अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
चन्द्रबहादुर उलकको नेपालभाषाको ‘वैद्य बा’ शीर्षकको कविताको सार हो – रोगी आसमाया बज्यै सकी न सकी उपचारार्थ अस्पतालको लाममा डाक्टरको बोलावटको पर्खाइमा थिइन् । बोलावटमा परेका रोगीहरूको नाम र नम्बर आउँदा मुख उज्यालो पार्दै भित्र पस्छन् र निस्कन्छन्, कोही अँध्यारो मुख लिएर फर्कन्छन् ।
नाउँ चलेको डाक्टर आफ्नो ब्याग लिएर बाहिर निस्कन्छ रोगीहरूको लाम देख्दादेख्दै । आसमाया बज्यै जुरुक्क उठेर डाक्टरसँग गुनासो पोख्छिन्– “डाक्टर साहेब, मेरो नाम आएन ।” आसमाया बज्यैतिर हेर्दै नहेरी डाक्टरले उत्तर दियो– “मैले हेर्नुपर्ने कोटा पुरा गरेँ ।”
आसमाया बज्यै भुक्लुक्क लडिन्, भोलिसम्म पर्खिने शक्ति उनको शरीरमा रत्ती थिएन । डाक्टर अस्पतालको ठूलो ढोकाबाट बाहिरियो । तर, घण्टौँसम्म लाममा बसेका रोगीहरूले ‘डाक्टर मानिस हो, होइन, केही भन्न सकेनन् ।’
तर, कवि उलकले तलका केही पङ्क्तिहरू थप्नुपर्ने एक पाठकको उत्सुकता यसरी व्यक्तिन्छ–
डाक्टर मानिस हो
तर, डाक्टरहरू पनि
विभाजित छन् वर्गमा !
आशामा पर्खिरहेका
त्यो डाक्टर गरिब र
कामदार जनतालाई माया नगर्ने
शोषक पक्षको डाक्टर हो ।
शोषक डाक्टरका मालिकहरूले
निर्णय गरेछन् – दिनको निश्चित
रोगी हेर्ने कोटा
जुन देश र समाजमा
डाक्टरहरूको ठूलो कमी छ ।
‘डाक्टरहरूको एउटा परिषद्
छ रे’ कतै सिंहदरबार नजिक
पैसा कमाउनकै लागि पढेका डाक्टरहरूको,
तिनीहरूका सबै अभिभावक
जग्गाधनी, पुँजीपति र
ठूल–ठूला ठेकेदार र कालाबजारिया
घर–जग्गा र विदेशी व्यापारका दलाल ।
त्यही ‘परिषद्’ कै फरक समितिहरूले
जनताको विरोधमा स्वार्थमा लागेर व्यक्तिको
‘मूल्य बढाउन नै डाक्टरको फी
कोटाको निर्णय गरेको रे ¤’
त्यो परिषद् यही नालायक सरकारको
आउरेबाउरे हो रे, विचारले ।’
कवि उलकज्यू, समस्याको तस्बिर तपाईँले जस्ताको तस्तै लेख्नुभयो, म एक साधारण पाठक ‘मेडिकल काउन्सिल’ लाई नै अपराधी ठह¥याउँछु ! वर्गीय दृष्टिकोण, तार्किक र बौद्धिकरूपले छानबिन भए राम्रो !
x x x
दामोदर सुवालका ‘सुहागरातहरू’ शीर्षकको कवितामा सबै पाठकहरू एकमत हुन नसक्लान् ! समयअनुसार जनताको सेवा गर्नुपर्ने राजनैतिक संस्था र शासक दलहरूले खेल्नुपर्ने भूमिकाबारे इतिहासको आफ्नो र आफ्ना परिवारहरूको स्वार्थ हेर्ने शासकहरूको बदनाम घटनाहरूसँग कविले तुलना गरे–
सिंहदरवारमा
सत्तासँगको रतिमा
रमाइरहेका
रणबहादुर शाहहरूका
सुहागरातहरू छन् ।
विदेशमा एक राजा राजधानी जलिरहँदा बाँसुरी बजाइरहेका थिए ।
हो त, कोभिड– १९ को हाहाकारमा कोरोना सङ्क्रमितहरूको लागि अक्सिजन लिन रातो बत्ती र साइरन बजाएर अस्पतालका गाडीहरू भौँतारिँदै थिए, कतै सङ्क्रमित रोगीहरू बेड नपाएर एक अस्पतालबाट अर्काे अस्पतालमा हतारमा दौडिँदै थिए । जनताको स्वास्थ्य रक्षा गर्न असफल सरकार र शासक दलहरू सत्ताको लुछाचुँडीमा लागेका थिए– देशमा आगो लाग्दा बाँसुरी बजाइरहेका राजाजस्तै ।
अस्पतालमा अक्सिजन अभावमा रोगीहरू छट्पटिँदै थिए, घरका बिरामीहरू अस्पतालमा बेड पाइरहेका थिएनन् । लाश जलाउन ठाउँ पाइरहेको थिएन, लाश जलेको गन्ध र चित्ताको आगोको प्रकाशमा आफन्तहरू विलाप गर्र्दै थिए ।
तर, कवि भन्छन्–
‘शीतलनिवास
बालुवाटार र
सिंहदरबारमा
सत्तासँगको’
खेलमा अथवा
सत्ता सङ्घर्षमा रमाइरहेछन् ।
त्यसैको फल हो– सिंहदरबारकै लाममा, न्यायपालिकाको आँगनमा ‘न्यायको सत्ता सङ्घर्ष’ को अर्काे खेलमा न्यायको नाममा व्यापारीहरूको नाफाको भाउ र मोलतोल गर्दै छन् ।
उज्यालोको गीतमा– दामोदर सुवाल
रातको अँध्यारोमा मानिसहरू घरका आ–आफ्ना बत्तीहरू निभाएर सुतिरहन्छन् र आकाशको अँध्यारोमा आकाशका ताराहरूबारे कवि भन्छन्–
जगमग
जगमग
उज्यालोको गीत
गाइरहेछन् ।
सत्य त्यही हो, रातको १२ बजेपछि वा रातको १ बजेभन्दा पहिले संसारका इतिहासमा धेरै धेरै उथल–पुथलका घटनाहरू थिए । मानौँ, हरेक रात नयाँ निर्माणको एक क्षण हो, हरेक पुरानो बन्दोबस्तको अन्त हो । एक कविको गाउँको गीत सुनेको थिएँ–
जगमग जगमग तारा नभमा
त्यो ताराको लो हरायो ।”
रातमा जग्मगाइरहने वस्तु नै मानिसको आँखामा प्रतिबिम्बित हुन्छ । त्यो जगमगाइ एक क्षणमा हराउँदै जान्छ, नयाँ दिनमा । तर, कवि दामोदर सुवाललाई कवि रमेश विकलले सम्झाउँछन् । ‘आकाशमा ताराहरू छटपटिरहेका थिए ।’
(कविताको स्रोत– भक्तपुर सहकारी संस्थाको (२५ औँ) रजत वर्ष स्मारिका २०७८)
Leave a Reply