युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
अङ्कल साम (संरा अमेरिका) अहिले शिखर सम्मेलनको मुडमा छ । त्यसमा पनि पहिलो कुरा त त्यो देश कोभिड–१९ बाट सबैभन्दा बढी सङ्क्रमित रहेको र त्यसबाट सबैभन्दा धेरैको मृत्यु भएको देश हो भने उसको आफ्नै घोषणाअनुसार खोप लगाउने दर धेरै कम रहेको देश हो । त्यही देशले गएको सेप्टेम्बरमा ‘विश्वलाई खोप लगाउने’ र ‘अहिले जीवन बचाऔँ’ शीर्षकमा सम्मेलन आयोजना गर्ने ‘गौरव’ प्राप्त ग¥यो । त्यसपछि गत महिना स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा विश्वकै सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जनकर्ता देश र पेरिस सम्झौताबाट फिर्ता भएर लडाइँबाट भागिसकेको देश (संरा अमेरिका) ले जलवायु परिवर्तनविरुद्धको लडाइँको नेतृत्व गर्ने कुरा ग¥यो । यही डिसेम्बर ९ देखि संरा अमेरिकाले तथाकथित ‘प्रजातन्त्र शिखर सम्मेलन’ आयोजना गर्न लागेको छ । यस एक दुई वर्षभित्रको कोभिडसित सम्बन्धित वियोगान्तहरू, जातीय अन्याय, बन्दूक हिंसा, गहिरो आन्तरिक विभाजन, अमेरिकी सीमाभित्र पसिसकेका शरणार्थीहरूलाई गरेको क्रुर तथा अमानवीय व्यवहारले संरा अमेरिकाको प्रजातन्त्रलाई राम्ररी नै परिभाषित गरेको छ । साथै, संरा अमेरिकाले विदेशमा तनाव र अस्थिरता उत्पन्न गर्न चालिरहेका कदम तथा हिंसा र दुष्प्रचारलाई बढावा दिएको देख्दा प्रजातन्त्रप्रतिको उसको कतिबद्धताको पोल खुल्छ ।
तपाईँ यसोे पनि भन्नसक्नुहुन्छ ‘प्रजातन्त्रको सम्राट’ ले अहिले आधारहीन र अदृश्य प्रजातन्त्रको कपडा लगाएर विश्व भ्रमण गर्न लागेको छ । कालोलाई सेतो र सेतोलाई कालो बनाउने एक्काइसौँ शताब्दीको ‘बोक्सी विद्या’ प्रयोग गरी धुँवाको पर्दा सिर्जना गरिरहेको छ । शीतयुद्धकालीन जस्तो खेमा बनाएर खेलिएको खेलले राजनीतिक र सामाजिक प्रणालीहरूबीचको असमानतालाई झन् बढाउनेछ र पुर्नै नसकिने खाडल सिर्जना गर्नेछ । कथित प्रजातन्त्र शिखर सम्मेलनले संरा अमेरिकालाई त्यसको प्रजातन्त्रको खराबीबाट जोगाउने र डुब्दो प्रतिष्ठा फर्काउने छैन । न त त्यसले प्रजातन्त्रको नाममा विश्वका विभिन्न भागमा गरेको विध्वंस तथा पु¥याएको दुःखकष्ट र पीडालाई मेट्न नै सक्छ ।
यदि अमेरिकी नेताहरूले कथित प्रजातन्त्र सम्मेलनमा बोल्नु नै छ भने उनीहरूले आफ्नो सम्बोधन माफीनामाबाट थालनी गर्नुपर्छ । उनीहरूले मानवताविरुद्ध गरेको अपराधका लागि सुरुमै माफी माग्नुपर्छ । त्यहाँको चिकित्सा भ्रान्तिलोकको छायामा भाइरस, बेवास्ता, विरोध प्रदर्शन र जनमत सँगसँगै रहेको ठाउँमा करोडौँ अमेरिकीहरू उपचारको हकबाट वञ्चित गरिए भने ८ लाखभन्दा बढीले ज्यान गुमाए । कोभिडविरोधी खोपको दसौँ करोड मात्रा भण्डारणमा राखेर पनि सबै अमेरिकीहरूलाई खोप दिइएको छैन । त्यतिमात्र होइन, भाइरसको महामारीको समानान्तरमा जातिवाद मिसिएको बन्दूक हिंसाले अमेरिकी समाजलाई उत्तिकै प्रताडित गरेको छ । त्यहाँ एक किशोर स्वचालित बन्दूक बोकेर विद्यालय जान्छ र आफ्ना शिक्षक तथा सहपाठीहरूलाई मार्न थाल्छ । घातक हतियार राख्ने र बोकेर हिँड्ने अधिकार एवम् स्वतन्त्रता वृद्धि भएको छ, त्यसैले निर्दोष मानिसहरू चाहे ती विद्यालयस्तरका केटाकेटी हुन् वा वृद्धवृद्धा वा अन्तर्राष्ट्रिय विद्यार्थी हुन् जो पनि, जहिले पनि र जहाँ पनि मारिन सक्छन् । यदि प्रजातन्त्रमा मृत्युको कारणहरू खोजिन्छन् भने संरा अमेरिकाले कोभिड–१९ बाट भएका मृत्यु र बन्दूक हिंसाबाट भएका मृत्यु रोक्न रोकथाम र प्रतिकार्यका कदम समयमै चाल्नुपथ्र्यो ।
‘प्रजातन्त्र शिखर सम्मेलन’ को आयोजक राष्ट्रले अफगानिस्तान, इराक र सिरियामा आफ्नो ब्रान्डको प्रजातन्त्र निर्यात गर्न खोज्दा अपनाएका बर्बरता र विनासको दागबाट पनि मुक्त हुनसक्नुप¥यो । उसले केही नागरिकहरूको हताहतीमा र केही पूर्वाधारको क्षतिमा भरपाइ गर्ने कुरा त गरेको छ तर त्यो कुल हताहती र क्षतिको निकै कम अंशमात्र हो । त्यस महाशक्ति राष्ट्र र सहयोगी सञ्चारमाध्यमहरूले पूर्वनियोजित युद्ध र हिंसालाई पनि भूलवश मात्र भएका क्षतिका रूपमा प्रचार गरेका छन् । उनीहरूको दृष्टिमा ती देशका नागरिकहरूको जीवन र त्यहाँका पूर्वाधारहरूको मूल्य निकै सस्तो छ । यसै महिना ‘न्यूयोर्क टाइम्स’ ले अमेरिकी सेनाले सिरियामा गरेको विभत्स अत्याचार उदाङ्गो पार्ने एक समाचार प्रकाशित ग¥यो । उक्त समाचारअनुसार २०१९ मा अमेरिकी सेनाले बिनाकारण केटाकेटी र महिला गरी कम्तीमा ७० जनाको ज्यान जाने गरी हवाई हमला गरेको थियो । हुन त यो सङ्ख्या अमेरिकी बमबारीबाट बनेको रगतको महासागरको केही थोपा मात्र हो । अमेरिकी सरकारकै तथ्याङ्कअनुसार ९÷११ पछिका दिनमा अमेरिकी हवाई हमलाबाट अफगानिस्तानमा मात्र २२ हजारभन्दा बढी गैरसैनिक नागरिकहरूको ज्यान गएको छ । तर, वास्तविक सङ्ख्या यसको दस गुणा बढी हुने अनुमान छ । त्यत्रो ठूलो जनधनको क्षति गरेर अफगानिस्तान र त्यहाँका जनताले के पाए ? मात्र अमेरिकी शैलीको प्रजातन्त्रको नक्कल ? वासिङ्टन पोस्टको एउटा उद्दरणलाई यहाँ सापटि लिऔँ – यदि अफगानिस्तानमा प्रजातन्त्रको ओस मात्र बाँकी रहेको भए पनि अमेरिकी गोली र बमहरूको आँधीले प्रजातन्त्र मरिसक्यो ।
त्यतिमात्र होइन, संरा अमेरिकाले अमेरिकी शैलीको प्रजातन्त्रको सुत्रको पनि व्याख्या गर्नुपर्छ, जसले अमेरिकी राजनीतिज्ञहरू, अमेरिकी सञ्चारमाध्यमहरूलाई त्यति धेरै घमण्डी र असहिष्णु बनायो । त्यहीकारण उनीहरू सधैँ ‘आफ्नो आङ्मा भैँसी हिँडेको चाल नपाउने, अरूको आङ्मा जुम्रा खोज्ने’ उखानझैँ आफ्ना कैयौँ खराब कार्य हुँदाहुँदै अरूको गल्ती खोज्ने, आरोप लगाउने र आलोचना गर्ने ठाउँमा सधैँ रहेका छन् ।
के संरा अमेरिकाको निर्वाचन प्रणालीमा सुधार गर्नुपर्दैन, जसमा हार्ने उम्मेदवारले सधैँ आफ्नो हारको कारण चुनावमा गरिएको धाँधली भएको आरोप लगाउँछन् र कहिलेकाहिँ त संसद्माथि हुलदङ्गासमेत गर्न लगाउँछन् । अथवा, त्यस देशको नीति निर्माणलाई सधैँ नै एकखाले लवीवादीहरूले र धनी वर्गले कब्जामा राखेका छन् । त्यहाँको राजनीतिज्ञहरूले त्यहाँको आधा जनसङ्ख्याको मात्र प्रतिनिधित्व गर्छन् । के यो सत्य होइन र ?
कुनै पनि प्रजातन्त्र आफैमा पूर्ण र सर्वोच्च हुँदैन । तर, जुन तरिकाले संरा अमेरिकाले प्रजातन्त्रको नमुना भनेर फलाकिरहेको छ र अग्लो मञ्च बनाएर आफैले आफैलाई सर्वोच्च व्याख्यानकर्ता एवम् प्रजातन्त्रको अभिभावक घोषणा गरिरहेको छ त्यो अकल्पनीय र अशोभनीय छ । आफ्नै देशका जनतालाई महामारीबाट बचाउन कुनै कदम नचाल्ने, खोप नदिने र जनताको जीवन बचाउन नखोज्ने संरा अमेरिकी सरकारले कोभिड–१९ को शिखर सम्मेलन गर्नु जति विडम्बनापूर्ण छ, त्यति नै आफ्नै देशमा प्रजातान्त्रिक मूल्यमान्यता लागु गर्न नसक्ने र विदेशमा प्रजातन्त्रविरोधीहरूलाई सहायता दिने अमेरिकी सरकारका कदम पनि निन्दायोग्य छन् । शिखर सम्मेलनहरू मात्र गरेर कोही नेता बन्न सक्दैन । संरा अमेरिकाले ‘मेरुदण्ड बलियो बनाऔँ’ वा ‘अमेरिकालाई पुनः महान् बनाऔँ’ नारा लगाउनुभन्दा आफ्नै भूभागमा र विश्वको कुनै पनि भागमा राम्रो काम गर्ने प्रयास गर्नु ऊ स्वयम् र समग्र विश्वको लागि राम्रो हुनेछ ।
अनुवाद ः प्रकाश
Leave a Reply