भर्खरै :

व्यवस्था र शासक फेरिए वक्रदृष्टि फेरिएन

नेपाल खाल्डो अर्थात् नेपाल उपत्यकाको भौगोलिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकलगायत हरेक दृष्टिले भूस्वर्ग थियो । विद्यमान थुपै्र कुराले यसले अझै रमणीय र आकर्षक भूमिको मान्यता कायम राखेको छ । तर, यहाँका व्यवस्थापक अर्थात् सरकारको अल्पज्ञान र कुबुद्धिले भूस्वर्गलाई अव्यवस्थित बनाएबाट भानुभक्त आचार्यको
‘अलकापुरी’ लाई नर्कको संज्ञा दिन पनि थालिएको छ ।
ऐतिहासिक नेपाल मण्डलका राजा ‘नेपालमण्डलेश्वर’ यक्षमल्लका छोराहरूले काठमाडौँ र ललितपुरमा शासनाधिकार जमाएपछि नेपाल उपत्यकामा तीन राज्य स्थापना भयो । यसमा भक्तपुर जेठो रहेको तथ्य स्पष्ट छ । तर, समय क्रममा भक्तपुरलाई ‘कान्छो सहर’ भनेर बेलाबखत खिस्याउने गरेको पनि हामी सुन्छौँ । केहीले इतिहासमा भक्तपुर काठमाडौँअन्तर्गत रहेको भनेको पनि सुनेका छौँ । नेपाल मण्डलको राजधानी भक्तपुरका मल्ल राजकुमारहरू काठमाडौँ र ललितपुरका राजा हुन गएको तथ्यलाई जानाजानी बङ्ग्याउनेहरूलाई मूर्ख विद्वानको संज्ञा दिँदा अन्यथा हुनेछैन ।
भक्तपुरलाई होच्याउने दुष्प्रयास जतिसुकै गरे पनि उपत्यकाको ऐतिहासिक शान र मान ‘जीवित सङ्ग्रहालय भक्तपुर’, ‘नाच गानको राजधानी भक्तपुर’, ‘सांस्कृतिक नगर भक्तपुर’, ‘देशकै सबभन्दा अग्लो ङातापोल्हँ मन्दिर भक्तपुरमा’, ‘भक्तपुर लायकुको भ्रमणले आधा विश्वको भ्रमण बराबर हुने’ जस्ता विशेषण, उद्गार र यथार्थले कायम राखेको छ । ‘घरभन्दा मन्दिर धेरै, मानिसभन्दा देवमूर्ति धेरै’ भएको नेपाल खाल्डोको ऐतिहासिक र पुरातात्विक महत्वलाई भक्तपुरले महत्वपूर्ण योगदान दिइरहेको छ ।
नेपाल खाल्डो अर्थात् नेपाल उपत्यकालाई काठमाडौँ उपत्यका नामले बढी चिनिन थालेको छ । नेपाल मण्डलको राजधानी भक्तपुर ‘दरबारी कलह’ बाट जन्मिएको काठमाडौँको नामबाट उपत्यकाको नाम जनिनु क्षेत्रफल ठूलो भएकैले हुनुपर्छ । अन्यथा, नेपाल खाल्डाकोे नाम नेपाल उपत्यका नै रहनुपथ्र्यो अथवा भक्तपुर उपत्यका हुनुपथ्र्यो । सम्भवतः उपत्यकालाई नामकरण गर्नेहरू काठमाडौँका भएकाले अरू नै जिल्लाको नामबाट नामकरण गरिएको हुनसक्छ । होइन भने भक्तपुरप्रति वक्रदृष्टि राख्नेहरूको करामत हुनसक्छ । अन्यथा, बाबुलाई छोडेर छोराको नामबाट नेपाल खाल्डोको नामकरण नहुनुपर्ने थियो ।
नेपाल खाल्डोका हिजोको तीन राज्य आज तीन जिल्लामा विभाजित छ । तीन राज्य छँदा एकापसमा यिनीहरूबीच धेरै लडाइँ भयो, भक्तपुरका कतिपय सम्पदाले अन्य राज्य सिङ्गारिए । समयान्तरमा यी तीन जिल्लाको विकास निर्माणमा पनि राज्यबाट भेदभाव र पक्षपात हुन थाल्यो । परिणाम राजधानी नजिकको जिल्ला भएर पनि काठमाडौँ र ललितपुरको तुलनामा भक्तपुर विकासमा ‘कान्छो’ हुन पुग्यो । जन्मले जेठो, ऐतिहासिक र पुरातात्विक दृष्टिले अद्वितीय भएर पनि ‘कान्छो’ हुनुमा शासकवर्गको वक्रदृष्टि नै कारक देखिन्छ । यो वक्रदृष्टिको पछाडि धेरै कुराले भूमिका खेलेको अनुभव हुन्छ । पृथ्वीनारायण शाह भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्लका मित छोरा पृथ्वीनारायण शाह गोरखा राज्यका युवराज थिए । उनलाई भक्तपुर दरबारले केही वर्ष पालेको पनि थियो । पछि उनले नेपाल एकीकरण भनिएको गोरखा राज्य विस्तारको अभियान चलाउँदा कीर्तिपुरलाई धेरै क्षति व्यहोरेर अधिनस्थ पारे । तर, काठमाडौँ र ललितपुर राज्य भने सजिलै दखल गरे । दुवै राज्यका तत्कालीन राजालाई भक्तपुरले शरण दियो, गोरखाका राजाको आग्रहलाई भक्तपुरका राजाले ‘शरणको मरण नगर्ने’ अडान लिए । अन्ततः गोरखाली सेना र भक्तपुरका सेनाबीच युद्ध भयो, भक्तपुर पराजित भएपछि नेपाल खाल्डोमा गोरखाको आधिपत्य स्थापना भयो । त्यसपछि पनि गोरखाको आधिपत्यविरुद्ध भक्तपुरमा ठूला साना १८ पटक विद्रोह भएको इतिहास छ ।
भक्तपुरको लायकुमा गोरखाली सेनाको आक्रमण । (चित्र ः फेसबुकबाट)
शरणको मरण नगर्ने र आत्म समर्पण नगर्ने भक्तपुरप्रति शाह राज्य कालको जन्मदेखि नै वक्रदृष्टि पर्न गएको छ । कीर्तिपुर विजयपछि पृथ्वीनारायणले कीर्तिपुरवासीको धार्नीका धार्नी नाक काटे भने आत्म समर्पण नगरी युद्ध गर्ने भक्तपुरप्रति एक दर्जन शाह राजाहरूसम्मै इष्र्या र द्वेषको तुस मेटिएको थिएन ।
भूमिसुधार
राणा शासनको अन्त्यपछि तत्कालीन नेपाली काङ्ग्रेसको सरकारले भूमिसुधार गर्न खोजे पनि भूमिपति जमिनदारहरूको विरोधको कारण ल्याउनसकेन । तर, पञ्चायती व्यवस्थाले २०२१ सालमा भूमिसुधार लागू ग¥यो । पञ्चायती सरकार भूमिसुधारलाई केवल देखावटीरूपमा लागू गर्न चाहन्थ्यो । तर, भूमिसुधारमा बन्दोबस्त भएको मोहियानी हक, कुतको परिमाण र भर्पाई आदिभक्तपुरका जनतालाई सामन्त र सामन्ती राज्यका अङ्गहरूसँग भिडन्त गरेरमात्र प्राप्त भयो ।
देशमा पञ्चायती भूमिसुधार केवल भक्तपुरमा सफल भयो । सङ्घर्ष नगर्दा अन्यत्र सामन्ती व्यवस्थाको ‘इच्छा’ मुताविक केवल औपचारिकतामा सीमित भयो । त्यसैले सामन्ती शासकहरूको दृष्टिमा भक्तपुर प्यारो भएन ।

साम्राज्यवादको विरोध
‘देशको माटो सुहाउँदो’ भनिएको पञ्चायत व्यवस्था लादेपछि अन्तर्राष्ट्रिय विषयमा पहिलोे विरोध प्रदर्शन भक्तपुरमा भएको थियो । साम्राज्यवादी अमेरिकाले भियतनाममाथि गरेको बर्बर आक्रमणको विरोधमा ‘म्याकनमारा ज्यानमारा’ नाराले आकाश थर्काउँदै भएको विशाल प्रदर्शनमाथि प्रहरी हस्तक्षेपबाट उत्पन्न भिडन्तले पञ्चायती शासकहरू साम्राज्यवादको दलाल सावित भएको थियो । यसरी असंलग्नको आवरणमा साम्राज्यवादको सेवा गर्ने शासकहरूको भ्रष्ट चरित्र उदाङ्ग्याउने भक्तपुरका जनताप्रतिको वक्रदृष्टि एउटा कारक बनेको छ । सुस्ता आन्दोलन मित्र भनिएको विस्तारवादी भारतले नेपालको सुस्तालगायतका क्षेत्रमा अतिक्रमण गरी नेपाली जनतामाथि अत्याचार गर्दा पनि नारायणहिटी र सिंहदरबार झन्डै मूकदर्शक थियो । तर, भक्तपुरका जनताले विस्तारवादी भारतविरुद्ध ठूलो सङ्घर्ष गरे, प्रशासनसँग भिडन्त गरे । तत्कालीन सरकारको नपुंसकतालाई उदाङ्ग्याउँदा दमनमा ओर्लेर जनताको आँखामा आपैm नालायक सावित भएको थियो । सरकारको दृष्टिमा अतिक्रमणकारी विदेशीभन्दा भक्तपुरका जनता ‘खराब र खतरा’ ठानियो ।
यसरी भक्तपुरका जनताले साम्राज्यवाद र विस्तारवादको सशक्त विरोध गर्दा तिनीहरूको दृष्टिमा पञ्चायती सरकार ‘इमानदार’ सावित भएन र वक्रदृष्टिलाई निरन्तरता दियो । जनमतसङ्ग्रह ‘व्यक्तिहत्या क्रान्ति होइन’ भन्ने नेपाल मजदुर किसान पार्टी (त्यसबेला सङ्गठन) ले नेपालको कम्युनिस्ट आन्दोलनलाई सही मार्गमा डो¥याएको थियो । ‘प्रतिक्रिवादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर देश र जनताको निःस्वार्थ सेवा गर्न, लेनिनवादी नीतिलाई बहुदल र निर्दल छनौट गर्ने जनमतसङ्ग्रहमा नेमकिसंले बहुदलको पक्षमा प्रचार र सङ्घर्ष ग¥यो ।
‘व्यक्तिहत्या’ को उद्गम झापामा निर्दलको विजय भयो तर भक्तपुरमा बहुदलको विजय भएको थियो ।
त्यसपछिको सुधारिएको पञ्चायती व्यवस्थामा पनि नेमकिसंले लेनिनवादी नीतिलाई व्यवहारमा ल्याएर सामन्ती व्यवस्थालाई नङ्ग्याउँदै भ्रष्ट पञ्चायती शासकहरूलाई उदाङ्याउन छोडेन र अन्य दलहरूले पनि पञ्चायती चुनावलाई उपयोग गर्न थालेपछि निर्दलीय व्यवस्थामा पहिरो जान थाल्यो ।

भक्तपुर काण्ड
पञ्चायती व्यवस्थालाई एकपछि अर्को क्रियाकलापबाट अप्ठ्यारो पार्ने नेमकिसं भ्रष्ट पञ्चायती शासकहरूको आँखामा बिझेको थियो । त्यसैले,नेमकिसंलाई उन्मूलन गर्न २०४५ साल भाद्रमा भक्तपुर काण्डको षड्यन्त्र राज्यस्तरबाट रचियो । कार्यपालिका प्रमुख, व्यवस्थापिका प्रमुख, मन्त्री र राष्ट्रिय पञ्चायतका सदस्यहरूले सडकमा ओर्लेर नेमकिसंका नेता–कार्यकर्ताको नाम किटेर ‘फाँसी दे’ को नारा लगाए । भक्तपुरमा श्वेत आतङ्क मच्चाउँदै न्यायपालिकालाई समेत पङ्गु बनाइयो । वस्तुतः त्यो वक्रदृष्टिको चरम अभिव्यक्ति थियो । तर, त्यो पञ्चायत व्यवस्थाको निम्ति कालको निम्तो बन्यो, आर्यघाट जाने राजमार्ग बन्यो । जन–आन्दोलन सामन्ती व्यवस्थाका शासकहरूको वक्रदृष्टिको चरम अभिव्यक्ति प्रकट हुन थाल्दा प्रजातन्त्रका पक्षधरहरूबीच समझदारीको वातावरण बन्यो । २०४६ सालमा बहुदल पुनः स्थापनाको लागि वाम मोर्चा र नेपाली काङ्ग्रेसको संयुक्त जनआन्दोलन भयो र निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्य भयो । जनआन्दोलनको क्रममा निरङ्कुश राज्यले जताततै दमन ग¥यो । भक्तपुरमा निहत्था प्रदर्शनकारीमाथि प्रहरी र सेनाले घेराबन्दी गरी दोस्रो विश्व युद्धमा प्रतिबन्धित डमडम गोली प्रहार गरेर थुप्रैको हत्या गरे र सयौँलाई घाइते बनाए । जनआन्दोलनपछि नारायणहिटी दरबारले जनआन्दोलनकारीको भावनाविपरीतको संविधान जारी गर्न खोज्यो । त्यसको विरोधमा भक्तपुरदेखि काठमाडौँसम्म विशाल पैदल ¥याली भयो र दरबारको ‘इच्छा’ तुहियो ।

दुईदलीय तानाशाही
पञ्चायती तानाशाही गयो, जनआन्दोलनबाट बहुदलीय प्रजातन्त्र पुनः स्थापना भयो । तर, दुईदलीय तानाशाही देखाप¥यो । देश र जनताको पक्षमा नेपाल मजदुर किसान पार्टीले पञ्चायती तानाशाही र भ्रष्ट पञ्चे शासकहरूलाई उदाङ्ग्याएझैँ दुईदलीय तानाशाही र भ्रष्ट शासक दललाई पनि उदाङ्ग्याउन छोडेन । परिणाम पुँजीवादी सत्ताका शासक वर्गको प्रिय बन्न सकेन ।
देश र जनता, सिद्धान्त र नैतिकताप्रति विश्वासघात नगर्ने नेमकिपाप्रति पुँजीवादी शासक वर्गको वक्रदृष्टि गणतन्त्रसम्म यथावत रह्यो ।

ख्वप विश्वविद्यालय
नेमकिपाबाट विजयी जनप्रतिनिधिहरूको भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण सफाइलगायतमा नमुना, उदाहरणीय र अनुकरणीय काम गरिरहेको जगजाहेर छ । तर, पूर्वाधार चाहिने भन्दा बढी भएर पनि सरकारले नपालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिएको छैन । झन्डै दुई दशकदेखि प्रयास गर्दा पनि सफल नहुनुको पछाडि शासक वर्गको वक्रदृष्टिबाहेक केही भए प्रकाशमा ल्याइनुपथ्र्यो ।
कोरोनाको महामारीमा अक्सिजनको हाहाकार हुँदा भक्तपुर नपाले अक्सिजन प्लान्ट स्थापना गर्न सरकारसँग लिनुपर्ने रकम माग्दा पनि दिएन, थप सहयोगत कता हो कता … । तर, देश–विदेशबाट सहयोग ओइरियो र प्लान्ट स्थापना भयो । सरकारको वक्रदृष्टिले लोप्पा खायो ।
शासक वर्गको वक्रदृष्टिले भक्तपुर नपाको मेडिकल कलेज खोलेर सस्तोमा चिकित्सक उत्पादन गर्ने सत्प्रयासमा भाँजो हाल्न सल्लाघारीको १०८ रोपनीमा बसपार्क बनाउने हल्ला फैलाइएको छ । त्यो जमिन भक्तपुरवासीको हो । त्यसमा बसपार्क, रङ्गशाला, उद्योग … होइन देशका व्यापक जनताको हितमा भक्तपुर नपालाई दिनुको अर्काे उचित विकल्प छैन । त्यसैले नानाभाँतीको कुरा गरेर षड्यन्त्र गर्नु प्रत्युत्पादक हुनेतर्फ सबैको गम्भीर ध्यान जाने आशा छ ।
यसरी देशमा व्यवस्था फेरियो, विभिन्न दलले शासन गरे, शासकहरूको अनुहार पनि धेरै फेरियो । तर, पृथ्वीनारायण शाहको पालादेखि भक्तपुरप्रतिको वक्रदृष्टि फेरिएको व्यवहारमा नदेखिनु के आश्चर्य र विडम्बनामात्र हो ?
भक्तपुर साकोसको रजत जयन्तीमा प्रकाशित स्मारिकाबाट

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *