भर्खरै :

ग्वादर बन्दरगाह, जनताको अपेक्षा र वास्तविकता

खान ग्वादर बन्दरगाह आज पाकिस्तान र चीनबीच सम्बन्धको प्रतीक बनेको छ । हरेक थरी प्रतिकूलता छिचोलेर पनि ग्वादर बन्दरगाहको काम लगातार अघि बढिरहेको छ । तथापि, त्यो गतिमा अहिले एउटा नयाँ चुनौती थपिएको छ । ग्वादर बन्दरगाह परियोजना निर्माणको अल्पकालीन समयावधिमा स्थानीय जनताको जीवनमा त्यसले पार्ने प्रभावबारे सर्वसाधारण जनताको बुझाई अवस्तुगत र केही भ्रमपूर्ण समेत देखिएको छ ।
चीनको चाइना ओभरसिज पोर्ट होल्डिङ कम्पनी (सीओपीएचसी) ले पाकिस्तानको ग्वादर बन्दरगाह प्राधिकरण (जीपीए) र पाकिस्तान सरकारका अन्य सम्बन्धित विभागसँगको सहकार्यमा सन् २०१५ मा ग्वादरलाई आर्थिक र बन्दोबस्ती (लजिस्टिक) केन्द्र बनाउने कामको थालनी भयो । त्यो परियोजनाले पाकिस्तानको अर्थतन्त्रमा १० अर्ब अमेरिकी डलर बराबरको क्षमता वृद्धि गर्नेछ । ग्वादर पहिला पाकिस्तानी माझीहरूको सानो सहर थियो । ग्वादरमा बन्दरगाह बन्ने भएपछि स्थानीय जनताले एकाध वर्षमै त्यसबाट आफ्नो जीवनमा ठूलै परिवर्तन हुने निकै ठूलो अपेक्षा राखे । ठूलो विकास परियोजनाको कुरा सुनेर उनीहरूले ठूलो लगानी आउने र रोजगारीको सम्भावना पनि बढ्ने अपेक्षा गरे । उनीहरूले उपरान्त गरिबीको कारण आफुले भोग्दै आएका समस्या सबै दुर हुने सपना बुन्न थाले ।
विश्वव्यापी महामारीका दुई वर्षसहित बितेका तीन वर्षमा ग्वादर क्षेत्रका स्थानीय जनताको जीवनमा चित्तबुझ्दो सकारात्मक परिवर्तन भइरहेको कुरा सत्य हो । तर, मानिसहरूले त्यस्ता परिवर्तनभन्दा ठुलै जादुको अपेक्षा गरिरहेका छन् । ग्वादर बन्दरगाह निर्माणले उनीहरूले अपेक्षा गरेको जादु पूरा गर्न सम्भव छैन ।
हालै म ग्वादर क्षेत्रको भ्रमणमा गएको थिएँ । त्यहाँ पुगेर मैले स्थानीय समुदाय र अधिकारीहरूसँग कुराकानी गरेको थिएँ । छलफलको क्रममा सरकारको रणनीतिमै पनि केही कमी कमजोर भएको देखियो । त्यो कारणले पनि स्थानीय जनतामा परियोजनाबारे धेरै भ्रम फैलाउन केही भूमिका खेलेको देखियो ।
करोडौँ र अरबौँ डलरको ठुलो लगानीको कुनै पनि परियोजना सुरु हुँदा व्यापक चर्चा परिचर्चा र हल्ला हुनु स्वाभाविक हो । उदाहरणको लागि ६० एकड जमिनमा ५० करोड अमेरिकी डलरको लगानीमा ग्वादर खुला क्षेत्रको पहिलो चरण सुरु गरियो । खुला क्षेत्रको लागि आवश्यक पर्ने पूर्वाधार जस्तै सडक, आन्तरिक सडक, व्यापारिक केन्द्र, पानी, ग्यास, उर्जा, गोदाम र मर्मत क्षेत्र, भन्सार कार्यालय, विभिन्न सरकार कार्यालय र अन्य पूर्वाधार अहिले सञ्चालनमा छन् । सो क्षेत्रमा छ वटा कारखाना सञ्चालनमा छन् । १२ वटा बन्ने क्रममा छन् । ग्वादर बन्दरगाहलाई नयाँ आकार दिइएको छ । त्यहाँ कृषि फार्म र महिला विकास रोजगारी केन्द्र पनि छ । एउटा हरितगृह पनि छ । जसले उल्लेखनीय परिणाम दिइरहेको छ । निर्यातमुखी उद्योगमा ठूलो लगानी बढाउन ४६ वटा कम्पनीहरू दर्ता भइसकेका छन् ।
ग्वादर बन्दरगाह प्राधिकरणले जिरबर र गुराब व्यापारिक कम्प्लेक्स, पानीजहाज चालक बस्ने ठाउँ, मालवाहक कन्टेनर राख्ने स्टेसन, पानीजहाज बिसाउने थलो, जहाज मर्मत गर्ने थलो, कन्टेनर बनाउने ठाउँ, पाकिस्तान–चीन मैत्री सडक र कन्टेनर बिसाउने थलो बनाउने जस्ता काम सम्पन्न गरिसकेको छ ।
“यस्ता पूर्वाधार निर्माणका कामले भन्दा ग्वादरका जनताको गरिबी, व्यापार, शिक्षा, स्वास्थ्य र अन्य त्यस्ता विषयमा भोगेका प्रतिकूलता समाधान गर्ने केही काम गर्न सके ग्वादरबारे गरिएका गलत कुराको जवाफ हुने थियो । विकास परियोजनाले स्थानीय जनताको जीवनमा क्रमशः पार्ने प्रभाव स्थानीय जनताले देखेका हुँदैनन्”, ग्वादर परियोजना प्रतिष्ठानका एक जना अधिकारीले भने ।
“ग्वादरका जनतामा चीन, चीनले नेतृत्व गरेको विकास र चिनियाँ कम्पनी र जनताविरुद्ध कुनै प्रकारको असन्तोष नभएको भन्नुमा अतियोक्ति नहोला । बरु, स्थानीय जनतालाई भ्रम र वास्तविकताबाट अलग गर्न आवश्यक छ”, स्थानीय व्यापारी जलाल बलोचले भने ।
भ्रमणको क्रममा मैले ग्वादर सङ्घर्ष समितिका नेता मौलाना हैदयत उर रहमानलाई आन्दोलनकै कार्यक्रमबीच भेटेको थिएँ । मेरो प्रश्नको जवाफ दिने शिलशिलामा उनले प्रस्ट शब्दमा भाने, “ग्वादरको विरोध प्रदर्शन कहिल्यै पनि चीनविरोधी होइन । चीन–पाकिस्तान आर्थिक क्षेत्र (सिपेक) पश्चिमा शक्तिले उछालेको विषाक्त प्रचारबाजीको शिकार बनेको छ ।”
हामी पाकिस्तानको संविधानमा उल्लेखित सम्मान, विकास र आधारभूत सुविधा चाहेका हौँ”, उनले भने ।
प्रस्ट शब्दमा भन्नुपर्दा सबै सम्बन्धित पक्षले वास्तविकताको जाँच गर्ने यो उपयुक्त समय हो ।
सीओपीएचसीका अध्यक्ष चाङ पाओचोङ र प्रतिष्ठानका अध्यक्ष नासेर अहमेन कशानीको मिहिनेतका कारण ग्वादरमा धेरै सफलता हात लागेको छ ।
रोजगारीको सन्दर्भमा ग्वादर स्वतन्त्र क्षेत्रमा पशुपालनअन्तर्गत बाख्रा पालनमा स्थानीय जनतालाई रोजगार दिइएको छ । स्थानीय दिल जान खालिद रहिम बस्क, मोहम्मद योनिस र अब्दुल जलिलसँग मैले गरेको कुराकानीमा माछा मार्ने कामले मात्र उनीहरूका दैनिक आवश्यकता पुरा हुँदैनथ्यो । “अहिले हामी रोजगार भएका छौँ । त्यसले हाम्रो आर्थिक अवस्थामा केही सुधार भएको छ”, उनीहरूले भने ।
महिला विकास रोजगार केन्द्रमा सुचीकारको काम पाएकी बलकिस इक्बालले आफ्नो पहिलाका काममा ज्याला कम, ज्याला ढिलामात्र दिने वा केही समय बेरोजगार बस्नुपर्ने स्थिति भएको सुनाइन् । महिला विकास रोजगार केन्द्र अवस्थित ग्वादर स्वतन्त्र क्षेत्रमा उनको रोजगारी सुनिश्चित भएको छ । उचित तलब पाएकी छिन् । उनको तलबले घर चलाउन पुग्ने बताइन् ।
त्यसबाहेक स्थानीय जनतालाई अहिले भइरहेका पूर्वाधारको विकास पनि उनीहरूको जीवनमा परिवर्तन ल्याउन महत्वपूर्ण भएको कुरा बुझाउन जरुरी छ ।
पूर्वाधार विकासअन्तर्गत बनेको पूर्वी तट एक्सप्रेसवेले समुद्रको पानीमा माझीहरूको प्रत्यक्ष पहुँच सीमित बनाएको थियो ।
यस्ता समस्या समाधान गर्न प्रतिष्ठानले त्यो बाटोको पुनः डिजाइन ग¥यो । परिवर्तित डिजाइनमा एउटा आकाशे पुल थपियो । त्यो पुल बनेपछि माझीहरूले पुल मुनिबाट आफ्नो नाउ वारपार गर्न सक्ने भए र उनीहरूको रोजिरोटीको बाटो पनि चालु रह्यो । समुद्रमा पहँुच बिस्तारको लागि थप दुई वटा आकाशे पुल पनि बन्दै छन् । पूर्वी तटको एक्सप्रेसवेले ग्वादर बन्दरगाहलाई होशाब (एम–८) जोड्छ । त्यो सडक निर्माणको कार्य पनि ९५ प्रतिशत समाप्त भएको छ ।
(लेखक पाकिस्तानको अन्तर्राष्ट्रिय सम्बन्ध र मिडिया अध्ययन संस्थाका सभापति हुनुहुन्छ ।)
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद ; सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *