रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
सी चिनफिङ र जो बाइडेनबीच सन् २०२१ को बहुप्रतिक्षित भर्चुअल वार्ताले धेरै थरी सन्देश प्रवाह गरेको छ । दुई नेताबीचको वार्ता गत मार्च महिनामा अलास्काको अन्कोरागमा देखिएको रुखो कूटनीतिक व्यवहारभन्दा नितान्त फरक देखियो । शान्तिकामी र सौहार्द सम्बन्धका समर्थकहरूले चीन र संरा अमेरिकाबीचको वार्ताले दुई देशबीच बिनाद्वन्द्व सहकार्य सम्भव भएको देखाएको बताए ।
सौहार्दता र विश्व सुरक्षालाई क्षति पुग्न सक्ने कुनै पनि काम नगर्नु नै अगाडिको बाटो भएको स्पष्ट छ । त्यसो त राष्ट्रपति बाइडेनले ‘विवेकमा आधारित मार्गचित्र’ शब्दावली प्रयोग गरेर जलवायु परिवर्तन रोकथामजस्ता सहकार्य गर्न मिल्ने क्षेत्रमा आपसमा मिलेर जाने कुरा गरेका छन् । तथापि, दक्षिण चीन सागरमा चीनको कथित ‘विस्तारवाद’ का साथै ताइवान क्षेत्रमा केन्द्रित टिप्पणी राष्ट्रपति सीसम्म पु¥याइयो ।
संरा अमेरिकाको लागि यो समय आर्थिक सहकार्यको लागि असहज नीति समाधानमा ध्यान केन्द्रित गर्ने उपयुक्त समय हो । जस्तै चिनियाँ कम्पनीहरूलाई खराब प्रभाव पारेका समस्या समाधान गर्न जरुरी छ । त्यसो गर्दा रणनीतिक सहकार्यलाई व्यवहारमा रूपान्तरण गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय समुदायको लागि मङ्गलबारको बैठकले चीन संसारका सबै देशसँग शान्तिपूर्ण, व्यवस्थापन गर्न सकिने र स्वीकार्य सम्बन्ध बनाउन खोजिरहने देखाएको छ । बाइडेन सरकारसँगको निकटमा सीको सोचाइमा यो कुरा अभिव्यक्त भएको छ । सीले दुई देशबीच आपसमा द्वन्द्वभन्दा संवादको आवश्यकता भएकोमा जोड दिनुभयो । त्यसको अर्थ अमेरिकी राष्ट्रिय राजनीतिमा चीनलाई नाजायजरूपमा राक्षसीकरण गर्ने अति राष्ट्रवादी विचारमा फस्न नहुने उहाँको भनाइ हो । आपसमा संवादको कमीले दुवै पक्षको क्षमता र अहिलेसम्म प्राप्त उपलब्धलाई न्यूनाङ्कन हुने जोखिम बढ्छ । फलतः ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त घोषणापत्रबाट लाभ उठाउन दुवै पक्ष चुक्नेछन् । कूटनीतिक संवेदनशीलता अपनाए विश्वव्यापी मुद्दालाई थप शान्तिपूर्ण ढङ्गले समाधान गर्न सकिने कुरा घामजत्तिकै छर्लङ्ग भइसकेको छ ।
भर्चुअल बैठकबाट आएका सकारात्मक सन्देशलाई मूर्त व्यवहारमा उतार्नु र चीनलाई वस्तुनिष्ठ कोणबाट हेर्ने काम अब संरा अमेरिकाको काँधमा आएको छ । पेइचिङप्रति खुलमखुला गलत व्यवहारको पहिलाको अमेरिकी नीतिले कसरी काम गरेन भन्ने कुरा मङ्गलबारको बैठकबाट पनि पुष्टि भएको छ । युद्धको दुन्दुभीबाट पर रहनुले नै भविष्यमा संवादलाई प्रवद्र्धन गर्नसक्छ ।
चीन–संरा अमेरिका सम्बन्धलाई फरक कोणबाट हेर्ने इमानदार प्रयासले चीनप्रति बाइडेनको मेलमिलापको अवधारणा असफल बनाउने धोखेबाजहरूलाई अझ उत्साहित गर्नसक्छ । त्यसको उल्टो राष्ट्रपति सीको भनाइमा बाइडेन सरकारसँगको सम्बन्धलाई परिभाषित गर्ने सन्दर्भमा चीनमा कति पनि अलमल नभएको देखियो । समस्याहरू समाधानको निम्ति विभिन्न क्षेत्रमा सहकार्य गर्दै गर्दा राज्यको सार्वभौमिकताको सम्मान गर्ने सिद्धान्त नै अघि बढ्ने मूल बाटो हुनुपर्छ ।
यो बैठक हुनु प्रशंसनीय कुरा हो । तर, लगातार चर्चाको विषय भएर पनि अनुपयुक्त देखिएको कुनै विषय थियो भने त्यो ताइवानको विषय थियो । दशकौँदेखि चीन–संरा अमेरिका सम्बन्धको मूल आधार बनेको एक चीन नीति वाशिङ्टन डीसीले बोली र व्यवहार दुवैमा अङ्गीकार गर्न राष्ट्रपति बाइडेन तयार भए । अर्कोतिर बाइडेन सरकारप्रति रिपलिब्कनहरूको दबाब स्वरूप जनसमर्थन ओरालो लागेको संरा अमेरिका अनेकन आन्तरिक विषयमा भने सी चिनफिङले आप्mनो भाषणमा एक शब्द पनि उल्लेख गरेनन् । त्यस्ता विषयलाई संरा अमेरिकाका आन्तरिक विषय मानियो । दुई नेताबीचको यो बैठकको मूल लक्ष्य भएका समस्याको समाधान गर्नु हो । आ–आफ्नो देशका आन्तरिक मामिलामाथि बहस गर्नुभन्दा तिनको सम्मान गर्नु हो । ताइवानको चीनमा पुनःएकीकरणको कुरा अपरिहार्य भएको निर्विवाद सत्य हो ।
यद्यपि, यस्ता संवादलाई गतिरोध तोड्ने घटना मान्न सकिन्छ । यदि परिपक्व कूटनीतिले काम गर्ने हो भने निर्मम व्यवहारको ठाउँ रणनीतिक सहकार्यले लिनेछ । यद्यपि, अहिले सबैको आँखा दुवै देशबाट संवादपछि मूर्त व्यवहारमा रूपान्तरण हुने–नहुनेमा केन्द्रित छ ।
(लेखक इस्लामाबाद नीति अध्ययन प्रतिष्ठानसम्बद्ध अनुसन्धानकर्ता हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन
Leave a Reply