भर्खरै :

विश्वमञ्चमा भारतको स्थान

संरा अमेरिकी हिन्द प्रशान्त मोर्चाको निम्ति भारत के कुनै सम्पत्ति वा बपौती हो ? हालै ‘द नेसनल इन्ट्रेस’ मा प्रकाशित एक लेखमा भारत संरा अमेरिकाको निम्ति ‘समस्यामूलक साझेदार’ भनी व्याख्या गरेको थियो । भारत सामेल हुँदा संरा अमेरिकी मोर्चाको कुरा साथमा आउने तर भारतले संरा अमेरिकी सुरक्षा प्रणालीलाई पूर्णतः स्वीकार्न नसक्ने कोणबाट लेखमा विश्लेषण गरिएको थियो । उक्त लेखमा भारतीय प्रजातन्त्रमा थप क्षयीकरण हुने जोखिम भएको पनि बताइएको छ । धेरै अमेरिकी शासक वर्गका मानिसहरू पनि यस्तो धारणा राख्छन् ।
भारतप्रति संरा अमेरिकी मनस्थिति सधैँ जटिल हुँदै आएको छ । भारत स्वतन्त्र हुँदा संरा अमेरिकाले उसप्रति ठूलो अपेक्षा राखेको थियो । भारतले अहिंसाको बाटोबाट स्वतन्त्रता हासिल ग¥यो । राष्ट्रिय स्वाधीनता आन्दोलनको त्यो नयाँ तरिका थियो । हिंसा र द्वन्द्वको लागि त्यो ढाँचा एउटा नयाँ जवाफ हुनसक्थ्यो । अर्कोतिर बेलायती राजनीतिमा आधारित पश्चिमा शैलीको प्रजातान्त्रिक देश भएकोले पनि भारतबाट संरा अमेरिकाले बढी अपेक्षा राखेको थियो ।

सोभियत सङ्घको विघटनपछि भारतलाई आफ्नो वैदेशिक नीतिमा हेरफेर गर्ने अवसर प्राप्त भयो । सुरू सुरूमा संरा अमेरिकाले भारतलाई खासै मतलब गरेको थिएन । त्यसले भारतलाई निकै निराश बनायो । अन्तर्राष्ट्रिय क्षेत्रमा आफूप्रति ध्यानाकर्षण गर्न र अन्तर्राष्ट्रिय हैसियत उकास्न भारतले सन् १९९८ मा आणविक परीक्षण ग¥यो । संरा अमेरिका र जापानले भारतमाथि नाकाबन्दी थोप¥यो । सन् २००१ मा त्यो नाकाबन्दी फिर्ता भयो । विशेष तरिकाबाट आफूप्रति विश्वव्यापी ध्यान तान्न खोज्दै गरेको भारतलाई संरा अमेरिकाले भाउ दियो । उसले भारतसँगको सम्बन्ध विस्तार गर्न चाह्यो ।

भारतलाई देखाएर ऊ पिछडिएको देशमा पनि प्रजातन्त्र सफल भएको देखाउन चाहन्थ्यो । त्यसो गर्दा संरा अमेरिकालाई सोभियत सङ्घको वैचारिक सङ्घर्षमा टेवा पुग्ने थियो ।
भारतले राजनीतिकरूपमा पश्चिमा ढाँचा अँगीकार गरे पनि आर्थिक क्षेत्रमा योजनाबद्ध अर्थतन्त्रको सोभियत ढाँचा पछ्यायो । भारत असंलग्न सिद्धान्तको पक्षमा उभियो । असंलग्न आन्दोलन धेरै अवस्थामा सोभियत सङ्घको अनुकूलमा थियो । भारतको यस्तो मत संरा अमेरिकालाई चित्त बुझेको थिएन । भारतको यस्तो व्यवहार संरा अमेरिकाको निम्ति स्वभावतः चासोको विषय बन्यो । हिन्द महासागरमा संरा अमेरिकाले सेना तैनाथ गर्नुका तीन दीर्घलकालीन लक्ष्यमध्ये एउटा लक्ष्य भारतमाथि निगरानी राख्नु पनि थियो ।
सोभियत सङ्घको विघटनपछि भारतलाई आफ्नो वैदेशिक नीतिमा हेरफेर गर्ने अवसर प्राप्त भयो । सुरू सुरूमा संरा अमेरिकाले भारतलाई खासै मतलब गरेको थिएन । त्यसले भारतलाई निकै निराश बनायो । अन्तर्राष्ट्रिय क्षेत्रमा आफूप्रति ध्यानाकर्षण गर्न र अन्तर्राष्ट्रिय हैसियत उकास्न भारतले सन् १९९८ मा आणविक परीक्षण ग¥यो । संरा अमेरिका र जापानले भारतमाथि नाकाबन्दी थोप¥यो । सन् २००१ मा त्यो नाकाबन्दी फिर्ता भयो । विशेष तरिकाबाट आफूप्रति विश्वव्यापी ध्यान तान्न खोज्दै गरेको भारतलाई संरा अमेरिकाले भाउ दियो । उसले भारतसँगको सम्बन्ध विस्तार गर्न चाह्यो । सन् २००५ मा संरा अमेरिका र भारतले नागरिक आणविक सहमति ग¥यो । संरा अमेरिका–भारत सम्बन्धको इतिहासमा त्यो कोशेढुङ्गा थियो । आणविक मुद्दामाथि मतान्तर भारतप्रति संरा अमेरिकाको विशेष व्यवहारमा गएर टुङ्गियो ।
संरा अमेरिकाले विश्व मञ्चमा भारत आफ्नो कित्ताको रणनीतिक सन्तुलनकर्ता बन्ने आशा गरेको थियो । सङ्कटको समयमा आफ्ना रणनीतिक प्रतिस्पर्धीलाई माथ खुवाउन भारत आफ्नो पक्षमा उभिने उसको मत थियो । ट्रम्पको पालामा यसले काम पनि ग¥यो । बाइडेन सरकारमा यसले उकास्ने थप मौका पायो । संरा अमेरिका र भारतले दस वर्षको सुरक्षा खाका सहमतिमा हस्ताक्षर गरे । सैनिक सूचना, बन्दोबस्तीका सामान, सहनुकूलता र सुरक्षाजस्ता चार सुरक्षाका विषयमा दुई देशबीच सहमति भयो । जापान र दक्षिण कोरियालाई जस्तै संरा अमेरिकाले भारतलाई पनि लामो दुरीका उच्च प्राविधिक हतियार आयात गर्ने अधिकार दियो । त्यसका साथै संरा अमेरिका र भारतले क्वाड संयन्त्रमार्फत सहकार्यको सम्बन्ध विस्तार ग¥यो । दुई देशले हिन्द प्रशान्त रणनीतिमा पनि सहकार्य गरिरहेका छन् । दुई देशका विदेश र रक्षामन्त्री सामेल हुने दुई जोड दुई बैठकमार्फत सहकार्य अघि बढिरहेको छ । भारत र संरा अमेरिकाबीचका यस्ता गतिविधिले चीनमाथि भारी दबाब पर्दै आएको छ ।
तर, यति गरेर पनि संरा अमेरिकालाई भारतले सन्तुष्ट बनाउन सकेको छैन । संरा अमेरिकाले भारतलाई दोस्रो जापान बनाउन चाहेको छ । हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाको सहायक बनाउन खोजिरहेको छ । छोटोमा भन्दा उसले भारतमाथि नियन्त्रण जमाउन चाहेको छ । तथापि, भारतले पनि चीनसँग आमनेसामने हुन संरा अमेरिकी शक्तिको साथ खोजिरहेको छ । चीन र संरा अमेरिकाबीचको प्रतिस्पर्धालाई उसले आफ्नो आर्थिक विकास र विश्व मञ्चमा आफ्नो छवि उकास्न प्रयोग गर्न चाहिरहेको छ । त्यसका साथै भारतले आफू संरा अमेरिकाबाट नियन्त्रित हुन चाहेको छैन न त आफ्नो सुरक्षा रणनीतिलाई नै गुमाउन भारत तयार छ । संरा अमेरिकासँग सहकार्य गर्दा ठूलो शक्तिको आफ्नो छवि र उचाइ पनि भारतले गुमाउन चाहेको छैन ।
त्यसकारण, भारत अहिले असंलग्न आन्दोलनबाट पर जान कोसिस गरिरहेको छ । ऊ अन्य प्रमुख शक्तिशाली देशजस्तै रूससँग नजिकको सम्बन्ध विस्तार गरेर बहुसंलग्नताको नयाँ रणनीतितिर अघि बढ्न खोजिरहेको छ । संरा अमेरिकासँगको सम्बन्धमा सन्तुलन कायम गर्न भारतले रूससँग नजिक हुन चाहेको कुरा बुझ्न त्यत्ति गाह«ो छैन । त्यसो गर्दा भारतले आफ्नो रणनीतिक स्वायत्तता जोगाउन सक्नेछ ।
विश्व शक्ति बन्ने लक्ष्यसहित उडान भरिरहेको देश हो भारत । भारतले आफूलाई विश्वको ठूलो शक्ति दाबी गर्दै आएको छ । स्वतन्त्रता यता भारतले रणनीतिक स्वायत्तताको आफ्नै विशिष्ट बाटो लिँदै आएको छ । त्यसले भारतलाई शक्ति देशबीचको द्वन्द्वबाट लाभ उठाउन सक्ने बनाएको छ । यसले भारतको सांस्कृतिक परम्परा र हितको पनि रक्षा गर्छ । भारतले अहिलेसम्म आफ्नो रणनीतिक स्वायत्तताको सिद्धान्त त्यागेको कुनै सङ्कट छैन ।
(लेखक फुदान विश्वविद्यालयको अमेरिकी अध्ययन केन्द्रका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *