युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
वाशिङ्टन, ८ डिसेम्बर । संरा अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मङ्गलबार भिडियो संवाद भएको छ । संवादमा दुई देशबीचको सम्बन्धका साथै युक्रेन सङ्कट र इरानसँगको आणविक सम्झौताबारे पनि कुराकानी भएको छ ।
भेटमा बाइडेनले युक्रेन वरपर रुसी सेनाको बढ्दो चलखेललाई लिएर संरा अमेरिका र युरोपेली साझेदारहरूको तर्फबाट ‘गम्भीर चासो’ व्यक्त गरे । उनले सैनिक चलखेल बढाए संरा अमेरिका र उसका साझेदार देशहरू मिलेर कठोर आर्थिक र अन्य कदम चाल्ने पुटिनलाई बताएको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
बाइडेनले ‘युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रतिको समर्थन’ लाई जोड दिँदै रुसलाई चलखेल कम गरेर कूटनीतिक बाटोमा फर्किन आग्रह गरेको वक्तव्यमा बताइएको छ ।
“दुवै राष्ट्रपतिले आ–आफ्ना कार्यदललाई यो विषयमा गम्भीरतापूर्वक घटनाबारे अद्यावधिक रहन जिम्मेवारी दिएका छन् । संरा अमेरिकाले आफ्ना साझेदार र सहयोगी देशहरूसँगको समन्वयमा यो काममा नजिकबाट पछ्याउनेछ”, ह्वाइट हाउसको वक्तव्यमा भनिएको छ ।
दुई राष्ट्रप्रमुखहरूबीच रणनीतिक स्थायित्वको लागि संरा अमेरिका–रुस बैठकका साथै इरानको आणविक विषयजस्ता क्षेत्रीय मुद्दामा पनि मिलेर काम गर्नेबारे कुराकानी भएको छ ।
नेताहरूबीचको बैठक छ महिनाअघि भएको दोस्रो वार्तायता युक्रेनको आन्तरिक सङ्कटमा केन्द्रित भएको रुस सरकारले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
पुटिनले केही उदाहरणसहित बाइडेनलाई युक्रेन सरकारका ‘विध्वंसात्मक नीति’ बारे व्याख्या गर्दै ‘दोनबासविरुद्ध किभको उत्तेजनात्मक कार्यप्रति गम्भीर चासो’ व्यक्त गरे ।
पुटिनले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले युक्रेनको भुमि अतिक्रमण गर्ने खतरनाक प्रयास गरेको र नाटोले रुसी सिमानामा सैनिक आधार बनाउन खोजिरहेको बताए ।
पुटिनले नाटो पूर्व दिशामा बिस्तार नहुने र रुसनजिक आक्रामक हतियार परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्न बाइडेनसमक्ष आग्रह गरे ।
दुई देशबीचको सम्बन्ध सुधार्न पुटिनले रुसी र संरा अमेरिकी कूटनीतिक नियोगको काममा थोपरिएका सबै अवरोध हटाउन माग गरे । बाइडेन र पुटिनले जुन महिनामा जेनेभामा आयोजित एक सम्मेलनमा पहिलो पटक प्रत्यक्ष भेटघाट गरेका थिए । जुलाईमा दुई नेताबीच फोन वार्ता भएको थियो ।
Leave a Reply