९ प्रतिशत मानिसहरू मधुमेह रोगबाट ग्रसित छन् र यो आकडा सहरी र ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्यामा बढ्दै गइरहेको छ ।
मधुमेह के हो ?
यो एक किसिमको नसर्ने दीर्घकालीन रोग हा,े जसमा रगतमा ग्लुकोजको मात्रा आवश्यकताभन्दा बढी हुन्छ । यसले गर्दा शरीरका मुख्य अङ्गहरू जस्तैः मुटु, रक्तनली, आँखा, मृगौला, मस्तिष्क वा नसामा समेत नकारात्मक असर पु¥याउने गर्दछ । हाम्रो शरीरमा प्यान्क्रियाज भन्ने ग्रन्थीबाट इन्सुलिन भन्ने हर्माेन उत्पादन गर्दछ । इन्सुलिनले रगतमा भएको ग्लुकोजलाई शरीरको विभिन्न कोष वा तन्तुमा पु¥याउन मद्दत गर्छ र रगतमा सुगरको मात्रा नियन्त्रण गर्छ । यदि कुनै कारणले इन्सुलिनको उत्पादन र कार्यक्षमतामा ह«ास आएमा रगतमा ग्लुकोजको मात्रा बढ्छ र मधुमेह रोग देखापर्छ ।
मधुमेह धेरै किसिमका हुन्छन् । तर, सामान्यतः मुख्यतया दुई किसिमका हुन्छन् । टाइप वान र टाइप टु डायबिटिज । प्यान्क्रिज (Pancreas) को कोषहरूको मृत्यु भएर इन्सुलिन उत्पादन हुन नसक्दा टाइप वान डायबिटिज हुन्छ । यो कम उमेर समूह (तीस वर्षमुनिको उमेर समूहमा देखिन्छ र यसको मुख्य उपचार इन्सुलिन नै हो ।
टाइप टु डायबिटिजमा प्यान्क्रियाजले इन्सुलिन उत्पादन गरेको हुन्छ र शरीरका कोषहरूले त्यसको प्रभावकारी उपयोग गर्न सकेको हुँदैन । यो धेरै सामान्य छ ।
मधुमेहका जोखिमहरू
परिवारको कोही सदस्य वा नजिकको नातेदारमा मधुमेह छ भने आफूलाई पछि मधुमेह हुने सम्भावना धेरै रहन्छ । साथै उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मोटोपन आदि भएको र शारीरिक व्यायाम नगर्ने व्यक्तिहरू पनि मधुमेह रोगको जोखिममा छन् । महिलाहरूमा गर्भावस्थामा रगतमा सुगरको मात्रा बढेको छ वा बच्चाको तौल ४ केजीभन्दा बढी रहेको छ भने पनि मधुमेह हुनसक्ने जोखिम बढ्छ ।
मधुमेहका लक्षणहरूः
–छिनछिनमा पिसाब लाग्नु, रातिमा अझ बढी पिसाब लाग्नु
–मुख सुक्खा हुनु र धेरै तीर्खा लाग्नु
–धेरै खान मन लाग्नु तैपनि शरीर कमजोर महसुस गर्नु
–विनाकारण दुब्लाउँदै जानु
–हातखुट्टा झमझमाउनु
–घाउ निको हुन धेरै समय लाग्नु
सुगरको जाँच कहिले गर्ने ?
– माथिका लक्षणहरू देखिएमा परिवारका अन्य सदस्यलाई मधुमेह छैन भने कुनै लक्षण नभए पनि ३५ वर्षपछि रगत परीक्षण गर्नुपर्छ ।
– परिवारमा अरूलाई मधुमेह भएमा वा माथि उल्लिखित जोखिमहरू जस्तैः मोटोपना, उच्च रक्तचाप आदि भएमा २० वर्षको उमेरपछि रगत परीक्षण गर्नुपर्छ र नियमितरूपमा वर्षको एक पटक रगत परीक्षण गरेमा समयमै रोगको पहिचान र रोकथाम गर्न सकिन्छ ।
रगतमा सुगरको परीक्षण गर्न जाँदा ध्यान दिनुपर्ने कुराहरूः
– ३ दिनसम्म अरू बेला खानेजस्तै सामान्य खाना खाने (कोही कोही बिरामी सुगर जाँच गर्नको निम्ति एकदमै न्यून खाना खाने गर्छन् जसले गर्दा रगतमा सुगरको मात्रा कम हुन्छ र रोग पत्ता लाग्न गा¥हो हुन्छ ।)
– ८ घण्टासम्म केही नखाने (चिया पनि)
– जाँच गर्नुपूर्व ३० मिनेट आराम गर्ने ।
– खाली पेटको रगत दिइसकेपछि खाना खाने र खाना खाएको २ घण्टापछि फेरि अर्को रगतको नमुना दिने ।
खाली पेटमा दिएको रगतमा ग्लुकोजको मात्रा १२६ (126mg/d/) वा सोभन्दा बढी आएमा र खाना खाइसकेपछिको रगतमा ग्लुकोजको मात्रा (200mg/d/) वा सोभन्दा बढी भएमा मधुमेह भएको मान्न सकिन्छ । साथै HBAC भन्ने एक किसिमको रगतको परीक्षणमा ६.५ प्रतिशतभन्दा माथि आएमा पनि मधुमेह भएको शङ्का गर्न सकिन्छ । यस HBAC भन्ने जाँचबाट तीन महिनासम्ममा तपाईँको रगतमा सुगरको मात्रा कत्तिको नियन्त्रणमा छ, बुझ्न सकिन्छ ।
उपचार
मधुमेहको उपचारअन्तर्गत मुख्य दुईवटा कुरा पर्छन् । पहिलो स्वस्थकर जीवनशैली अपनाउने र दोस्रो नियमितरूपमा औषधिको सेवन गर्ने ।
स्वस्थकर जीवनशैलीअन्तर्गत विशेषगरी निम्न चार कुराहरू पर्छन्–
१) खानपिनमा विशेष ध्यान दिने
यस सन्दर्भमा के खाने वा नखानेभन्दा पनि कति खाने भन्ने कुरा महत्वपूर्ण हुन्छ । मात्रा मिलाएर खान जानियो भने सामान्य खानामा जे पनि खान मिल्छ । तैपनि, आजभोलि सहजताको निम्ति एउटा प्लेटको आधा भाग तरकारी र सलादले भर्ने, एकचौथाइ प्रोटिन र अर्को एकचौथाइ कार्बोहाइड्रेट राखेर खानुभएमा सन्तुलित भोजन बन्छ । कार्बोहाइड्रेटभित्र भात, रोटी, च्याख्ला, कोदो, फापर आदि पर्छन् भने प्रोटिनअन्तर्गत गेडागुडी, अण्डाको सेतो भाग, माछा, कुखुराको मासु आदि पर्दछन् । खान नहुने कुराहरूमा गुलियो, चिल्लो र मैदाबाट बनेका कुराहरू पर्दछन् । बजारमा रेडिमेड पाइने प्याकेटका खानेकुराहरू जङ्कफुड जस्तै बर्गर, पिज्जा आदि पेय पदार्थमा कोल्ड ड्रिङ्क्स, प्याकेड जुसहरू, सोडा आदि पनि सकेसम्म खानुहुँदैन ।
तरकारी सलाद प्रशस्त मात्रामा खान सकिन्छ । कसैकसैलाई सामान्य खाना खाँदा पेट नमर्न सक्छ, उहाँहरूले पेट भर्नको लागि सलाद खान सक्नुहुन्छ ।
फलफुलहरूमा जुनसुकै फलफुल दिनको एउटा खान सकिन्छ । तर, खर्बुजा, आँप, किवी खान भने अलि ध्यान दिनुपर्छ ।
खाने तरिकाको कुरा गर्दा एकै पटक धेरै नखाने । बरु, दिनमा ६–७ पटक गरेर थोरै–थोरै खानु उपयुक्त हुन्छ । साँझमा ७ बज्नुअघि नै खाना खाँदा राम्रो हुन्छ ।
कति मानिसहरू सुगर फ्री ट्याब्लेटस् प्रयोग गर्छन् । तर, त्यस्ता ट्याब्लेटहरूले शरीरलाई झन् नकारात्मक असर पु¥याउने हुँदा उपयोग गर्नु हुँदैन ।
यसको साथै उच्च रक्तचापबाट बच्न दैनिक नुनको मात्रामा पनि कमी ल्याउनुपर्छ ।
२) मोटोपना घटाउने
धूमपान, मद्यपान र सुर्तीजन्य पदार्थको सेवन त्याग्ने ।
३) नियमिरूपमा शारीरिक व्यायाम गर्ने
दिनमा कम्तीमा ३० मिनेट व्यायाम गर्नु अन्यन्त आवश्यक छ ।
४) मानसिक तनावबाट मुक्त हुने
मधुमेहको उपचारको अर्को पाटो– औषधिको प्रयोग । धेरैजसो बिरामीहरू एकचोटि औषधि सुरु गरेपछि जीवनभरि औषधि खाइरहनुपर्छ भन्ने डरले औषधि सुरु गर्न मान्दैनन् । तर, के यसो गर्नु, उचित हो त ? पक्कै पनि होइन । यदि समयमै औषधि सुरु गरेन र धेरै समयसम्म रगतमा ग्लुकोजको मात्रा अनियन्त्रित रह्यो भने यसले विभिन्न खालका अल्पकालीन वा दीर्घकालीन जटिलताहरू निम्त्याउने गर्छ । यसले शरीरका मुख्य अङ्गहरू जस्तैः मुटु, मिर्गौला, आँखा मस्तिष्कमा हान्ने छ । यसले गर्दा हृदयघात, पक्षघात, अन्धोपना, मिर्गाैला फेल आदि हुने सम्भावना ५–६ गुणा बढ्छ । एकपटक ती जटिलताहरू आएमा फेरि सामान्य जीवनमा फर्किन निकै गा¥हो हुन्छ । मानिसको जीवनको गुणस्तरमा नै ¥हास आउँछ ।
तसर्थ, उचित समयमा उचित औषधि सुरु गरेर जोखिमहरूबाट बच्नु नै बुद्धिमानी हुनेछ । चिकित्सकको सल्लाहबिना औषधि थपघट गर्ने वा सेवा छोड्ने गर्नु हुँदैन । यसबाट रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढी वा कम भएर थप गम्भीर समस्याहरू आउने र बिरामीको ज्यानसमेत जान सक्ने खतरा रहन्छ । यसका साथै मधुमेहका बिरामीले समयसमयमा रक्तचाप, कोलेस्टोरोल र मिर्गाैलाको जाँच गर्नुपर्छ । वर्षमा एकपटक आँखाको जाँच गर्नुपर्छ र दैनिकरूपमा आफ्नो खुट्टाको हेरचाह गर्नुपर्छ ।
जीवन शैलीमा परिवर्तन ल्याउनुपर्ने, खानेकुरामा रोकटोक गर्नुपर्ने, व्यायाम गर्नुपर्ने आदि कारणले कतिपय बिरामीहरूलाई यो रोग मानसिक तनावको रूपमा रहेको हुन्छ । त्यस्तै हाम्रो समाजमा मधुमेहसम्बन्धी धेरै अनावश्यक प्रचारप्रसार र अन्धविश्वासहरू रहेकाले आँखा चिम्लेर तिनीहरूमा विश्वास गरेमा थप मानसिक तनाव सिर्जना हुन्छ । त्यसैल,े ती हल्लाहरूको पछाडि लाग्नुभन्दा आफ्नो चिकित्सकसँग आवश्यक जानकारी लिने र सल्लाहबमोजिम अगाडि बढेमा मधुमेहको व्यवस्थापनमा अझ सहज हुन्छ ।
(लेखक चिकित्सक हुनुहुन्छ ।)
Leave a Reply