मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
भारतमा नयाँ राष्ट्रपतिको लागि आज चुनाव हुँदैछ । सोमबार कुल ४ हजार ८ सय ९६ मतदाताहरुले नयाँ राष्ट्रपतिको लागि मतदान गर्नेछन् । सत्तासीन भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक मोर्चा(एनडीए)को तर्फबाट रामनाथ कोबिड राष्ट्रपति पदका उम्मेदवार छन् भने विपक्षीको तर्फबाट मिइरा कुमारले उम्मेदवारी दिएकी छिन् । चुनावको अन्तिम नतिजा तीन दिन पछि आगामी जुलाई २० मा घोषणा हुनेछ ।
कुल मतदाताहरुमध्ये ४ हजार १ सय २० जना एमएलए छन् भने ७ सय ७६ जना एमपीहरु छन् । जम्मा ३२ मतदान केन्द्रहरुमा गोप्य मतदान गर्ने बन्दोबस्त गरिएको छ । सोमबार बिहान १० बजेबाट शुरु हुने मतदान साँझ ५ बजेसम्म चालु रहनेछ । मतदाताहरुले तोकिएको प्याजी रंगको मसी प्रयोग गर्नुपर्ने बन्दोबस्त गरिएको छ ।
जम्मा–जम्मी ४१ जना लोकसभा सदस्य र राज्य सभा सदस्यहरुलाई राष्ट्रपति निर्वाचनको लागि मताधिकार दिइएको छ भने व्यवस्थापिकाको तर्फबाट पाँच जना एमएलएहरुलाई मताधिकार दिइएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक मोर्चाका उम्मेदवार कोबिडको पक्षमा चालिस वटा पार्टीहरुले समर्थन जनाएको अवस्थामा अर्का उम्मेदवार कुमारका पक्षमा आउने मत अनिश्चित जस्तै बनेको छ । अखिल भारत अन्ना द्रविडा मुन्नेत्रा काजागम, वाईएसआर काँग्रेस, नितिश कुमारको जनता दल(युनाइटेड), विजु जनता दल, तेलांगाना राष्ट्रिय समिति र अरु स्वतन्त्र सदस्यहरुले कोबिडको पक्षमा मतदान गर्ने संकेत गरेका छन् ।
अर्कोतिर काँग्रेस, राष्ट्रिय जनता दल, आम आदमी पार्टी, समाजवादी पार्टी, अखिल भारत त्रिणमुल काँग्रेस, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी, द्रविडा मुन्नेत्रा काजाम, राष्ट्रिय काँग्रेस पार्टीलगायतले कुमारको पक्षमा मतदान गर्ने बताइएको छ ।
‘दलितविरुद्ध दलित’
राजनीतिक विश्लेषकहरुका अनुसार दुई जना दलितहरुबीच प्रतिस्पर्धा होस् भन्ने उद्देश्यले विपक्ष गठबन्धनले मिइरा कुमारलाई उम्मेदवार चुनेका हुन् । पूर्वराष्ट्रपति केआर नारायणनपछि कुमार वा कोबिड जो जिते पनि भारतमा अब दोस्रो दलित राष्ट्रपति हुने पक्का छ ।
पाँच पटक एमपी भइसकेकी कुमार सन् २००९ मा लोकसभाका प्रथम महिला सभामुख निर्विरोध निर्वाचित भएकी थिइन् । उनी दलित नेता एवं पूर्व उपप्रधानमन्त्री जगजीवन रामकी छोरी हुन् । कोविड बिहारका पूर्व गर्भनर हुने । उनी सर्वोच्च अदालतका अधिवक्ताका हुन् । साथै भारतीय जनता पार्टीको एससी–एसटी मोर्चामा सन् १९९८ देखि २००२ सम्मका सभापति थिए ।
Leave a Reply