भर्खरै :

के धर्म अफिम हो ?

आमा, बुबा, गुरू र आपूmभन्दा ठूलालाई आदर र सानालाई माया गर्नुपर्छ । असल बाटोमा हिँड्नुपर्छ । समाजको हितको लागि व्यक्तिगत हित त्याग गर्नुपर्छ । झूट र असत्यको फल क्षणिक हुन्छ । सत्य उज्यालो हो, यसले अँध्यारोरूपी झूटलाई चिरेर वास्तविकता देखाउँछ । भाग्त्र्न्दा पनि कर्ममा विश्वास गर । प्रकृतिको पूजा गर । मन्दिर र मूर्ति देवताका प्रतीक हुन् । उनीहरूको सम्मान र पूजा नै ज्ञान, धर्म र संस्कारको सम्मान हो ।
यी माथिका कुराहरू पालना गरे तिनीहरू समाजका असल नागरिक कहलिन्छन् । के समाजलाई व्यवस्थित गर्न बनाएको सामाजिक कानुन वर्तमान समयमा पनि उत्तिकै महत्वपूर्ण छन् त ? के धर्मले समाजलाई व्यवस्थितरूपमा अघि बढ्न सघाएको छ ? के धर्म अफिम हो ?
सामाजिक कर्तव्य, पारिवारिक कर्तव्य र राजनीतिक कर्तव्यको समायोजन नै धर्म हो । परापूर्वकालमा धर्मबाट समाजलाई दिशानिर्देश गर्दछ । परिवारको काम, कर्तव्य र अधिकार स्थापित गर्दछ । राष्ट्र, राज्य र त्यसका संरचनात्मक अवयवलाई सञ्चालन र नियन्त्रण गरी व्यवस्थित गर्दछ ।
धर्मको उन्नति ?
फरक फरक भूगोलमा फरक फरक जात, भाषा, संस्कार र हावापानी भएका जनसमुदायको परिवार, समुदाय, राज्य र राष्ट्रलाई एकताबद्ध गर्दै आर्थिक, सामाजिक, राजनैतिक अधिकार र कर्तव्य सुनिश्चित गर्दै परिवार, समाज, राज्यलाई व्यवस्थापन गर्न कानुन बने त्यसलाई धर्मको नाम दिन थाले । त्यस्ता नियम र कानुनका कुरा सुरूमा मौखिक र पछि लिखितरूपमा एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै गए । त्यसलाई अझ सुदृढ र व्यवस्थित गर्ने कार्यको लागि कविताको श्लोक बनाई लेख्न र गाउन थाले । श्लोक, कथा हुँदै काव्यदेखि महाकाव्यसमेत रचना हुनथाले । समयको लामो अन्तरालमा ती काव्य र महाकाव्यमा नयाँ कथा र श्लोक थप हुँदै कालान्तरमा ती काव्य र महाकाव्य धार्मिक किताबमा परिणत भए । धर्मले मानिसमा श्रद्धा, आस्था र विश्वास बढाए र सत्यको बाटो र वचनमा लागे । यसरी मानव समाजमा सुख, समृद्धि र नयाँ अध्यायको सुरू भयो ।
मानिसहरूले त्यही श्रद्धा, आस्था र विश्वासलाई आपूm अनुकूल, निहित स्वार्थ र भलाइको लागि गलत व्याख्या र विवेचना गरे र धर्मको नाममा मानिसले शासन गर्न सुरू गरे । अलि जाने बुझेकाहरूले आप्mनो स्वार्थ पूरा गर्न नयाँ नयाँ नियम बनाउँदै, नयाँ श्लोक बनाउँदै र आपूm अनुकूल व्याख्या विवेचना गर्दै आपूmले आफैलाई देवत्वकरण गर्न थाले । कालान्तरमा जात र वर्ण व्यवस्थाको सुरूवात भयो । समाजमा विभाजन र विभेदको सुरूवात भयो । यसले गर्दा अर्थतन्त्रमा कोही माथि पुगे त कोही तल, जसबाट आर्थिक असमानता बढ्यो । उत्पादनको स्रोत र अर्थ सीमित व्यक्तिको हातमा पुग्यो जसको मद्दतबाट शासनका नयाँ अध्याय सुरू भयो ।
असल नियत, असल सोच, मान र जगतको कल्याणको लागि बनेको धर्मलाई केही चतुर मानिसले प्रयोग गरेर धर्मको बदनाम गरे । धर्मको स्वरूप परिणत हुँदै गयो । कुनै धर्मले दा¥ही पाल्नुलाई धर्म भन्न थाल्यो । कुनैले कपाल मुन्डनलाई धर्म भन्यो । कुनैले शरीर ढाक्नुलाई धर्म भने त कुनैले निर्वस्त्र हुनलाई धर्म भनी मान्यो । यसरी धर्मबीचको भेदले समाजमा विभेद उत्पति भयो । साथै फरक सोचका मानिसबीच जब भेट भयो त्यसबेला एकको विरूद्धमा अर्को खडा भए । यसै कारणबाट विभिन्न समयमा युद्ध भयो । हिजोसम्म परिवार, समाज र राज्यलाई मार्गदर्शन गर्ने धर्म आज युद्धको कारण बन्यो । फरक भूगोल, परिवेश, हावापानी, भाषा, स्वभाव र प्रकृतिको कारण एउटा धर्ममा मान्य कुरा अर्को धर्ममा अमान्य भयो । आ–आप्mनै धार्मिक सर्वोच्चताले मानवले मानवताको धर्म बिस्र्यो ।
धर्मप्रतिको आस्था, श्रद्धा र विश्वास राम्रो कुरा हो । त्यस पछाडिको वैज्ञानिक र सामाजिक विश्लेषण अनिवार्य गर्नुपर्छ । तर, धर्म संस्कारको गलत प्रवृत्तिलाई फाल्न सकेन । धर्ममा अन्धभक्त भयो भने परिणाम एउटै हुन्छ, त्यो हो विनाश ।
कार्ल माक्र्सले भनेका थिए, “धर्म अफिम हो ।” यो यथार्थ कुरालाई महान् दार्शनिक कार्ल माक्र्सले धेरै अगाडि नै व्यक्त गरे । अफिम के हो त ? के अफिम वास्तवमै नराम्रो चिज हो त ? अफिम हेर्दै आकर्षक र मनमोहक सेतो पूmलको बोट जसमा एउटा फलजस्तै देखिने कोपिला हुन्छ । बिहानीको समयमा त्यही कोपिलाजस्तै देखिने फलमा दूधजस्तै देखिने केही थोपा तरल पदार्थ देखिने गर्दछ । त्यसलाई सङ्कलन गरेर नशालु पदार्थ बनाइन्छ । त्यही नै अफिम हो ।
अफिमको प्रयोग प्राचीनकालदेखि नै प्रयोग गरिएको थियो । यस बिरूवालाई निन्द्राको बिरूवा, रमाइलो बिरूवा वा आनन्दको बिरूवा भनेर पनि चिनिन्छ । अफिमको प्रयोगबाट सीधै मस्तिष्कसम्म असर गर्ने भएकोले सेवनकर्ताले एउटा बेग्लै संसारमा भएको अनुभूति गर्दछ । त्यसैले अफिम नशालु पदार्थ हो ।
कुनै बेला संसारमा चिया, सुनजस्तै अफिमको व्यापार हुने गर्दथ्यो । चीनमा शुनकाल को समयमा बेलायतीले अफिमको व्यापार गथ्र्यो । सुरूसुरूमा चिनियाँहरूलाई अफिम सित्तैमा बाँडियो । जब त्यसको नशा र लत लाग्न थाल्यो, त्यसपछि अफिमको व्यापार सुरू भयो । यसरी चीनमा मात्र लगभग तीस लाख अफिम खरिदकर्ता थिए । जसमध्ये लगभग २० लाख कुलतमा फसिसकेका थिए । यसरी अफिमले एउटा सम्भ्रान्त राज्यलाई कमजोर बनायो । सेनालाई कमजोर बनायो । जनतालाई कुलतमा फसाएर लाचार बनायो र बेलायतले त्यस राज्यमा युद्धद्वारा नियन्त्रण ग¥यो । त्यसपछि चीनमा फेरि अफिमको व्यापार गर्नको लागि खुला गर्ने सम्झौता पत्रमा हस्ताक्षर गराइयो । कालान्तरमा एउटा वैभवशाली राज्य तहसनहस भयो । लागुपदार्थ दुव्र्यसनकै कारण कैयौँ युवाहरूले आप्mनो अमूल्य जीवन गुमाइसकेका छन् । कैयौँ परिवारको खुसी लुटिसकेको छ । रोजीरोटी गुमिसकेको छ ।
यहाँ प्रश्न उठ्छ, के अफिमको नकारात्मक पक्षमात्र छन त ? अफिमलाई प्रशोधन गरेर अपियत  बनाइन्छ र त्यसलाई औषधीय गुणको रूपमा प्रयोग गर्न मिल्ने गरी अपिओइड  मा परिणत गर्छ । त्यसबाट मोरफिन  जस्तो औषधि बनाइन्छ । जुन औषधि क्यान्सरबाट पीडित बिरामीको रोग निको गर्न प्रयोग गरिन्छ ।
एकातिर अफिम नशालु पदार्थ भनी नकारात्मकरूपले हेर्दै गर्दा अर्कोतिर त्यसको सकारात्मक रूप पनि देखा परेको छ । त्यसैले कुनै पनि चिज वा वस्तु राम्रो र नराम्रो त्यसको प्रयोगमा भरपर्ने रहेछ ।
हाम्रो घरमा भएको चुलेँसीबाट तरकारी पनि काट्छ र त्यही चुलेँसीले हात पनि काट्छ । बन्दुकले मान्छेलाई सुरक्षा पनि गर्छ र हत्या पनि गर्छ । चुलेसी र बन्दुक आपैmमा एउटा वस्तुमात्र हो । तर, त्यसले कुन प्रयोजनको लागि उपयोग ग¥यो, त्यसको आधारमा सही र गलत छुटिन्छ । राजनीति पनि आपैmमा सही या गलत होइन । त्यसको प्रयोगको आधारमा सही र गलत ठहरिन्छ । त्यसै गरी धर्म पनि आपैmमा नराम्रो र राम्रो होइन । त्यसको प्रयोगले नै राम्रो या नराम्रो ठहरिने हो ।
अन्तमा, धर्मले मानिसलाई आत्मसन्तुष्टि दिन्छ । असम्भवजस्तो लागेको समयमा पनि ढाडस दिन्छ । विपद्मा आशाको किरण देखिन्छ । त्यस्तै अफिमले जसरी क्यान्सर रोगीको पीडा कम गर्छ, त्यसरी नै धर्मले मानिसको पीडामा मलहम लगाइदिन्छ । त्यसैले धर्म अफिम हो । धर्मकै नाममा युद्ध, अपराध भइरहेको छ । धर्मक नाममा कैयौँ मानिसले ज्यान गुमाए । धर्मको नाममा हिटलरले यहुदी मारे । धर्मकै नाममा भारत र पाकिस्तानमा कैयौँ निर्दोषले ज्यान गुमाए । धर्मकै नाममा कति राष्ट्रमा गृहयुद्ध भइरहेको छ । जसरी अफिमले राष्ट्र, समाज र व्यक्तिलाई तहसनहस गरेको छ, त्यसरी नै धर्मले पनि राष्ट्र, समाज र व्यक्तिलाई तहसनहस गरेका धेरै उदाहरणहरू छन् । त्यसैले धर्म अफिम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *