‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
(भक्तपुर नगरपालिकाको ७२ औँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित प्रवचन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्यको सार सङ्क्षेप)
भक्तपुर नगरपालिका देशकै सानो नगरपालिकामध्ये एक हो । कुल ६.८८ वर्ग किमि क्षेत्रफलमा फैलिएको यो नगरमा २०६८ सालको जनगणनाअनुसार ८१,७४८ नागरिकहरू बसोबास गर्छन् । यो वर्ष पनि जनगणनाको काम भइरहेको छ । हाल १ लाख जनसङ्ख्या पुग्ने हाम्रो अनुमान छ । करिब यहाँको बासिन्दा बराबर नै जनसङ्ख्या नगर बाहिरबाट रोजगारी, शिक्षा, स्वास्थ्य उपचारलगायतको सिलसिलामा भक्तपुरमा बसिरहेको अनुमान गर्न सकिन्छ । यस हिसाबले भक्तपुर नगरपालिकाले करिब २ लाख जनतालाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बितेको ७ दशकको अवधिमा यस नगरपालिकामा धेरै जनप्रतिनिधिहरूले नगरको विकास र नगरवासीहरूको जीवनस्तर उठाउन योगदान गर्नुभयो । विभिन्न कालखण्डमा जनप्रतिनिधिको रूपमा काम गर्नुभएका ती सबै व्यक्तित्वहरूलाई आजको दिन सम्झन चाहन्छौँ ।
केही दशक अघिसम्म शैक्षिक रूपमा निकै पछाडि परेको, फोहर नगरको रूपमा परिचित भक्तपुर नगर आज शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइलगायत हरेक क्षेत्रमा देशको नमुना नगरको रूपमा विकास भइरहेको छ । देशका विभिन्न ठाउँका जनप्रतिनिधिहरूले भक्तपुर नगरपालिकाबाट सिक्न खोजिरहेका छन् । भक्तपुर नगरपालिकालाई आजको स्थितिसम्म ल्याई पु¥याउन नेपाल मजदुर किसान पार्टीको महत्वपूर्ण भूमिका छ । देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनालाई आत्मसात गर्ने नेमकिपाका जनप्रतिनिधिहरूलाई जिताउने यहाँका तमाम मतदाता दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । भक्तपुरको विकासमा तपाइँ मतदाता दाजुभाइ दिदी बहिनीहरूको महत्वपूर्ण योगदान छ । तपाईँहरूको मतबाट निर्वाचित भएर नै यी सबै काम गर्न सम्भव भएको हो ।
हामी जनताबाट निर्वाचित भएर नगरपालिकामा बहाली गरेको साढे चार वर्ष पुग्यो । पदावधिको हिसाबले हाम्रो यो अन्तिम वर्ष हो । बाँकी समय अलिकति पनि खेर नफाली नगर र नगरवासी जनताको सेवामा समर्पित भएर लाग्नेछौँ ।
निर्वाचनको बेला जनतालाई दिएको वचनअनुसार हामी निरन्तर काम गर्दै छौँ । निर्वाचन घोषणापत्रमार्फत प्रतिबद्धता गरेका मध्ये कानुनी, व्यवहारिक र आर्थिक समस्या परेका अत्यन्त जटिल विषयहरूबाहेक अधिकांश विषयहरू पूरा गरेका छौँ । अझ कैयौँ थप कार्यहरू गरी जनताको सेवा गरिरहेका छौँ ।
आ.व. २०७८।७९ को कुल बजेट १ अर्ब ९३ करोड(नपाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालबाहेक) मध्ये चालूतर्फ १ अर्ब १० करोड र पुँजीगततर्फ ८२ करोड ९७ लाख विनियोजन गरिएको थियो । साउनदेखि मङ्सिरसम्म ५ महिनामा चालूतर्फ ३१ करोड ३६ लाख खर्च भयो । त्यो विनियोजित बजेटको २८ प्रतिशत हो । त्यसैगरी पुँजीगततर्फ १६ करोड ६० लाख अर्थात् विनियोजित बजेटमध्ये २० प्रतिशत खर्च भएको छ । चालु र पुँजीगत गरी बितेको ५ महिनामा २४ प्रतिशत बजेट खर्च भइसकेको जानकारी गराउन चाहन्छौँ ।
आयतर्फ हालसम्म आन्तरिक र बाह्य गरी कुल ४७ करोड ९९ लाख २७ हजार ६९६ रूपैयाँ भएको छ ।
भक्तपुर नगरपालिकाले शिशु स्याहारदेखि स्नातकोत्तर तहसम्म सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यो वर्ष ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी रमण श्रेष्ठ सिभिल इन्जिनियरिङतर्फ स्नातक तहमा ८६ प्रतिशत अङ्क प्राप्त गरी त्रिभुवन विश्वविद्यालयमा सर्वोत्कृष्ट हुन सफल हुनुभएको छ । भक्तपुर नपाबाट सञ्चालित २ वटा इन्जिनियरिङ कलेजहरूमध्ये पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेजमा हाल ६९ जिल्लाका १०१५ जना विद्यार्थीहरू स्नातक र स्नातकोत्तर कक्षामा अध्ययनरत छन् भने त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ख्वप कलेज अफ इन्जिनियरिङमा ६७ जिल्लाका ७३९ जना विद्यार्थीहरू स्नातक तहमा अध्ययनरत छन् । दुवै कलेज गरी १७५४ जना विद्यार्थीहरू इन्जिनियरिङतर्फ उच्च शिक्षा हासिल गरिरहेका छन् । ख्वप कलेज, ख्वप मावि, शारदा कलेज, शारदा मावि तथा कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थानसमेत गरी सात वटा शैक्षिक संस्थामा देशका विभिन्न जिल्लाका ६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
रु. ५ लाखसम्म शैक्षिक ऋण, करोडौँ रूपैयाँ बराबरको गरिब तथा जेहेनदार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरी आएको भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गर्ने योजनाका साथ अघि बढिरहेको छ । तर, शिक्षा मन्त्रालयले २०६० सालदेखि सञ्चालन गर्दै आएको नर्सिङ कलेजलाई आफ्नै १०० शय्याको अस्पताल नभएको बहानामा सीटीईभीटीले यो वर्ष विद्यार्थी भर्ना लिन रोक लगायो । यस सम्बन्धमा शिक्षामन्त्रीको समेत ध्यानाकर्षण गरेका छौँ ।
स्वास्थ्यतर्फ भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा, २५ शय्याको ख्वप अस्पताललाई स्तर वृद्धि गरी १०० बेडको बनाउने प्रक्रिया अगाडि बढाइरहेको छ भने उक्त अस्पतालले दैनिक ५०० भन्दा बढी बिरामीहरूलाई सेवा प्रदान गर्दै आएको छ । आ.व. २०७८।७९ को ५ महिनामा ख्वप अस्पतालबाट ६८,५११ जनालाई उपचार सेवा प्रदान गरिसकेको छ । गत आ.व. ०७७।७८ मा ४० जिल्लाका १ लाख १२ हजार २२ जनालाई उपचार सेवा प्रदान गरेको थियो । साथै भक्तपुर नगरपालिकाले आयुर्वेदिक सेवा, आँखा उपचार सेवा, दम खोकीका दीर्घ रोगीहरूका लागि श्वासप्रश्वास उपचार सेवालगायतका सेवाहरू उपलब्ध गराउँदै आएको छ । कोभिड महामारीको बेला ७५ शय्याको कोभिड अस्पताल सञ्चालन गरी ४५५ जना कोरोना सङ्क्रमितहरूलाई निःशुल्क उपचार सेवा प्रदान गर्यो भने अक्सिजन प्लान्ट स्थापना गरी सम्पूर्ण नगरवासीहरूलाई निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ । कोरोनाबाट जनतालाई बचाउन प्रभावकारी खोप व्यवस्थापन गर्दै आएकोमा लक्षित वर्गलाई ९७ प्रतिशत खोप लगाई भक्तपुर नगरपालिका नेपालकै सबैभन्दा बढी खोप लगाउने नगरपालिका हुन सफल भएको छ ।
२०७२ सालको भूकम्पबाट १२० भन्दा बढी सम्पदाहरूमा आंशिक र पूर्ण क्षति पुगेकोमा हालसम्म ११८ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको छ । तीमध्ये मन्दिर २६, पाटी ४०, द्योछेँ ६, प्रवेशद्वार ३, पोखरी १०, इनार ७, सत्तल ८, ढुङ्गेधारा ७ र अन्य ११ वटा रहेका छन् । हाल भनपा १ स्थित भाज्या पोखरी र रानी पोखरी निर्माणको अन्तिम चरणमा छन् भने भनपा वडा नं.४ स्थित सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण सुरु भएको छ । अन्य सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण कार्य पनि तीव्रगतिमा भइरहेको छ । मौलिक सीप, प्रविधि र निर्माण सामग्रीहरूको प्रयोग गरी भक्तपुर नपाले सम्पदा संरक्षणमा उत्कृष्टता हासिल गर्दै आएको छ ।
भौतिक पूर्वाधारतर्फ आ.व. २०७८।७९ मा ७७ वटा योजनाहरू स्वीकृत भएकोमा हाल ४२ वटा योजनाहरू चालु अवस्थामा छन् भने बाँकी योजनाहरू शीघ्र सञ्चालन गर्ने प्रयास गरिरहेका छौँ ।
हरेक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता र विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकोमा गत वर्ष कोरोना महामारीको कारण प्रतियोगिता सञ्चालन सम्भव भएन । यो वर्ष हालै भक्तपुर नगरस्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन गरिएकोमा नगरभित्रका कुल ९२ वटा विद्यालयमध्ये ७१ वटा विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए । उक्त प्रतियोगितामा विभिन्न १४ वटा खेलहरू समावेश गरिएका थिए ।
भक्तपुर नगरपालिकाले युवा र महिला लक्षित विभिन्न सीपमूलक तालिमहरू, कृषिसम्बन्धी तालिम तथा विभिन्न भाषाहरूको तालिम कक्षाहरू पनि सञ्चालन गर्दै आएको छ । स्थानीय पथ प्रदर्शक तालिम, चिनियाँ र जापानी भाषा तथा नेपालभाषा लिपि कक्षा नियमितरूपमा सञ्चालन गर्दै आएको छ ।
किसानहरूलाई लक्षित गरी सिजनअनुसारको बीउबिजन वितरण, उपभोक्ताहरूको हितलाई ध्यानमा राखी बजार अनुगमन तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न तालिम तथा सहयोग सामग्रीहरू वितरणजस्ता कार्यक्रमहरू पनि नगरपालिकाले गर्दै आएको छ ।
नगरपालिकामा प्रशासनमा कार्यरत स्थायी कर्मचारीहरूको वृत्ति विकासको लागि आवश्यक ऐन निर्माण गरी ८७ जना कर्मचारीहरूको १ तह वृद्धि र ३० जना कर्मचारीहरूको २ ग्रेड वृद्धि गरी समायोजन गरिसकेको छ । साथै १०१ जना कर्मचारीहरूको १ तह स्तर वृद्धि गरिएको छ । २०७४ सालभन्दा अगाडि नियुक्ति पाई हालसम्म यस नगरपालिकामा निरन्तर कार्यरत अस्थायी र सेवा करारका २२ जना कर्मचारीहरूलाई प्रक्रिया पु¥याएर स्थायी गर्नेे प्रक्रियामा रहेको छ । २०७४ सालमा जनप्रतिनिधि बहाल भएपछि हालसम्म ७७ जना कर्मचारीहरू अवकाश, राजीनामा र मृत्यु भई सेवा निवृत्त भइसकेका छन् ।
अन्त्यमा,
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ रोग रोकथाम र नियन्त्रणको लागि निरन्तर सेवारत जनप्रतिनिधि, अति आवश्यक सेवाअन्तर्गतका सफाइ कर्मचारी र अन्य कर्मचारीहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, विद्यालय तथा कलेजका शिक्षक विद्यार्थीहरूले सङ्कटको बेला गरेको सेवाको उच्च मूल्याङ्कन गरी हार्दिक आभार एवम् धन्यवाद ज्ञापन गर्दछौँ । ख्वप अस्पताल कोभिड युनिटमा खटेर निरन्तर सङ्क्रमितहरूको सेवामा समर्पित चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरू तथा स्वास्थ्य सेवामा संलग्न अन्य कर्मचारीहरू र अक्सिजन प्लान्ट राख्न सहयोग गर्नुहुने तमाम नगरवासी र नगरभन्दा बाहिर रहनुभएका जनता र रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेर पनि हामीलाई सहयोग गर्नुहुने महानुभाव तथा तमाम दाजुभाइ तथा दिदी बहिनीहरूलाई आजको यो महत्वपूर्ण अवसरमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
Leave a Reply