भर्खरै :

हङकङका भगुवा बाइडेनका पाहुना !

हङकङ, ९ डिसेम्बर (सीआरआई) । हङकङमा अराजक फैलाएर भाग्ने लो क्वानछ्वुङ अहिले अमेरिकाको निमन्त्रणामा तथाकथित ‘प्रजातान्त्रिक शिखर सम्मेलन’ मा पाहुना बनेका छन् । फरार अपराधी संदिग्धलाई सम्मानित अतिथिको रूपमा मान्ने अमेरिकाको गतिविधि अचम्मलाग्दो छ । जसबाट अमेरिकाले प्रजातन्त्रको नाममार्फत हङकङका विद्रोहीहरूलाई आश्रय दिने र चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने दुष्ट मनसाय पूर्णरूपमा सार्वजनिक मात्र नभई, विश्वलाई अमेरिकाले बोलेको ‘प्रजातन्त्र’ को कपटी र ‘दोहोरो मापदण्ड’ पनि देखाएको छ ।
लो क्वानछ्वुङ को हो ? यो मान्छे हङकङको स्वतन्त्रताको पक्षधर हो र अमेरिका तथा पश्चिमाबाट सहयोग गरिएको चीनविरोधी तथा हङकङलाई अराजक पार्ने तत्व हो । उसले धेरैपटक राष्ट्रलाई पृथक पार्ने भनाइ व्यक्त गर्नुका साथै हङकङका युवाहरूलाई अपराध गर्न उक्साएको थियो । हङकङ राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनअघि लो क्वानछ्वुङ विदेश भागेर हङकङलाई अराजक पार्ने गतिविधिमा निरन्तर लागिरहेको थियो । सन् २०२० जुलाइमा हङकङ प्रहरीले राष्ट्रिय पृथकता उक्साउने र विदेशसँग मिलेर राष्ट्रिय सुरक्षामाथि खतरा पार्ने अपराधमा लो क्वाछ्युङलगायत विदेशमा भागेका विद्रोहीहरूलाई पक्रिन माग गरेको छ ।
यस्तो भागिरहेको शङ्कास्पद व्यक्तिले कसरी हङकङवासीको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय जगतमा प्रजातन्त्र र मानव अधिकारबारे भाषण गर्नसक्छ ? यदि अमेरिकी सरकारले चाहेको अपराधी अरू देशमा अतिथि बनाइएमा अमेरिकाले कस्तो विचार गर्ने त ? त्यसो भए किन अमेरिकाले जनवरीमा अमेरिकी कङ्ग्रेसमा आक्रमण गर्ने अराजक तत्वलाई सम्मेलनमा निमन्त्रणा नदिने ?
चीनलाई एक्लो पार्न अमेरिकाले ‘प्रजातान्त्रिक शिखर सम्मेलन’ मार्फत वैचारिक भिडन्त गर्ने र अमेरिकाको नेतृत्वमा नयाँ प्रणाली तथा शिविरको सिर्जना गर्न खोजेको विश्लेषणहरू छन् ।
तर, यो षड्यन्त्र कहिल्यै सफल हुनेछैन । धेरै तथ्यले पुष्टि गरिसके, यद्यपि अमेरिकाले प्रजातन्त्रको झन्डा उठाए पनि कहिल्यै हङकङवासीको प्रजातन्त्र तथा मानव अधिकारको साँच्चिकै वास्ता गरेको छैन । उसले आफ्नो प्रभुत्ववादी फाइदामाथि मात्रै ख्याल गर्छ । सिंगापुरको ‘लियान्हे जाउपा’ ले हालसालै राजनीतिक कार्टुन प्रकाशित गरेर तथाकथित ‘प्रजातन्त्रिक शिखर सम्मेलन’ अमेरिकी सरकारबाट बनाइएको सर्कस शो मात्रै हो भनेर व्यङ्ग्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *