“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
पुत्र– कहाँ गएर टुङ्गिन्छ यात्रा ?
कहिले पुगिन्छ धाम ?
भन्नुस् बाबा ! जिज्ञासा जाग्यो
पाइन्छ कहिले माम ?
पिता– उः त्यो पिलपिल बलेको डाँडा
त्यही नै हाम्रो धाम,
बाङ्गो–टिङ्गो गोरेटामाथि
लाग्नेछ न्यानो घाम !
पुत्र– निकै छ टाढा हिँड्नुपर्ने
नाघ्नु छ धेरै डाँडा,
सकौँला त बाबा ! त्यहाँ पुग्न
होला नि धेरै काँढा ?
पिता– ढिलो वा चाँडो पुगिन्छ अवश्य
हिँड्नुपर्छ निरन्तर,
बाधा–अड्चन आएपनि
डराउनु हुन्न रत्तिभर !
पुत्र– पुग्न त त्यहाँ गा¥हो नै होला
बाढी पहिरो आउला,
पुर्खाले नपाएको दुःखको भारी
बोक्नु हामीले पर्ला !
पिता– दुःख नगरि कहाँ सुख पाइन्छ
हुरी–बतास खाऔँला,
आगो जतिकै गरम पनि
सजिलै पचाऔँला !
पुत्र– पुगेपछि त्यहाँ, के पाऔँला बाबा !
धाम कस्तो होला ?
यहाँ जस्तै त्यहाँपनि
दुःख अति नै होला ?
पिता– कसैले शोषण नगर्ने ठाउँ
मायाको खानी त्यसैको नाउँ,
वर्गविहीन समाज छ त्यहाँ
मिलीजुली बस्ने गाउँ !
पुत्र– जाऔँ त बाबा !
नथाकिकन जाऔँ
पाइला छिटो चालौँ !
सदियौँँदेखिको दुःखको भारी
त्यहाँ पुगेर बिसाऔँ !
(पिता र पुत्र छिट्छिटो हिँड्छन् ।)
Leave a Reply