के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
असल नेतृत्वले असल राजनीतिक संस्कार जन्माउँछ । असल राजनीतिक संस्कारले असल विचार समूह जन्माउँछ । अनि, असल विचार समूहले असल र चेतनशील नागरिक समाज निर्माण गर्छ । यो कुरा नेमकिपा र भक्तपुर नगरपालिकाको सन्दर्भमा लागू भएको देखिन्छ । विज्ञापन, झूटो आश्वासन र तडकभडकमा पटक्कै विश्वास नगर्ने र कुनै पनि हालतमा ती कुराको सहारा नलिने नेमकिपाले पहिलेदेखि नै लिएको देशभक्तिपूर्ण विचार, सबैका लागि÷सधैँका लागि अनुकरणीय छ । त्यसैले पनि पछिल्लो समयमा राष्ट्रिय धारका मिडियाहरूले पनि ख्वपः को विशिष्ट पहिचानलाई समेटेर यहाँका योजना, गतिविधि र कार्यसञ्चालनको तौरतरिकाबारे चर्चा गर्न थालेका छन् । भक्तपुर नगरपालिकाले जगाउन सकेको मौलिक संस्कृतिबारे स्वदेशको मात्र नभएर विदेशमा पनि चर्चा छ ।
यति हुँदाहुँदै पनि बढ्दो सहरीकरणसँगै भक्तपुरको सौन्दर्य बिग्रँदै गएको छ । यस सन्दर्भमा वरिष्ठ राजनीतिज्ञ, लेखक तथा चिन्तक नारायणमान बिजुक्छँेद्वारा लेखिएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक स्मरणीय छ । भक्तपुरलाई कसरी राम्रो बनाउने भन्ने विषयमा पनि चिन्ता गरिँदै छ । यसै सन्दर्भमा यही मङ्सिर २१ गतेको ‘मजदुर’ दैनिकमा प्रकाशित भैरव रिसालज्यूको ‘मरेपछिको जोहो’ शीर्र्षकको लेख सान्दर्भिक लाग्यो । उहाँले उक्त लेखमा दिएका सुझावहरू (भक्तपुर इँटा उद्योगको केन्द्र हुन नहुने, वरिपरिका डाँडा जोगाउने, दिगो विकासका योजनालाई निरन्तरता दिई थप विकल्प पत्ता लगाउने) निकै मननीय छन् । तत्कालका लागि छाडा चौपायाको व्यवस्थापन गर्ने र घरघरबाट निस्कने फोहोरको उचित व्यवस्थापनका लागि जनचेतना जगाउने काम गर्नु पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ ।
Leave a Reply