भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
काठमाडौँ, २८ मङ्सिर । भूकम्पले भत्किएको जैसीदेवल पुनःनिर्माण सुरु भएको साढे पाँच वर्षमा तीनपटक म्याद थप भए पनि काम सम्पन्न हुनसकेको छैन । भूकम्पछिको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि सकिन केही दिन बाँकी रहँदा पनि जैसीदेवलजस्ता सयौँ सम्पदा अलपत्र अवस्थामा छन् । प्राधिकरणको म्याद आगामी पुस ९ गते सकिँदै छ । प्राधिकरणले भने पुनःनिर्माणका अधिकांश काम सकिएको दाबी गर्दै पुनःनिर्माणका अनुभव आदानप्रदान गर्न अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको छ ।
विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनःनिर्माण सुरु भएको साढे पाँच वर्ष पूरा भए पनि सम्पन्न हुन सकेको छैन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनःनिर्माण पुरातत्व विभागले विसं २०७३ साउनमै सुरु गरेको हो ।
सार्वजनिक जानकारीका लागि पुनःनिर्माण गर्दा निर्माण स्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यवसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखी अपारदर्शी काम भएको काठमाडौँ महानगरपालिका वडा नं. २१ का पूर्व वडाअध्यक्ष जुजुकाजी तण्डुकार बताउनुहुन्छ ।
“नेपाल संवत् ७०४ मा बनेको देवलको पुरानै इँट्टा प्रयोग गरेर काम सुरु भएको छ, निर्माण स्थलमा सार्वजनिक जानकारीका लागि राख्नुपर्ने सूचना पाटी राखिएको छैन, निर्माण अघि स्थानीयवासीसँग छलफल समेत गरिएन, निर्माणपछि निर्माण व्यवसायी त अन्तै जान्छन्, निर्माणमा स्थानीयको स्वामित्व हुनुपर्छ”, देवलअघिको किराना पसलबाट पुनःनिर्माणको सूक्ष्म अवलोकन गरिरहनुभएका उहाँले भन्नुभयो ।
देवल पुनःनिर्माण गरिरहेको निर्माण व्यवसायीले माजुदेगः र दस अवतार मन्दिरसमेत पुनःनिर्माण गरिरहेकाले काममा अवरोध भइरहेको छ । माजुदेग ः काठमाडौँ महानगरपालिकाको ठेक्कामा व्यवसायीले ठेक्का पाएको हो । दस अवतार मन्दिर भने विभागकै ठेक्कामा यही निर्माण व्यवसायीले जिम्मा पाएको हो । वरिपरि फलामको ठन्डी ठड्याएर राखेको वर्षौँसम्म अलपत्र भएको स्थानीयवासी रविना मानन्धरले बताउनुभयो ।
यस क्षेत्रकै तीन वटा सम्पदा पुनःनिर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले कुनै पनि काम समयमा गरको छैन । २१ नं. वडा सदस्य न्हुच्छेदेवी महर्जन फलाम ठड्याएर राखे पनि काम भएको नदेखिने बताउनुहुन्छ । ठेक्का गर्ने सरकारी निकाय र निर्माण व्यवसायीले वडासँग समन्वय नगरेको जनप्रतिनिधिको भनाइ छ ।
पुनःनिर्माणमा पुराना सामग्रीको प्रयोग
विभागले पुराना निर्माण सामग्री टिकाउ हुने भएकाले प्रयोग गरिएको जनाएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवर अनुसन्धानले प्राचीन निर्माण सामग्री टिकाउ हुने प्रमाणित गरेको बताउनुहुन्छ । कति पुराना र कति नयाँ सामग्री राखेर पुनःनिर्माण गर्ने भन्ने पारदर्शीरूपमा स्थानीयवासीलाई जानकारी गराइएको छैन । देवल निर्माण हेर्नुहुने विभागका इन्जिनीयर पूणर्बहादुर श्रेष्ठ निर्माण व्यवसायीसँग भएको सम्झौताअनुसार जीर्ण नभएका सामग्री प्रयोग गर्न सकिने व्यवस्था गरिएको बताउनुहुन्छ । “निर्माण अवधि, निर्माण लागत, निर्माण व्यवसायीको नामलगायत जानकारी दिने सूचना पाटी राख्न पटक–पटक भनिए पनि व्यवसायीले राखेका छैनन्”, उहाँले भन्नुभयो ।
निर्माण कम्पनी प्राकृतिक÷सानो सुवाल÷एसपी जेभीले देवल पुनःनिर्माण गरिरहेको हो । देवल पुनःनिर्माणमा पुराना र नयाँ दुवैथरी निर्माण सामग्री प्रयोग गर्ने सम्झौता भएको छ । नयाँ ८० र पुराना २० प्रतिशत सामग्री प्रयोग गर्ने सम्झौतामा उल्लेख छ । तलदेखि माथिसम्म नयाँ र पुराना दुवैथरी निर्माण सामग्री मिसाएर काम हुने जनाइएको छ ।
चौथोपटक म्याद थप्ने तयारी
विसं २०७४ असार मसान्तसम्म देवल पुनःनिर्माण सक्नुपर्ने निर्माण व्यवसायीसँगको सम्झौता पत्रमा उल्लेख थियो । २०७३ साल साउन २८ गते देवल पुनःनिर्माणको सम्झौता भएको थियो । सम्झौता भइसकेपछि बेलायतको दुरहाम विश्वविद्यालय र विभागलगायतको समूहले देवल क्षेत्रमा उत्खनन गरेपछि काममा ढिलाइ भएको निर्माण व्यवसायी पक्षको दाबी छ ।
तोकिएको समयमा पुनःनिर्माण नसकिएपछि २०७६ माघ मसान्तसम्म पहिलोपटक म्याद थपिएको थियो । प्राधिकरणका सचिवस्तरको निर्णयअनुसार पुनःनिर्माणको म्याद थपिएको विभागका अधिकारीहरूले जनाएका छन् । पहिलोपटक थपिएको समयमा पनि काम सकाउन निर्माण व्यवसायीले ध्यान दिएनन् । २०७७ साल असार ५ गतेको निर्णयअनुसार २०७७ चैतसम्म दोस्रोपटक म्याद थपिएको थियो । एकै स्थानमा एउटै निर्माण व्यवसायीलाई तीन वटा सम्पदा पुनःनिर्माणको ठेक्का दिने र नसक्दा कारबाही पनि नगर्ने सरकारी निकायका कारण निर्माण व्यवसायीमा हामीले जे गरे पनि हुन्छ भन्ने भावनाको विकास भएको स्थानीय युवा श्याम खड्गी बताउनुहुन्छ ।
दोस्रोपटक थपिएको समयमा पुनःनिर्माण सम्पन्न नभएपछि तेस्रोपटक म्याद थपका लागि निर्माण व्यवसायीले २०७८ असार मसान्तसम्मको म्याद माग गरेकोमा असोज मसान्तसम्म थप गरिएको थियो । यो समयमा पनि निर्माण व्यवसायीले काम सकेका छैनन् । तेस्रोपटक कोरोनाका कारण काम गर्न नसकिएको भन्दै निर्माण व्यवसायीले म्याद चौथोपटक थपको माग गरिरहेका छन् ।
कोरोनाको दोस्रो लहर भन्दै अर्थ मन्त्रालयको २०७८ भदौ ३ गतेको निर्णयअनुसार आगामी चैत मसान्तसम्म चौथोपटक म्याद थप गर्ने तयारी भएको छ । हाल देव पुनःनिर्माणको ७० प्रतिशत भौतिक प्रगति भएको विभागका प्रवक्ता कुँवरले सुनाउनुभयो । देवल पुनःनिर्माणको लागत रु. पाँच करोड ४६ लाख ६० हजार ७२८ छ । रासस
Leave a Reply