भर्खरै :

अफ्रिकी जनताको फ्रान्सेली उपनिवेशवादविरोधी सङ्घर्षको अध्याय : हो चि मिन्ह र अफ्रिका – १

सन् १९२० को दशकको अघिल्तिर नै भियतनामसँगै विश्वका अधिकांश औपनिवेशिक र आश्रित देशहरूलाई दासताको कालरात्रीले छोपिसकेको थियो । त्यहि समय भियतनामी कम्युनिस्ट नेता न्गुयेन आई कु (Nguyen Ai Quoc) अर्थात् हो चि मिन्ह देशको स्वतन्त्रताका निम्ति थुप्रै देशहरूमा जानुभयो । फ्रान्स, युरोपेली देशहरू, पश्चिमी विकसित र सभ्य भनिएका देशहरू पोर्चुगल, आल्जेरिया, ट्युनिसिया हँुदै थुप्रै अफ्रिकी देशहरू पुग्नुभयो तर नेता होले कहिल्यै पुँजीवादी विचार, सामन्तवादी सोचबाट प्रभावित भियतनामका बुद्धिजीविहरूको समर्थन गर्नुभएन । समाजको हुनेखाने वर्गको पक्षमा उभिनुभएन । उहाँ युरोप वा अफ्रिका, अमेरिका या एसिया जता पुगेपनि कामगरी खाने वर्ग र परिश्रमी जनताको माझमा बस्नुभयो । श्रमजीवी जनताको जीवन बाँच्ने र तीनको जीवन एवम् आकाङ्क्षाको मिहिन अध्ययन गर्न नेता हो सिपालु हुनुहुन्थ्यो ।

अन्तर्राष्ट्रिय कामदार वर्गीय आन्दोलनको सुरुआती चरणहरूमै उहाँ विश्वमा पुँजीवादको अन्याय र अत्याचारको प्रत्यक्षदर्शी बन्नुभयो । कामदार जनताको दुःख र पीडाले उहाँलाई आहत बनायो । अफ्रिकी उपनिवेशहरूमा कामदार जनतामाथि दुव्र्यवहार, अमानवीय शोषण, मुटु कमाउने दृश्यहरूको प्रत्यक्षदर्शी हुनुभयो । फ्रान्सेली मालिकहरूको आदेशमा अफ्रिकी जनतालाई डाकर बन्दरगाहको भयानक पानीमा डुबाउँदै गरेको दृश्यले आप्mनो देशवासीलाई फ्रान्सेली उपनिवेशवादीहरूले फान रङ बन्दरगाहमा डुबाएर शासना दिएका, हत्या गरेका घटना स्मरण गर्दै नेता होले भन्नुभयो– “दासहरूको जीवन पहेँला र काला जातिका मानिसहरूको जीवन उपल्लो शासकहरूका निम्ति अर्थहीन र मूल्यहीन हुन्छ ।”
पहिलो विश्वयुद्ध पश्चात सन् १९१९ मा विजयी साम्राज्यवादी देशहरू भर्सिलिजमा भेला भए र संसारमा सैन्य विस्तारको रणनीति बनाए । भर्सिलिज सहरमा भएको सो शान्ति सम्मेलनमा भियतनामबाट नेता हो पुग्नुुभयो । उहाँले भियतनामी जनताको स्वतन्त्रता, प्रजातन्त्र, समानताको पक्षमा आवाज उठाउनुभयो । देशको राष्ट्रिय आत्मनिर्णयको अधिकारको वकालत गर्नुभयो । भियतनामी जनताको मुक्ति निम्ति साथै भियतनामको स्वतन्त्रता निम्ति उहाँले ८ बुँदे सर्त अगाडि सार्नुभयो । तर साम्राज्यवादीहरूको एकताले नेता होको आवाज दबाइयो । त्यही समयबाटै उहाँ एउटा निष्कर्षमा पुग्नुभयो कि शोषणबाट मुक्त हुन र साँचो स्वतन्त्रता प्राप्तिका निम्ति आप्mनै शक्ति हुनुपर्छ अर्थात् जनतालाई क्रान्तिको लागि तयार पार्नुपर्छ । सम्मेलनमा संरा अमेरिकाका राष्ट्रपति विल्सनले १४ बुँदे कार्यक्रम प्रस्तुत गरेका थिए जसमा राष्ट्रिय आत्मनिर्माणको कुरा उल्लेख थियो तर प्रतिबद्धता थिएन । अन्य साम्राज्यवादी देशहरूसँग प्रतिस्पर्धा गर्न जनतालाई आकर्षित गर्न विल्सनले कार्यक्रम प्रस्तुत गरेको बुझिन्छ । नेता हो उक्त विल्सन दस्तावेजलाई छलको ठेली भन्नुहुन्छ । त्यहीबाट नेता हो विश्वमा उपनिवेशवादविरुद्ध अझ सशक्त ढङ्गमा उत्रनुभयो । विश्व सर्वहारावर्गको मुक्तिका लागि आवश्यक अवस्था राष्ट्रिय स्वतन्त्रता हो र यी दुबै अवस्थाले विश्वमा क्रान्ति सफल बनाई साम्यवादसम्म पुग्न सकिन्छ भन्ने सन्देश नेता होले दिनुभयो ।
सन् १९२० मा फ्रान्सेली समाजवादी पार्टीभित्र (हो सन् १९१७ मा ब्रिटेनबाट फ्रान्स फर्किसकेपछि फ्रान्सेली समाजवादी पार्टीमा प्रवेश गरेको) दोस्रो अन्तर्राष्ट्रिय (संशोधनवादी र अराजकतावादीहरूको अन्तर्राष्ट्रिय) या तेस्रो अन्तर्राष्ट्रिय (कम्युनिस्ट अन्तर्राष्ट्रिय) भन्ने विषयमा बहस चलिरहँदा नेता होले राष्ट्रिय र औपनिवेशिक प्रश्नमा लेनिनको विचार पढ्नुभयो । उक्त दस्तावेजमा लेनिनले दोस्रो अन्तर्राष्ट्रियका नेताहरूको वैचारिक स्खलन र विरामहरूको आलोचना गर्नुभयो । उहाँले अहङ्कारवाद, सङ्कुचित राष्ट्रवाद र स्वार्थी प्रवृत्तिको कडा विरोध गर्नुभयो । कम्युनिस्ट पार्टीले औपनिवेशिक तथा निर्भर देशहरूमा राष्ट्रिय प्रजातान्त्रिक क्रान्तिका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । साझा शत्रु साम्राज्यवाद र सामन्तवादविरुद्धको सङ्घर्षमा सम्पूर्ण देशका कामदार जनतालाई एक बनाउनुपर्नेमा विशेष जोड दिनुभयो । त्यतिमात्र होइन पुँजीवादी देशकै शोषित जनतालाई व्यवस्थाविरुद्ध जागी उठ्न सघाउनुपर्नेमा विशेष जोड दिनुभयो । लेनिनको यही विचारबाट नेता हो प्रभावित हुनुभयो । हो भन्नुहुन्छ – ‘लेनिनको विचारले मेरो भावना, ऊर्जा, ज्ञान, प्रतिबद्धता अझ बलियो बनायो ।” लेनिनले भन्नुभएको थियो– “युरोपेली देशहरूमा समाजवादी क्रान्तिका निम्ति पहिले उपनिवेशहरूको स्वतन्त्रता र मुक्तिलाई प्राथमिकतामा राखिनुपर्छ र त्यसबाट साम्राज्यवादी देशहरू कमजोर बन्छन् । अनि समाजवादी क्रान्ति पनि विजयमा टुङ्गिन्छ ।”
लेनिनको उपनिवेशलाई स्वतन्त्र गर्ने नीति या विचारबाट नेता हो प्रभावित हुनुभयो र आप्mना जनतालाई लेनिनवादी हुनुको गौरव यसरी सुनाउनुभयो– “शोषित जनता हामीलाई आवश्यक मुक्तिको बाटो हामीले पायौं । त्यसकारण नेता होले तेस्रो अन्तर्राष्ट्रियको पक्षमा मत राख्नुभएको हो र फ्रान्सेली कम्युनिस्ट पार्टी स्थापनामा सहभागी हुनुभयो । यो घटना होको जीवनमा एउटा महत्वपूर्ण मोड साबित भयो । होले देशभक्तिको बाटो हुँदै साम्यवादलाई उद्देश्य बनाउनुभयो । उहाँ भियतनामकै पहिलो कम्युनिस्ट बन्नुभयो । भियतनामी क्रान्तिको इतिहासमा पनि एउटा महत्वपूर्ण मोड बन्यो । राष्ट्रिय सङ्घर्ष र सर्वहारा अन्तर्राष्ट्रवादसहितको देशभक्तिपूर्ण आन्दोलनको संयुक्त रूप बोकी भियतनाममा वर्ग सङ्घर्ष अगाडि बढ्यो ।
कम्युनिस्ट अन्तर्राष्ट्रिय राष्ट्रिय तथा औपनिवेशिक प्रश्नमा लेनिनको विचारको प्रकाशमा सन् १९२१ मा नेता होले अल्जेरिया, ट्युनिसिया, मोरोक्को, माडागास्कर आदि देशबाट अफ्रिकी साथीहरू मिलेर पेरिसमा अन्तर उपनिवेश देशबीच एकता स्थापना गर्नुभयो । त्यसमा सय जना सदस्य थिए । ती सबै औपनिवेशिक देशका देशभक्त थिए । तीनको साझा उद्देश्य देशको स्वतन्त्रता र उपनिवेशवादको अन्त्य नै थियो । यद्यपि, ती सबै फरक धार्मिक आस्था, राजनीतिक विचार र फरक जातका थिए । त्यो सङ्गठन सन् १९२६ सम्म सक्रिय थियो । त्यो सङ्गठनले विशेषतः फ्रान्सेली औपनिवेशिक देशका जनता र फ्रान्सेली कामदार जनताबीच सङ्घर्षशील ऐक्यबद्धताका निम्ति योगदान ग¥यो । पेरिसबाटै नेता होले विश्वका चार कुनामा क्रान्तिको बिऊ रोप्नुभयो । सन् १९२२ तिर कामदार जनतालाई सङ्गठित बनाउन, औपनिवेशिक देशहरूमा क्रान्तिकारी आन्दोलन र प्रचारात्मक गतिविधिको सन्देश प्रवाह गर्न ‘ले पारिया’ (Le Paria) नामक पत्रिकामा सम्पादक र व्यस्थापक बनी प्रकाशन गर्नुभयो । पत्रिकामा उहाँले सम्पादकीय, टिप्पणी, लेख, छोटा कथाहरू नियमित लेख्नुभयो । विशेषतः औपनिवेशिक देशका जनताको वास्तविकता उजागर गर्न थाल्नुभयो । मुख्य हिन्द चिनी र अफ्रिकी देशहरूको अवस्था तथ्य तथ्याङ्कसहित, अस्वीकार गर्न नसकिने प्रमाणसहित लेख्नुभयो । फ्रान्सेली साम्राज्यवाद र समग्र साम्राज्यवादी देशहरूले आप्mनो साम्राज्य विस्तारका निम्ति चलाएको तथाकथित सभ्यता अभियान (Civilizing Mission) को विरोध गर्नुभयो । उहाँको तीखो कलमले फ्रान्सेली साम्राज्यवादको पाखण्ड बाहिरियो । सभ्यता सिकाउने भन्दै सभ्य संस्कृति हुर्काउने भन्दै कामदार वर्गीय जनतामाथि साम्राज्यवादले गरिरहेको अमानवीय दमनविरुद्ध नेता होले निरन्तर लेख्नुभयो । साहित्यमार्पmत पनि अन्यायको विरोध र न्यायका निम्ति लड्नुभयो । साम्राज्यवादीहरूको सभ्यता अभियानलाई उहाँले असासिनाइटिङ्ग इन्टरप्राइजेज अर्थात् हत्याको उद्योगको संज्ञा दिनुभयो । आक्रामक साम्राज्यवादविरुद्ध कामदार जनता घृणालाई स्वतन्त्रता आन्दोलनको ऊर्जा बनाउन अहोरात्र मेहेनत गर्नुभयो । विशेषतः अफ्रिकी जनतामाथि उहाँको ठूलो विश्वास र आशा थियो । सन् १९२३ देखि १९२५ सम्म फ्रान्सकै विभिन्न पत्रिका, बुलेटिन र सोभियत सङ्घलगायत अन्तर्राष्ट्रिय दबुहरूमा उहाँको तिखो कलमको चमत्कार देखियो । सदा औपनिवेशिक प्रश्न र राष्ट्रिय स्वतन्त्रता आन्दोलनको विषयमा चिन्तन गरिरहने होले पाँचौंँ कम्युनिस्ट अन्तर्राष्ट्रिय सम्मेलनमा कम्युनिस्ट पार्टीको दायित्वबारे प्रस्ट्याउनुभयो । धेरै पार्टीहरूले औपनिवेशिक देशहरूको स्वतन्त्रताको पक्ष नलिएको र तीनका कार्यक्रमहरू लेनिनको विचारविरुद्ध केन्द्रित रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
लेनिनका अनुसार– “पश्चिमी युरोपमा क्रान्तिको सफलता दास बनाइएका र उपनिवेश गरिएका देशहरूमा स्वतन्त्रता र साम्राज्यवादविरोधी आन्दोलनसँग जोडिएको छ । राष्ट्रिय सवाल पनि सर्वहारा वर्गीय क्रान्तिको एउटा हिस्सा हो भन्ने सिकाउनुभयो । नेता होले लेनिनको विचार निरन्तर प्रचार गर्नुभयो । नेता हो भन्नुहुन्छ – “विश्व सर्वहारावर्गको नियति धेरै हदसम्म उपनिवेशहरूसँग जोडिएको हुन्छ । ती उपनिवेशहरूबाटै ठूला साम्राज्यवादी शक्तिले सस्तो जनशक्ति र खाना प्राप्त गर्छ । त्यसकारण साम्राज्यवादी शक्तिलाई कमजोर बनाउनु छ भने उपनिवेश बनाइएका देशहरू स्वतन्त्र बन्न जरुरी छ । साम्राज्यवादी शासनमा भियतनाम र अफ्रिकी देशहरूका जनतालाई अत्यन्त अमानवीय तरिकाले दबाउने र शोषण गर्ने काम भएको नेता हो स्मरण गर्नुहुन्छ । भियतनाम र थुप्रै अफ्रिकी देशहरूमा अन्यायपूर्ण एवम् निर्मम नरसंहार पनि गरिएको थियो । नेता हो उपनिवेशवादी देश फ्रान्सका कामदार जनता हाम्रा मित्र हुन् । हाम्रो साझा शत्रु अन्तर्राष्ट्रिय साम्राज्यवाद नै हो भन्नुहुन्थ्यो । हो जोड दिनुहुन्छ – “पुँजीवाद दुईमुखी चुसकले आप्mनै देशका कामदार जनताको रगत पसिना चुस्छ । यदि कसैले जुकालाई खत्तम गर्न चाहेमा दुबै चुसकहरू काटेर फाल्नुपर्छ । एउटा मात्र चुसक काटियो भने अर्को चुसकबाट सर्वहारा र कामदार जनताको पनि रगत चुस्न बन्द हुँदैन बरु जुकाको अर्को चुसक पनि पुनः पलाउँछ ।” यसरी नेता होले औपनिवेशिक देशको स्वतन्त्रता आन्दोलन र सर्वहारा क्रान्तिबीचको अन्तरसम्बन्ध प्रस्ट्याउनुभयो । ‘सम्पूर्ण देशका सर्वहारावर्ग एक होऔँ’ भन्ने नारा लगाइयो । दोस्रो विश्वयुद्धपछि रुसी अक्टोबर क्रान्तिको प्रभावले अफ्रिकी देशहरूमा राष्ट्रिय स्वतन्त्रता आन्दोलन द्रुत गतिमा अगाडि बढ्यो र अफ्रिकी महाद्वीपमै उल्लेख्य परिवर्तन ल्यायो । विशेषतः एसियामा सन् १९४५ का भियतनामी क्रान्ति र ल्याटिन अमेरिकामा क्युवाली क्रान्तिले केही अफ्रिकी देशहरूलाई स्वतन्त्रता आन्दोलन उठाउन ऊर्जा प्राप्त भयो । लेनिनको विचार अनुसार देशको स्वतन्त्रता आन्दोलन समाजवादी क्रान्तिको सानो हिस्सा मात्रै हो । त्यसकारण हो भन्नुहुन्छ – “समाजवादले मात्रै सम्पूर्ण मुक्त र स्वतन्त्र हुन सक्दछ ।”
आज पनि थुप्रै अफ्रिकी देशहरूमा प्रत्यक्ष परोक्ष औपनिवेशिक शासन कायम छ । एसिया, ल्याटिन अमेरिका र अफ्रिकी देशहरूमा स्वतन्त्रता आन्दोलनसँगै समाजवादी आन्दोलन उठ्न थालेपछि साम्राज्यवादीहरूले नवउपनिवेशवादी नीति अगाडि बढाएका थिए । आर्थिक सहायता, अनुदान र सहकार्यको नाममा साम्राज्यवादी तथा उपनिवेशवादी देशहरू जनताको आन्दोलन दबाउन उद्यत बने । अफ्रिकी देशहरू समाजवादी आन्दोलनका निम्ति उर्वर बन्दै गरेको देखेर संरा अमेरिकी साम्राज्यवाद र पश्चिमा उपनिवेशवादले ‘गुलियो पोतिएको विष’ निर्यात गर्ने नीति लिए । अफ्रिकाको विकास, स्वतन्त्रता, शान्ति र प्रगति साम्राज्यवादी एवम् प्रतिक्रियावादी शक्तिको हातमा लिने प्रयास रोकिएन । इथियोपिया, गिनी बेनीनमा हस्तक्षेप र जनगणतन्त्र कङ्गोका राष्ट्रपति एन.एन ग्वाबी (N.N guabi) को हत्या, अङ्गोला, मोजाम्बिक, जाम्बिया र बोट्स्वाना र अफ्रिकी महादेशमा प्रगतिशील सरकार ढाल्ने उद्देश्यसहित भएका अन्य घृणित गतिविधिले त्यही देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *