हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भियना, १८ डिसेम्बर । अस्टे«याको राजधानी भियनामा शुक्रबार सातौँ चरणको इरान आणविक बैठक भएको छ ।
नोभेम्बर २९ बाट सुरु भएको बैठकमा चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत र इरानका प्रतिनिधि सहभागी थिए । वार्ताको अध्यक्षता युरोपेली बाह्य कार्य सेवाका उप–महासचिव इरिक मोराले गरेका थिए ।
इरान आणविक सम्झौता २०१५ को पालनालाई पुनःजीवन दिने उद्देश्यले सो बैठक बसेको बताइएको छ ।
बैठकबारे पत्रकारहरूलाई जानकारी दिन आयोजित पत्रकार भेटघाटमा बोल्दै उपमहासचिव मोराले नयाँ इरानी प्रतिनिधिमण्डलसँग काम थालेको जानकारी दिए ।
बैठकमा विभिन्न संवदेनशील विषयमा गहन छलफल भएको भन्दै तेहरानको नयाँ सरकारको राजनीतिक अवस्था र राजनीतिक संवदेनशीलताबारे चर्चा भएको मोराले जानकारी दिए ।
संयुक्त राष्ट्र सङ्घको लागि चीनका स्थायी प्रतिनिधि वाङ छुनले तीन साताको सघन बैठक र सबै पक्षको प्रयासपछि सातौँ चरणको बैठकमा महत्वपूर्ण सहमति र नयाँ दस्तावेज तयार भएको बताए । त्यसले आगामी वार्ताको निम्ति आधार तयार गर्नुका साथै इरान आणविक सम्झौतालाई सही बाटोमा ल्याएको उनको भनाइ छ ।
सन् २०१५ मा भएको इरान आणविक सम्झौताबाट संरा अमेरिकाको तत्कालीन ट्रम्प सरकारले एकपक्षीयरूपमा सन् २०१८ मा फिर्ता हुने निर्णय गरेको थियो ।
त्यसलगत्तै संरा अमेरिकाले इरानमाथि थप नाकाबन्दीलाई निरन्तरता दिएको थियो । त्यसको जवाफमा सन् २०१९ को मे महिनादेखि इरानले पनि आणविक सम्झौतामा उल्लेखित पालना गर्नुपर्ने प्रावधान पालना गर्न छोडेको थियो ।
Leave a Reply