भर्खरै :

एँगेल्स र साम्यवादका सिद्धान्तहरू

सन् १८२० नोभेम्बर २८ मा पश्चिमी जर्मनीको वर्मेन उपत्यकाको उपरताल सहरमा फ्रेडरिक एँगेल्सको जन्म भएको हो । विद्यालयको अध्ययन पूरा नहुँदै एँगेल्सलाई उहाँको बुबाले व्यापारमा लगाउनुभयो । फुर्सदको बेला उहाँ इतिहास, दर्शन, विदेशी भाषा, साहित्य, विज्ञान आदि विषय मन लगाएर पढ्नुहुन्थ्यो । २२ वर्षको उमेरमा प्रशियाको राजधानी वर्लिनको पैदल सेनामा स्वयम्सेवकमा उहाँ भर्ना हुनुभयो । त्यस तालिमबाट उहाँले वर्लिन विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाउनुभयो । अध्ययनसँगसँगै उहाँमा अनिश्वरवाद र नास्तिकताको भावना प्रवाह भयो । बेलायत जाने बेला जर्मनीको कोलोन सहरमा कार्लमाक्र्ससँग उहाँको पहिलो भेट भयो ।
बेलायत संसारको पहिलो पुँजीवादी देश हो । एँगेल्सले बेलायतका मजदुरहरूको जीवनलाई गहिरिएर अध्ययन गर्नुभयो । बेलायतमा २९ महिनाको पहिलो बसाइमा उहाँले ठूल्ठूला कलकारखानाको विकासले नै राजनीतिक सङ्घर्षको विकास भएको अनुभव गर्नुभयो । सन् १८४४ मा एक लेखमार्फत उहाँले माल्थसको पुँजीवादी अर्थशास्त्रको विरोध गर्नुभयो । उहाँले बेलायतको मेनचेस्टरमा रहेको आफ्नो बुबाको कारखानामा काम गरेर मजदुरहरूको अवस्था अध्ययन गर्नुभयो । सन् १८४५ मा उहाँले ‘बेलायतमा मजदुर वर्गको अवस्था’ पुस्तक लेख्नुभयो । यो पुस्तक पुँजीपति वर्गको जघन्य अपराधको शिलापत्र थियो ।

सन् १८३० मै फ्रान्सको पेरिसका केही मजदुरहरू मिलेर पुँजीवादी सत्तालाई पल्टाउन, व्यक्तिगत सम्पत्ति र वर्ग नभएको नयाँ समाजको जग बसाल्न गुप्त सङ्गठन ‘न्याय सङ्घ’ खोलेका थिए । त्यही न्याय सङ्घलाई सन् १८४७ मा ‘कम्युनिस्ट लिग’ नामकरण गरियो । यसरी फ्रान्स साम्यवादको उद्गम स्थल भयो ।
सन् १८४७ नोभेम्बरमा ‘कम्युनिस्ट लिग’ को खुला अधिवेशन लन्डनमा भयो । सो अधिवेशनमा एँगेल्सले ‘साम्यवादका सिद्धान्तहरू’ को मस्यौदा पेश गर्नुभयो । पार्टीको सैद्धान्तिक र व्यावहारिक कार्यक्रम लेखेर छपाउने जिम्मा अधिवेशनले माक्र्स र एँगेल्सलाई दियो । सोही जिम्मेवारीअनुसार उहाँहरू दुवै मिलेर जर्मनी भाषामा ‘कम्युनिस्ट घोषणापत्र’ को पहिलो प्रकाशन सन् १८४८ फ्रेबुअरीमा गर्नुभयो ।
सन् १८४७ मा एँगेल्सले लेख्नुभएको ‘साम्यवादका सिद्धान्तहरू’ बारे यहाँ सङ्क्षिप्त चर्चा गरिएको छ ः—
साम्यवाद के हो ?
सर्वहारा वर्गको मुक्तिका अवस्थाहरूको सिद्धान्त साम्यवाद हो ।
सर्वहारा वर्ग के हो ?
आफ्नो श्रम बेचेर बाँच्नेहरू सर्वहारा वर्ग हुन् । उन्नाइसौँ शताब्दीको श्रमिक वर्ग सर्वहारा वर्ग हो । पुँजी लगानीबाट प्राप्त नाफाको आधारमा सर्वहारा वर्ग बाँचेको हुँदैन ।
त्यसो भए सर्वहारा वर्गको अस्तित्व सधँै थिएन ?
