भर्खरै :

राजनीतिले कसैलाई छोड्दैन

मानिस राजनैतिक प्राणी हो । उसले जानेर वा नजानेर राजनीति गरिरहेको हुन्छ । मानिसले व्यक्तिगत स्वार्थको निम्ति राजनीति गर्ने हो या देश र जनताको हितको निम्ति गर्ने हो । फरक यति हो, अरू जीव आफ्नो र आफ्नो परिवारको लागि मात्र काम गर्छ र बाँच्छ । तर, मानिस देशको लागि काम गर्छ । त्यसैले, राजनीतिले समाज र देश बनाउँछ र बनाउनुपर्छ ।
समाज परिवर्तनको क्रममा किसान र मजदुरहरूको अािर्थक स्थितिमा सुधार हुनु स्वभाविक हो । यो सकारात्मक कुरा हो । कति मानिसहरू आर्थिकरूपले अलि सम्पन्न भएपछि अब हामीलाई राजनीति चाहिँदैन भन्न थाल्छन् । अनि उनीहरूको सोच, विचार, बोली व्यवहार र आचरणमा पनि परिवर्तन हुन थाल्छ । आफूहरू मालिक होँ अरूलाई हेला होचा गर्न थालछन् । सोची अरूलाई हेला होचा गर्न थाल्छन् । उनीहरू बिस्तारै धनको लोभ र मोहमा फस्छन् । उनीहरूले सामाजिक मूल्यमान्यता, मान मर्यादा बिर्सन थाल्छन् । म नै सर्वाेसर्वा, म नै मुख्य हुँ भनेर जेपनि गर्न उद्यत हुन्छन् । उनीहरू पैसा कमाउने नाममा प्राकृतिक स्रोत जल, जमिन, जङ्गलमा आँखा गाडछन् । सांस्कृतिक सम्पदा हडप्न पुग्छन् । उनीहरू पैसालाई सबै थोक मान्छन् । आफ्ना नातागोता, छिमेकी र समाजलाई बिर्सन्छन् । पार्टी र राजनीतिमा सड्ढट आउँदा, हुँदा सड्ढटबाट बच्ने नाममा आफ्नो सम्पत्ति लुकाउनतिर लागेका आफूहरू बच्नतिर लागेका र आत्मसमर्पण गर्न गएका थिए भन्ने नसुनिएको होइन । यदि जीवनमरणको राजनैतिक सङ्घर्ष नगरेको भए, देशमा निरङ्कुश पञ्चायती व्यवस्थालाई आर्यघाट पु¥याउन नसकेको भए सात समुद्रपारि लुक्न गएपनि, सम्पत्ति लुकाए पनि बच्नेवाला थिएन । किनभने सङ्घर्षको विकल्प छैन । हामीले इराक र लिवियालाई हेरिरहेका छौँ । मानिसको सबभन्दा ठूलो सम्पत्ति भनेको उसको विचार र सिद्धान्त हो, स्वतन्त्रता हो । खोरमा, गोठमा पालिएका पशु र घरमा पालिएको कुकुर हुनुबाहेक केही हुनेछैन । आर्थिक दरिद्रताभन्दा वैचारिक दरिद्रता ठूलो घातक हुन्छ । त्यस्ता राजनैतिक दरिद्रता, वैचारिक दरिद्रताको कारण त्यस्ता अथाह सम्पत्तिको अहम्ताको कारण समाजलाई बिर्सिदिँदा, समाजको मूल्य मान्यता मान मर्यादालाई बिर्सिदिँदा, धनसम्पत्तिलाई च्यापेर देशलाई बिर्सिदिँदा विश्वमा थुप्रै करोडपति, अरबपतिहरू सामन्त, राजा महाराजाहरू विदेश पलायन भएको समाचार, इतिहास हामी सुन्न पाउँछौँ ।
राजनीति वर्ग सङ्घर्षको हतियार हो । यही हतियारको प्रयोग गरेर एउटा वर्गले अर्को वर्गलाई दबाउँछ र राज्यसत्ता कब्जा गर्छ । यही हतियारको प्रयोग गरेर हिजो सामन्तवाद र पुँजीवादले समाजवादलाई दबाएको थियो भने आज समाजवादले यही हतियार प्रयोग गरेर विजयको लागि पुँजीवादसँग सङ्घर्ष गर्दै छ । पुँजीवादीहरू त्रसित हुँदै छन् । केही हाम्रा मित्रहरू अब पुग्यो, अब म सकिदन, अब केही हुनेवाला छैन भन्ने गरेको सुनिन्छ । वर्ग सत्रुले हामीले गरेको काममा तारिफ गर्याे भने सतर्क हुनुपर्छ तर मित्रहरूले आलोचना गर्याे भने एकचोटि पुनः विचार गर्नुपर्छ । समाजमा अगुवाई गर्नेको राजनीति गर्नेको आलोचना हुन्छ । समाजको लागि काम गर्ने क्रममा कमी कमजोरी जानेर र नजानेर हुनु स्वाभाविक हो भने त्यसको आलोचना हुनु पनि स्वाभाविक हो । काम नगर्नेको कुनै गल्ती हुँदैन अनि उनीहरूको आलोचना र विरोध पनि हुँदैन । सड्ढट र आलोचनादेखि भाग्ने होइन, सामना गर्ने हो । गल्ती, कमजोरीलाई सुधारेर अघि बढ्नु बुद्धिमानी हो । सड्ढटलाई हामीले लखेटनुपर्छ होइन भने सड्ढटले हामीलाई लखेट्छ ।
हाम्रा अग्रजहरूले गरिब र शोसित वर्गमाथि थोपारिरहेको, आइरहेको सड्ढटसँग सामना र सङ्घर्ष गरिरहेका छन् । उहाँहरू जनताको साथ र समर्थन लिएर सामन्तवाद र पुँजीवादको विरोधमा लडाईँ लड्दै आउनुभएको छ । उहाँहरूले जेलनेल भोग्नुभएको छ । उहाँहरूले प्रवासको कठीन जीवन भोग्नुभएको छ । अनि उहाँहरूले अनेक यातनालाई पिएर कठीन भूमिगत जीवन भोग्नुभएको छ । उहाँहरू गरिब जनताको जित र हितको निम्ति निरन्तर र अथक सङ्घर्षमा हुनुहुन्छ । यसको उतप्ररेक र बलियो हतियार भनेकै विचार सिद्धान्त अनि त्याग हो । ्सङ्घर्ष लडार्इँको रूप परिस्थितिअनुसार फरक फरक हुन्छन् ।
देशको स्वतन्त्रता र मुक्तिको लागि त्याग र बलिदानीपूर्ण सङ्घर्षमा जनताको जित र हित भएको इतिहास साहसी छ । उत्तर कोरियामा कोरियाली जनताका महान नेता किमइल जङको वृद्धिमतापूर्ण र सक्षम नेतृत्वमा अमेरिकी साम्राज्यवादलाई घुँडा टेकाएको इतिहास साक्षी छ । त्यस्तै लेनिन, स्तालिनले रुस, माओत्सेतुङले चीन, होचिमिन्हले भियनाम र फिडेल … कयूवाबाट अमेरिकी साम्रज्यवादलाई लखेटेका थिए । उनीहरूले देश र जनतालाई साम्राज्यवाद, उपनिवेशवाद र पुँजीवादबाटको पञ्जाबाट मुक्त गरेका थिए । आज त्यहाँको जनताले स्वतन्त्र र स्वाधीन जीवन पाइरहेका छन् । ती देशका जनताले आत्मनिर्भर, स्वतन्त्र र गौरवपूर्ण जीवन बिताइरहेका छन् । यही सार्वभौम र स्वाधीन देशको विशेषता हो । त्यसैले जसले सङ्घर्ष गर्छ, उसले मात्र बाँच्ने अधिकार राख्छ । सड्ढटदेखि भाग्नेले बाँच्ने अधिकार राख्दैन । त्यसैले नेता फिडेल … उहीँबेला भन्नुभएको थियो– समाजवाद या मृत्यु । अतः जीवन आमूल परिवर्तनको निम्ति हुनुपर्छ ।
शोसक वर्गको राजनीति र शोषित वर्गको राजनीति, व्यक्तिगत स्वार्थको निम्ति राजनीति र समाज अनि देश र जनताको हितको निम्ति राजनीति गाउँ, ठाउँ, सहरमा भइरहेको हुन्छ । सबै सङ्घ, संस्था, अडा–अदालत आदि ठाउँमा राजनीति भइरहेको हुन्छ । त्यहाँ राजनीति गर्नु हुँदैन भन्दै उल्टो राजनीति गरिरहेको हुन्छ । समाजका अगुवा मित्रहरूले विभिन्न माध्यमबाट विभिन्न सङ्घ संस्थाहरूमा रहेर समाजको लागि काम गरिरहेका हुन्छन् । कठिन मेहनत र कामले नै ठूलो सफलता मिल्ने हो । जुन भक्तपुरले गरिरहेको छ । त्यस्तो सड्ढट र समस्यादेखि पन्छिन र भाग्नु हुँदैन । काम गर्दा कमि कमजोरी होला । त्यसलाई एक आपसमा छलफल गरेर टाल्नुपर्छ । संस्थाभित्र हरियोसर्पहरूपति बसेका हुन सक्छन् । दसनलाई उपयुक्त मौका र वातावरण पर्खेर बसिरहेका हुन सक्लान् । यसको लागि सबै सचेत भएर बस्नुपर्छ । मुख्य कुरा इमानदारीता, लगनशीलता र पारदर्शिता हुनुप¥यो । निःस्वार्थी हुनुप¥यो ।
स्थानीय निकायका जनप्रतिनिधिहरूको पदावधि सकिँदैछ । यसको निर्वाचन २०७९ वैशाखमा गर्ने तयारी निर्वाचन आयोग गर्दै छ । त्यस स्थानीय निकायको निर्वाचनमा देशभरबाट कस्ता उम्मेदवारहरू जनप्रतिनिधि चुन्ने भन्ने सवाल पनि उठन थालेका छन् । जनतामा राजनीतिक सचेतता चाहियो । यो निर्वाचनमा जो सुकै जितोस् के मतलब ? भन्नु हुँदैन । कतिले .. भोट हालेर मलाई के पाउँछ ? यो निर्वाचनमा मतदान गरेर मलाई न पैसा पाउँछ भन्लान् । त्यो स्वाभाविक छ । शासक दलहरूले जनतालाई राजनैतिक चेतना र शिक्षा नदिइकन त्यस्ता आश्वासन बाँडेर निर्वाचन जितेर आएका थिए । त्यहीकारण, आज देश र जनताले दुःख भोगिरहेका छन् । निर्वाचनमा स्वच्छ आचारण, इमानदार, सक्षम र देशभक्त मानिस नउठ्ने हो भने, भष्ट्राचारी, गुण्डा, अपहरणकारी, ठेकेदार, चोर फटाहा र विदेशी दलालहरू आदि अपराधीहरू निर्वाचनबाट जितेर आउने छन् । जनताको निःस्वार्थ सेवा गर्ने इमानदार उम्मेदवारले निर्वाचन जित्नेछ ।
हिजो माक्र्स ऐङगेल्स्, लेनिन, स्तालिन, माओत्सेतुङ, किमइल .., फिडले क्यास्ट्रो, होचिमिन्हजस्ता विश्वका थुप्रै सर्वहारा वर्गका महान नेताहरूले मुक्ति र स्वतन्त्रताको लागि सबै सड्ढटसँग सामना गर्दै सङ्घर्ष गरेका थिए । आज ती देशहरूबाट सिजी पिङ, किमउन सुक, राहुल क्यास्ट्रो, निकोलस माडुरो, ….न्याय र स्वतन्त्रतता प्रेमी देशहरूबाट इभो मोरालेस…. जस्ता जाज्वल्यमान नेताहरू सङ्घर्ष गर्दै छन् । अमेरिकी साम्राज्यवादलगायत अन्य साम्राज्यवादी र उपनिवेशवादीहरूलाई विश्वभरिबाट विश्वका मुक्ति, स्वतन्त्रता र .. चाहने जनताले लखेट्दै छन् । एसिया हथौडा अड्ढित रातो झण्डा फहराउँदै छन् । बेलायती साम्राज्यवादलाई विश्वका न्याय र स्वतन्त्रता प्रेमी जनताले लखेटेर विश्वको एउटा सानो कुनामा थन्काएका छन् । अब विश्वको एक कुनामा थन्किने पालो अमेरिकी साम्राज्यवादको आउँदै छ । उसले विश्वलाई अनेक दुःख, कष्ट, डर, धम्की दिँदै छ । विश्वमा प्रजातन्त्र, मानव अधिकार, मित्रता, विकास र शान्तिको नाममा देशहरूलाई जुधाउने, फटाउने काम गर्दै छ । अनि त्यसको बदलामा हतियार बेच्दै छ । विगतमा उसले आफ्नो प्रतिस्पर्धी सोभियत सङ्घलाई पछारेको थियो । चीन एक्काइसौँ शताब्दीको रणनीतिक, प्राविधिक र विकसित देश हो । विश्वका शान्तिकामी जनता अमेरिकालाई आगोसँग नखेल्न आह्वान गर्दै छन् । अमेरिका इनकार अघि बढिरहेमा जो आगोसँग खेल्छ ऊ आगोमै मर्छ, जो पानीसँग खैलछ ऊ पानी मै मर्छ भने झैँ अमेरिकी साम्राज्यवादको हालत पनि त्यसरी नै हुनेछ ।
त्यसैले राजनीति विश्वका तमाम शोषित पीडित जनताको निम्ति हुनुपर्छ । समिति शोषक वर्गका निम्ति हुनु हुँदैन । समिति पुँजीपति वर्गको निम्ति हुनु हुँदैन । सम्पूर्ण काम गरिखाने मजदुर किसान वर्गको निम्ति हुनुपर्छ । जनताको निःस्वार्थ र इमानदारीपूर्वक सेवा गर्ने मानिसले राजनीति गरेन, चुनावमा भाग लिएन भने गुण्डा, अपहरणकारी, ठेकेदार, भ्रष्टचारी, दलालजस्ता देशघाती मानिसहरू चुनावमा जितेर आउने छन् । त्यसैले देशमा स्वच्छ, पारदर्शी र इमानदारीताको राजनीति चाहिन्छ र हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *