हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
सन् २०१९ मा नरेन्द्र मोदी दोस्रो कार्यकालको लागि भारतका प्रधानमन्त्री निर्वाचित भए । त्यसयता भारतको विदेशी रणनीतिको एउटा पारिभाषिक विशेषता भनेको संरा अमेरिका, जापान र अस्ट्रेलियासँगको सम्बन्ध बलियो बनाउनु हो । त्यस्तै उसले कथित ‘हिन्द–प्रशान्त’ रणनीतिमा पनि जोड दिँदै आएको छ । उसका यी सबै नीतिको मूल अभिप्रायः भने चीनलाई सन्तुलनमा ल्याउनु हो ।
संरा अमेरिका र भारतको सम्बन्ध ज्यादै निकट भएपछि भारत र रुसबीचको सम्बन्ध प्रभावित बनेको छ । रुसका विदेशमन्त्री सगर्इे लाभ्रोभले भारतको विदेश नीतिको आलोचना गरेपछि सन् २०२० मा रुस–भारत वार्षिक शिखर सम्मेलन स्थगित भयो । तथापि, गएको डिसेम्बर ६ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नयाँ दिल्ली भ्रमणमा गए । त्यहाँ दुवै देशका विदेश मन्त्री र रक्षा मन्त्री रहने गरी दुई प्लस दुई संवादको नयाँ संयन्त्र स्थापना गरियो । त्यसो गरेर भारतले आफ्नो वैदेशिक रणनीतिमा हिन्द–प्रशान्त र युरेसियाबीच सन्तुलन कायम गर्न खोजेको देखियो । यद्यपि, यसले भारतको चीन रणनीतिमा कुनै नाटकीय परिवर्तन भएको अर्थमा बुझ्न मिल्दैन ।
चीन र भारतबीच लगातारको तनावको मूल विषयलाई दुई वटा कोणमा विश्लेषण गर्न सकिन्छ । पहिलो, चीन र संरा अमेरिकाबीचको तनाव बढ्ने भारतको विश्वास छ । त्यसो हुँदा ताइवान जलडमरु र दक्षिण चीन सागरमा चीनले संरा अमेरिकाको चर्को दबाब झेल्नुपर्नेछ । त्यसकारण भारतले चीनलाई उसको पश्चिम सीमा क्षेत्रमा दबाबमा राख्ने कुनै पनि अवसर छोड्नेछैन ।
दोस्रो, भारत चीन–संरा अमेरिकाबीचको वैमनस्यताबाट फाइदा उठाउन चाहन्छ । भारतले आफ्ना आवश्यकता पूरा गर्न दुवै देशलाई दबाब दिने अवसरवादी नीति अङ्गीकार गरेको छ । चीन र भारतबीच तेह«ौँ उच्चस्तरीय सैनिक संवाद असफल हुनुको एउटा कारण ताइवान जलडमरु र दक्षिण चीन सागरको तनावबाट नयाँ दिल्लीले फाइदा उठाउन खोज्नु थियो ।
चीनका राष्ट्रपति सी चिनफिङ र संरा अमेरिकाका राष्ट्रपति जो बाइडेनबीचको भर्चुअल बैठकलाई भारतले नजिकबाट नियालेको छ । भारतीय सञ्चारमाध्यम अनुसार नयाँ दिल्लीले सो बैठकको संसारभर र भारतलाई पार्न सक्ने प्रभावबारे अध्ययन र विश्लेषण गरेको छ ।
गलवन उपत्यकामा भएको घम्साघम्सीपछि भारतले चीन–भारत सम्बन्धलाई खराब बनाउने कदम चाल्यो र संरा अमेरिका तथा क्वाडसँगको सम्बन्धलाई बलियो बनायो । तथापि, चीनको दृढ मान्यता र सीमा क्षेत्रमा सशस्त्र सैनिक परिचालनको कारण भारतले कुनै पनि लाभ उठाउन सकेन । बरु संरा अमेरिकासँग निकै निकट भएर भारतले रुस र इरानजस्ता देशहरूसँग सम्बन्ध बिगारेको छ । भारत र संरा अमेरिकाबीच अहिले रणनीतिकरूपमा सबभन्दा निकटको सम्बन्ध भए पनि वाशिङ्टनलाई नयाँ दिल्लीको क्षमताप्रति भर छैन । विशेषतः दोस्रो चरणको महामारीपछि भारतप्रति संरा अमेरिकाको विश्वास कम भएको छ ।
‘चीन–संरा अमेरिका सह–शासन’ को अवस्थाबारे भारतको भय मूर्त भएन । नोभेम्बर महिनाको सुरुवातमा कोप २६ जलवायु सम्मेलनमा कार्बन उत्सर्जनमा कटौती गर्ने चीन–संरा अमेरिकाको प्रतिबद्धताले कोइलाको प्रयोगमा निर्भर भारतलाई असजिलो अवस्थामा पु¥याएको छ । चीन र संरा अमेरिकाबीच प्रमुख शक्ति सम्बन्धको नयाँ ढाँचा बन्ला भनी भारत निकै डराएको छ । बरु भारत चीनका ताइवान, सिन्च्याङ र तिब्बतको विषयमा बाइडेनको कडा अडान, ‘प्रजातन्त्र शिखर सम्मेलन’ को आयोजना, हिन्द–प्रशान्तमा चीनलाई घेर्ने नीतिबाट खुशी छ । प्रविधि र औद्योगिक नीतिमा चीनविरुद्ध थप सघन प्रतिस्पर्धा भएको हेर्ने भारतको चाहना छ । चीनलाई भू–रणनीतिक हिसाबमा घेरा हाल्न संरा अमेरिका र उसको पछि लागेका देशहरूबीचको सहकार्य अझ बलियो बनेको चाहन्छ ।
सी र बाइडेनबीचको भर्चुअल बैठकले बाइडेन सरकार चीनसँग प्रत्यक्ष द्वन्द्वमा फस्न चाहँदैन भन्ने कुरा देखायो । बरु दुई पक्षीय सम्बन्ध र प्रतिस्पर्धाको विकासलाई ‘नियन्त्रण’मा राख्न खोजेको देखियो । यसले चीन र संरा अमेरिकाबीच अवसरवादी भूमिका खेल्ने भारतको चाहनालाई खुम्च्याएको छ । केही भारतीय विद्वानहरू भारत सरकारले चीन–भारत सम्बन्धलाई धेरै पर पु¥याउन नहुने मत राख्छन् । कदाचित चीन र भारतबीच द्वन्द्व चर्किए संरा अमेरिकाले त्यसमा हस्तक्षेप गर्ने उनीहरूको मत छ ।
हिन्दू राष्ट्रवादको प्रभावमा मोदी सरकारको चीन नीति अस्पष्ट र तर्कहीन छ । गलवन उपत्यकामा भएको घम्साघम्सीपछि भारतले चीन–भारत सम्बन्धलाई खराब बनाउने कदम चाल्यो र संरा अमेरिका तथा क्वाडसँगको सम्बन्धलाई बलियो बनायो । तथापि, चीनको दृढ मान्यता र सीमा क्षेत्रमा सशस्त्र सैनिक परिचालनको कारण भारतले कुनै पनि लाभ उठाउन सकेन । बरु संरा अमेरिकासँग निकै निकट भएर भारतले रुस र इरानजस्ता देशहरूसँग सम्बन्ध बिगारेको छ । भारत र संरा अमेरिकाबीच अहिले रणनीतिकरूपमा सबभन्दा निकटको सम्बन्ध भए पनि वाशिङ्टनलाई नयाँ दिल्लीको क्षमताप्रति भर छैन । विशेषतः दोस्रो चरणको महामारीपछि भारतप्रति संरा अमेरिकाको विश्वास कम भएको छ । त्यसका साथै भारतका धेरै माग वाशिङ्टनलाई पूरा गर्न गा¥हो छ । त्यही भएर पनि संरा अमेरिकाले क्वाडबाहिर अर्को अउकस नामको संरचना स्थापना गरेको हो ।
भारतको वैदेशिक रणनीति समायोजनको क्रम सुरु भए पनि हामीले चीनप्रति उसको रणनीतिमा कुनै परिवर्तन नभएको कुरा हामीले बुझ्न जरुरी छ । बितेका दुई वर्षमा चीनसँगको द्वन्द्वमा भारत निकै अघि बढेको छ । त्यही भएर अहिले दुई देशबीचको सम्बन्ध चिसिएको छ । भारतको सीमामा तनाव सिर्जना गर्ने रणनीतिको मूल अभिप्रायः हातहतियार खरिद बढाउने र सीमा क्षेत्रमा अझ समस्या सिर्जना गर्नु हो । सैनिक तनावमा नजाने चीनको चाहनाबाट फाइदा उठाउँदै भारतले चीनलाई वार्तामा आउन र आफ्ना माग पूरा गराउन बाध्य बनाउन खोजिरहेको छ ।
चीनलाई घेराबन्दी गर्ने र हिन्द–प्रशान्त तथा युरेसियाली मोर्चा बनाउने आफ्नो योजनामा रुसलाई समावेश बनाउने भारतको चाहना छ । चीनलाई घेराबन्दी गर्ने काममा रुसले मद्दत गर्नुपर्ने भारतको अपेक्षा छ । तथापि, भारत भ्रमणलगत्तै पुटिनले बाइडेनसँग गरेको अनलाइन बैठकले आजका प्रमुख शक्तिहरूबीचको सूक्ष्मता र जटिलता देखाएको छ ।
(लेखक साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत चीन–दक्षिण एसिया सहकार्य अनुसन्धान केन्द्रका महासचिव हुनुुहुन्छ ।)
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवा दः सुशिला
Leave a Reply