थिएन, बरु गरिब र श्रमिक वर्ग थिए । प्रायः श्रमिक वर्ग नै गरिब थिए । औद्योगिक क्रान्तिपछि सर्वहारा वर्गको उत्पत्ति भयो । सन् १७६०—१८३० को अवधिमा बेलायतमा औद्योगिक क्रान्ति भयो । त्यसपछि संसारका अन्य मुलुकमा औद्योगिक क्रान्ति भयो । उत्पादनका मुख्य – मुख्य साधन र सेवामा पुँजीपति वर्गको कब्जा भयो । यो क्रान्तिले दुई नयाँ वर्गको विकास ग¥यो —
१) ठूल्ठूला पुँजीपति वर्ग
२) सर्वहारा वर्ग
सर्वहारा वर्गको श्रमको मूल्य
श्रम पनि वस्तुजस्तै हो । लागत र मागअनुसार वस्तुको मूल्य निर्धारण हुन्छ । श्रमको मूल्य पनि मजदुरको मागअनुसार निर्धारण हुन्छ । श्रमिकको ज्याला पुँजीपति वर्गलाई नाफा भएको बेला धेरै र नोक्सान भएको बेला थोरै हुन्छ ।
औद्योगिक क्रान्तिअघि श्रमिक वर्ग थिए ?
प्राचीनकाल (मध्ययुग अगाडि) मा श्रमिकहरू दासको रूपमा थिए । अविकसित मुलुक र संरा अमेरिकाको दक्षिणी भागमा श्रमिक वर्ग दास नै थिए । मध्ययुग (पाँचौँदेखि पन्धौँ शताब्दीसम्म) मा भूमिपतिको भूदासको रूपमा श्रमिकहरू थिए । त्यसबेला हङ्गेरी, पोल्यान्ड र रूसमा भूदास थिए । औद्योगिक क्रान्तिअघि निम्न पुँजीपति वर्ग कालिगढको रूपमा श्रम गर्थे ।
दास र सर्वहारा वर्गमा फरक के छ ?
सधैँका लागि आफ्नो श्रम बिक्री गर्नेहरू दास हुन् । प्रत्येक दास एक्लै मालिकको सम्पत्ति हो ।
हरेक घण्टा र दिनमा आफै काम खोज्नुपर्ने गरी बिक्री भएकाहरू सर्वहारा वर्ग हुन् । सर्वहारा वर्ग पूरै पुँजीपति वर्गको सम्पत्ति हुन्छ । सर्वहारा वर्गले पुँजीपति वर्गको काम गरेबापत ज्याला पाउँछ । सर्वहारा वर्गको श्रममा प्रतिस्पर्धा हुन्छ । व्यक्तिगत स्वामित्वको निर्मूलसँगै सर्वहारा वर्गको पनि मुक्ति हुन्छ ।
भूदास र सर्वहारा वर्गमा अन्तर के छ ?
सामन्त र जमिनदार वर्गको पूर्ण स्वामित्वको जग्गा कमाउनेहरू भूदास हुन् । भूदासले जग्गाको उत्पादन सबै मालिकलाई बुझाउँछ । भूदासबीच श्रम प्रतिस्पर्धा हुँदैन ।
कालिगढ र सर्वहारा वर्गकोबीचमा भिन्नताबारे एँगेल्सको पाण्डूलिपीमा जवाफ लेख्न खाली छोडिएको छ ।
कालिगढ र सर्वहारा वर्गबीच फरक के छ ?
सो¥हौँ र सत्रौँ शताब्दीका मजदुरसित आफ्नो लागि कपडा बुन्ने तान र धागो काट्ने चर्खा हुन्थ्यो । पुँजीपति वर्गको कामबाट फुर्सदको बेला खनजोत गर्न जमिन हुन्थ्यो । गाँउमा बस्थे र कामदातासँग पितृसत्तात्मक सम्बन्ध हुन्थ्यो ।
सर्वहारा वर्गसँग सानो परिमाणमा पनि उत्पादनका साधन हुँदैन । ठूला सहरमा बस्ने सर्वहारा वर्गको पुँजीपति वर्ग अर्थात् कामदातासँग ज्यालाको सम्बन्ध मात्र हुन्छ ।

औद्योगिक क्रान्ति ः पुँजीवाद एवम् सर्वहारा वर्गमा समाज विभाजन र यसको परिणाम
औद्योगिक क्रान्तिले उत्पादन बढायो र घरेलु उद्योग समाप्त पा¥यो । संसारका अधिकांश घरेलु उद्योगमा आधारित देशहरू बेलायतको सस्तो सामान किन्न बाध्य भए, आफ्ना मजदुर बेरोजगार भए । चीन र भारतका मजदुरहरूको रोटी खोसियो । संसारलाई विश्व बजारसित जोडियो । बेलायत र फ्रान्समा मजदुर क्रान्ति उठ्यो ।
पुँजीपति वर्गको सम्पत्ति र शक्ति बढ्यो । राजनीति पुँजीपति वर्गको हातमा गयो । सामन्त र निरङ्कुश राजतन्त्र पछाडि प¥यो । सामन्ती विशेषाधिकार उन्मूलन भयो । निजी प्रतिस्पर्धा कायम भयो । निश्चित पुँजी भएकालाई मात्र मताधिकार दिइयो । पुँजीवादी सरकार बन्यो ।
सर्वहारा वर्गको सङ्ख्या पनि बढ्यो । पुँजी र सर्वहारा वर्ग सहरकेन्द्रित भयो । सर्वहारा वर्गमा असन्तोष बढ्यो, शक्ति पनि बढ्यो । सर्वहारा वर्गको नयाँ सामाजिक क्रान्तिको परिस्थिति तयार भयो ।
औद्योगिक क्रान्तिका परिणामहरू
पुँजीपति वर्ग उद्योगमा ओइरियो । उत्पादन बढ्यो तर खपत हुन सकेन । पुँजीवाद सङ्कटमा भयो । उद्योग बन्द गर्नुपर्ने भयो । पुँजीपति वर्ग टाट पल्टियो । मजदुर बेरोजगार भए ।
केही समयपछि बाँकी वस्तु बिक्री भयो । उद्योग पुनः सञ्चालन भयो । धेरै उत्पादन भयो । पुँजीवादको सङ्कट दोहोरियो ।
१८ औँ शताब्दीको सुरुदेखि अन्त्यसम्म उद्योग चल्ने र बन्द हुने क्रम दोहोरियो । प्रत्येक ५—७ वर्षमा सङ्कट देखाप¥यो ।
सङ्कटको नतिजा के भयो ?
मजदुर वर्गलाई बेरोजगार र पुँजीपति वर्गलाई कङ्गाल बनायो । औद्योगिक क्रान्ति अस्वीकार गर्न सम्भव नहुँदा नयाँ सामाजिक सङ्गठन निर्माण जरुरी भयो । औद्योगिक उत्पादनको नेतृत्व निजी प्रतिस्पर्धा गर्ने पुँजीपति वर्गबाट सम्भव भएन । सम्पूर्ण समाजले गर्नु जरुरी भयो ।
नयाँ सामाजिक सङ्गठनले सम्पूर्ण सङ्कटलाई अन्त्य गर्नेछ ।
नयाँ सामाजिक व्यवस्था कस्तो हुनेछ ?
उत्पादनका सबै शाखाहरू समाजको नियन्त्रणमा हुनेछ । व्यक्तिगत स्वामित्व निर्मूल हुनेछ । कम्युनिस्टहरूले नयाँ सामाजिक सङ्गठन निर्माण गर्नेछन् ।
व्यक्तिगत स्वामित्व सधैँ अस्तित्वमा थिएन । मध्ययुगको अन्त्यतिर कारखानाको रूपमा व्यक्तिगत स्वामित्व सुरु भयो । सामाजिक (राज्यको) पुँजी प्रचुर मात्रामा उत्पादन नभएसम्म पुँजीपति वर्ग र उत्पिडीत वर्ग कायम रहनेछ । मध्ययुगमा भूमिपति र भूदास थिए । सत्रौँ शताब्दीको सुरुमा कारखाना मालिक र मजदुर देखापरे । उन्नाइसौँ शताब्दीमा ठूला उद्योगपति र सर्वहारा वर्ग अस्तित्वमा आए । १७३ वर्ष अघिसम्म व्यक्तिगत स्वामित्व अन्त्य हुने गरी क्रान्तिको विकास भएको थिएन । पुँजीपति वर्गको हातमा उत्पादन शक्ति केन्द्रित हुँदा सामाजिक व्यवस्थामा उथलपुथल ल्यायो । यसकारण, व्यक्तिगत स्वामित्वको उन्मूलन अनिवार्य भयो ।
के शान्तिपूर्ण तरिकाले व्यक्तिगत स्वामित्वको उन्मूलन गर्न सकिन्छ र ?
यस्तो सम्बन्ध होओस् भनी इच्छा गर्न सकिन्छ । तर, इच्छाले मात्र हुँदैन । व्यक्तिगत स्वामित्वको परिणाम अनिवार्य क्रान्ति हो । सर्वहारा वर्गको क्रान्तिलाई बलजफ्ती दबाइने पनि थाहा छ । व्यक्तिगत स्वामित्वलाई तुरुन्तै निर्मूल गर्न सकिँदैन ।
सर्वहारा क्रान्तिको बाटो के हो ?
सर्वहारा वर्गको क्रान्तिपछि प्रजातान्त्रिक संविधान निर्माण हुनेछ । व्यक्तिगत सम्पत्तिको उन्मूलन नभएसम्म कर बढाउने, राज्यको उद्योग बढाउने, जनविरोधीको सम्पत्ति जफत गर्ने, राज्यकै जति निजी क्षेत्रमा ज्याला दिलाउने, मुद्दा र न्याय प्रणाली राज्यको मातहत ल्याउने, कृषि र उद्योगको सेना निर्माण गर्ने, निजी बैङ्क खारेज गर्ने, बाँझो जग्गा आवादी गर्ने, राज्यको
खर्चमा केटाकेटीलाई शिक्षादीक्षा दिने, मजदुरको साझा घरको रूपमा दरबार निर्माण गर्ने, सहरका भत्किएका पुराना घरहरू निर्माण गर्ने, व्याइते र ल्याइते सन्तानको समान अंश व्यवस्था गर्ने, यातायात व्यवस्था राष्ट्रियकरण गर्ने आदि काम गरिने ।
औद्योगिक क्रान्तिले विश्व बजारको विकास ग¥यो र जनताको सम्बन्ध विस्तार ग¥यो । यसकारण, सर्वहारा (साम्यवादी) क्रान्ति बेलायत, अमेरिका, फ्रान्स र जर्मनमा एकसाथ हुनेछ ।
व्यक्तिगत सम्पत्ति उन्मूलन भएपछि आर्थिक सङ्कट अन्त्य हुनेछ, समाजमा वर्ग विभाजन आवश्यक हुने छैन ।
गाउँलाई सहरसित एकाकार तुल्याइनेछ । स्त्री र पुरुषबीचको सम्बन्ध परिवारको निजी मामिला हुनेछ । पुँजीवादको विकृति वेश्यावृत्ति र साझा पत्नित्व अन्त्य हुनेछ ।
साम्यवादी (कम्युनिस्ट) र समाजवादी (सोसलिस्ट) बीच भिन्नता
तथाकथित समाजवादी तीन किसिमका छन् ः
पहिलो, सामन्तवादी समाजवादीहरू जो पितृसत्तात्मक समाज र राजतन्त्र पुनःस्थापना गर्न चाहन्छन् ।
दोस्रो, पुँजीवादी समाजवादीहरू जो सुधार नै पर्याप्त ठान्छन् । कम्युनिस्ट यसविरुद्ध निर्णायक लडाइँ लड्छन् ।
तेस्रो, प्रजातान्त्रिक समाजवादीहरू जो निम्न पुँजीवादी विचारका हुन्छन् । राजनीतिकरूपले सचेत नभएका सर्वहारा पनि यसैको पछि लाग्छन् । यिनीहरूसँग कम्युनिस्ट सहकार्य गर्छन् ।
कम्युनिस्टहरूले पुँजीपति वर्गको यिनै आश्वासनमा विश्वास गर्नु हुँदैन । सामन्ती सरकारको पतनसँगै कम्युनिस्टहरूको पुँजीपति वर्गविरुद्ध सङ्घर्ष सुरु हुन्छ ।
सन्दर्भ सामग्री
१) फ्रेडरिक एँगेल्स – प्रिन्सिपल अफ कम्युनिज्म, पहिलो प्रकाशन – १९७७, विदेशी भाषा प्रकाश गृह, पेकिङ्ग
२) माक्र्स र एँगेल्स (सङ्क्षिप्त जीवनी)– हरिबहादुर श्रेष्ठ, जनप्रकाशन गृह– २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *