भर्खरै :

सिरानबजार जोखिममा

मलेखु (धादिङ), २ साउन । धादिङबेँसीमा रहेको सिरानबजार पहिराको जोखिममा परेपछि बजारबासी त्रसित भएका छन् ।
आइतबार राति परेको अविरल वर्षाले सिरानबजार र धादिङबेंसी जोड्ने बडेरीचौतारो क्षेत्रमा सडक भासिएको छ । सिरानबजारको सो क्षेत्रमा सडक भासिएको तथा एकाटीछेउमा पहिरो लड्नाले सवारी आवागमनमा बाधा पुगेको दुग्ध सञ्चालक रामप्रसाद रिजालले बताउनुभयो ।
सडक चिराचिरा परी धाँजा फाटेको र त्यहीँबाट वर्षात्को पानी पसेर सडक भासिँदै गएका कारण मुख्य बजार क्षेत्रका १० भन्दा बढी घर जोखिममा परेका छन् । सो पहिराका कारण केही घरका भित्रसमेत चिरिएको स्थानीयवासीले जनाएका छन् । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि सदरमुकाम क्षेत्रमा खानेपानीसमेत बन्द भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *