शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
लामो समयदेखि चिली ल्याटिन अमेरिकाको अगुवा देश बन्दै आएको छ । त्यसकारण, ३५ वर्षका पूर्वविद्यार्थी एवम् वामपन्थी नेता गाब्रिएल बोरिकलाई आइतबार चिलीका जनताले राष्ट्रपति पदमा निर्वाचित गर्दा ल्याटिन अमेरिकाका जनताबीच ‘बोरिक विजयको अर्थ चिली र सिङ्गो ल्याटिन अमेरिकाको सन्दर्भमा के हुनसक्छ ?’ भन्ने प्रश्नमाथि छलफल सुरु भयो ।
पहिलो, चुनावको परिणाम नजिकबाट नियालौँ । झन्डै ५६ प्रतिशत मत प्राप्त गरेका बोरिक आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा दस प्रतिशतको मतान्तरले चुनाव जित्न सफल भए । चिलीको सन्दर्भमा यो ठूलो मतान्तर हो । सन् १९८९ मा चिलीमा प्रजातन्त्र पुनःस्थापना भयो । त्यसयता राष्ट्रपति निर्वाचित हुनेहरूले आफ्ना प्रमुख प्रतिद्वन्द्वीले प्राप्त गरेको मतभन्दा चार–पाँच प्रतिशतमात्र बढी प्राप्त गरे । तथापि, बोरिकका प्रमुख प्रतिस्पर्धी दक्षिणपन्थी खेमाका जोसे एन्टोनिओ कास्टले पहिलो चरणको निर्वाचन जितेनन् मात्र, प्रतिस्पर्धामा उल्लेखनीय ४४ प्रतिशत मत पनि हासिल गर्न सफल भए ।
पछिल्लो निर्वाचनको परिणामले सन् १९८८ मा भएको जनमतसङ्ग्रहको परिणाम स्मरण गराएको छ । सन् १९७३ देखि चिलीमा शासन गरेका तानाशाह अगस्टो पिनोचेको शासन चालु राख्ने वा नराख्ने भन्ने विषयमा भएको जनमतसङ्ग्रहमा उनको पक्षमा मत परिणाम आएको भए उनले अर्को आठ वर्ष शासन गर्ने थिए । जनमतसङ्ग्रहमा पिनोचेका समर्थकहरू पराजित भए । तर, चिलीका दक्षिणपन्थीहरू भने बाँकी नै रहे र अझै बाँचेकै छन् ।
दोस्रो चरणको निर्वाचनमा मत ध्रुवीकरण स्वाभाविक हो । तर, यसपालिको निर्वाचन परिणामले चिलीका जनताबीचको विभाजन निकै गहिरो देखाएको छ । दुवै पक्षमा झन्डै समान मत परेको देखियो । यो विभाजन लामो समय कायम रहने देखिन्छ ।
तर, यसले चिली र ल्याटिन अमेरिकाका वामपन्थीहरूमा पार्ने प्रभाव भने अझ विशेष हुनेछ । पहिलो चरणमा बोरिकले कम्युनिस्ट पार्टी, बृहत् मोर्चा (जसमा समाजवादी पार्टीबाहेकका वामपन्थी दल र आन्दोलनहरू सम्मिलित थिए) र विभिन्न वातावरणवादी, महिलावादी र एलजीबीटीक्यु (समलिङ्गी) सङ्गठनहरूको साथ लिएका थिए ।
तथापि, दोस्रो चरणमा बोरिकले त्यो गठबन्धनलाई अझ फराकिलो बनाए । उनको गठबन्धनमा समाजवादी दल, मध्यवामपन्थी प्रजातन्त्र पार्टी, क्रिस्चियन डेमोक्रेट्स र अन्य मध्यपन्थी सङ्गठनहरूलाई पनि सामेल गरे । त्यसकारण, चिलीका राजनीतिक विश्लेषक पेट्रोसिओ नाभियाले सोधे, कुन गठबन्धनले देशमा शासन गर्नेछ र बोरिकको सरकार कुन धरातलमा उभिएको छ ?
बोरिक सरकारबारे कुनै पनि पूर्वानुमानको निम्ति हामीले सन् २०१९ तिर फर्किनुपर्ने हुन्छ । सन् २०१९ मा चिलीका जनताले न्यून ज्याला, अपुग आवास, निवृत्तिभरण प्रणालीको निजीकरण, महँगो र जटिल स्वास्थ्य सेवा, वातावरणीय विनाश र महिला तथा आदिवासी जनताका अधिकारको हनन आदि धेरै विषयमा सडक आन्दोलन गरेका थिए । त्यसअघि पनि लामो समयदेखि आन्दोलनकारीहरू असमानताविरुद्ध लडिरहेका थिए ।
चिलीको चुनावी परिणाम घोषणा भएपछि ल्याटिन अमेरिकाका क्रान्तिकारी वामपन्थीका अगुवाहरू भेनेजुयला, क्युवा, मेक्सिको र अर्जेन्टिनाका नेताहरूले खुसियाली व्यक्त गरेका छन् । तर, उनीहरूको आशा निराशामा बदल्न कति पनि बेर नलाग्न सक्छ ।
गरिबी उल्लेखनीय हिसाबमा ओरालो लागे पनि धेरै चिलीका जनताले देशको आर्थिक ‘चमत्कार’ का उपलब्धि समानरूपमा सबै जनताबीच वितरण नभएकोमा चित्त बुझाएका थिएनन् । असमानताको मापन गर्न सबभन्दा बढी प्रयोग हुने पद्धति ‘गिनी कोफिसेन्ट’ चिलीमा विगत बीस वर्षको अन्तरालमा उल्लेखनीयरूपमा घटेको देखिएको छ । गिनी कोफिसेन्ट शून्य हुनुको अर्थ पूर्ण समानता हुनु हो र १ हुनुको अर्थ पूर्ण असमानता हुनु हो । सन् २००० मा चिलीको गिनी कोफिसेन्ट ०.५५ रहेकोमा सन् २०१९ मा ०.५१ मा झरेको छ । (बीचमा सन् २०१५ मा झरेर ०.४८ मा पुगेको थियो ।)
बोरिकको चुनावी कार्यक्रममा आन्दोलनकारीका सबैजसो समस्या र माग पुरा गर्ने वाचा गरिएको छ । उनले अनिवार्य स्वास्थ्य बीमाको सुविधा दिने वाचा गरेका छन्, निवृत्तिभरण प्रणालीमा सुधार गर्ने, न्यूनतम ज्याला दर बढाउने, विद्यार्थीको ऋण मिनाहा गर्ने र हप्तामा काम गर्ने दिन घटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ठूला कम्पनी र धनी व्यक्तिमाथि कर बढाएर सरकारी राजस्व बढाउने र त्यही सरकारी आम्दानी सामाजिक क्षेत्रमा खर्च गर्ने उनले घोषणा गरेका छन् । बोरिकले कुल गार्हस्थ उत्पादनको ८ प्रतिशतले सरकारी राजस्व बढाउने योजना बनाएका छन् ।
बोरिकको कार्यक्रम पक्कै पनि क्रान्तिकारी कार्यक्रम होइन । तर, यी महत्वाकाङ्क्षी कार्यक्रम भने अवश्य हुन् । यही वर्षको सुरुवातमा निर्वाचित भएको वामपन्थीको बाहुल्य भएको संविधान सभासँग यी मुद्दा सम्बन्धित छन् । (सन् २०१९ को जनआन्दोलनपछि आन्दोलनकारीको मागअनुसार नयाँ संविधान बनाउने अधिकारसहित १५५ सदस्यीय संविधान सभा गठन भएको थियो ।)
तर, दोस्रो चरणको निर्वाचनमा बोरिकले आफ्नो अवधारणालाई केही नरम बनाएका थिए । उनले चिलीको आर्थिक चमत्कार ‘द कन्सर्टासिओन’ लागु गर्ने राजनीतिक गठबन्धनलाई दोषारोपण गर्न छोड्नेदेखि चिलीका पूर्वराष्ट्रपतिहरू रिकार्डो लागोस र मिचेली बाचेलेटसमक्ष सहयोगसमेत मागे । दोस्रो चरणमा उनले उठाएका विषय अझ सुधारवादी खालका थिए । पहिलो चरणमा उनले उठाएका अधिकांश वाचा दोस्रो चरणमा पनि समावेश छन् । तर, तिनीहरू अघिल्लोको तुलनामा नरम लवजमा अभिव्यक्त गरिएका थिए ।
बोरिकलाई चुनावमा विजय गर्न मध्यपन्थी, परम्परागत र पुराना मतदातामात्र होइनन्, उनका युवा र क्रान्तिकारी समर्थकहरूले पनि भूमिका खेलेका छन् । त्यसको अर्थ सन् १९७७ देखि १९९५ को बीचमा जन्मको पुस्ता (मेलिनियल) का राष्ट्रपतिको राजनीतिक मुद्दाको विषयमा घनीभूत अन्तरसङ्घर्ष चलिरहेको हुनुपर्छ ।
बोरिकले यतिबेला सामना गरिरहेको तनाव मैले आजभन्दा पन्ध्र वर्षअघि भोगेको बृहत् प्रक्रियासँग सम्बन्धित छ । चालु शताब्दीको सुरुवातयता ल्याटिन अमेरिकामा दुई भिन्न खालका राजनीतिक ‘वामपन्थीहरू’ देखिए । एकथरी वामपन्थीहरू मध्यम धारका प्रजातान्त्रिक, विश्वव्यापी सोचसहितका आधुनिक वामपन्थी हुन् भने अर्को थरी वामपन्थी भने अराजकतावादी, कोरा सिद्धान्तवादी, राष्ट्रवादी र अधिनायकवादी खालका छन् ।
बोरिकले यतिबेला सामना गरिरहेको तनाव मैले आजभन्दा पन्ध्र वर्षअघि भोगेको बृहत् प्रक्रियासँग सम्बन्धित छ । चालु शताब्दीको सुरुवातयता ल्याटिन अमेरिकामा दुई भिन्न खालका राजनीतिक ‘वामपन्थीहरू’ देखिए । एकथरी वामपन्थीहरू मध्यम धारका प्रजातान्त्रिक, विश्वव्यापी सोचसहितका आधुनिक वामपन्थी हुन् भने अर्को थरी वामपन्थी भने अराजकतावादी, कोरा सिद्धान्तवादी, राष्ट्रवादी र अधिनायकवादी खालका छन् ।
बितेका बीस वर्षमा चिली र उरुग्वेमा सरकार चलाएकाहरू मध्यममार्गी वामपन्थी समूहका उदाहरण हुन् । त्यस्तै ब्राजिलका राष्ट्रपति लुइस इनासिओ लुला दा सिल्भाको दोस्रो कार्यकाल (भ्रष्टाचार भए पनि) त्यस्तो वामपन्थी सरकारको अर्को उदाहरण हो । केही कम मात्रामा भए पनि बोलिभियाका राष्ट्रपति इभो मोरालेसको पहिलो सरकार र एल साल्भाडोरको फाराबुन्डो मार्टी राष्ट्रिय मुक्ति मोर्चाको सरकार (भ्रष्टाचार भए पनि) यही कोटीका वामपन्थी सरकार थिए ।
भेनेजुयलाका दिवङ्गत राष्ट्रपति ह्युगो चाभेज र उनका अनुयायी निकोलस माडुरो, इक्वेडरका राफेल कोरेया, निकारागुआका राष्ट्रपति डानिएल आर्टोगा र क्युवाको क्यास्ट्रो सरकार ल्याटिन अमेरिकामा क्रान्तिकारी वामपन्थीका उदाहरण हुन् । मेक्सिकोको एन्ड्रेज मानुएल लोपेज अब्राडर, पेरुको पेड्रो कास्टिल्लो र अर्जेन्टिनाको नेस्टोर किर्चनर, क्रिस्टिना फर्नान्डेज डि किर्चनर र अल्बर्टो फर्नान्डेजको सरकारले विगतकै नीति र सिद्धान्त लागु गर्न खोजे पनि तिनको प्रस्ट वर्गीकरण भने गर्न गाह«ो छ ।
चिलीको चुनावी परिणाम घोषणा भएपछि ल्याटिन अमेरिकाका क्रान्तिकारी वामपन्थीका अगुवाहरू भेनेजुयला, क्युवा, मेक्सिको र अर्जेन्टिनाका नेताहरूले खुसियाली व्यक्त गरेका छन् । तर, उनीहरूको आशा निराशामा बदल्न कति पनि बेर नलाग्न सक्छ ।
चिलीमा पहिलो चरणको चुनावका केही समयअघि भएका घटना उदाहरणको रूपमा प्रस्तुत गर्नु सान्दर्भिक होला । ओर्टेगाको पुनःनिर्वाचन, क्षेत्रीय निर्वाचनमा माडुरोको भारी मतसहितको विजय र क्युवामा भएको प्रदर्शनबारे बोरिकको गठबन्धनमा सामेल दलहरूले फरक–फरक खालका मत व्यक्त गरेका थिए । केही आन्तरिक मतभेदपछि कम्युनिस्ट पार्टीसहित केही दलले ओर्टेगा र माडुरोलाई बधाई दिने र हवाना सरकारलाई समर्थन गर्ने निर्णय गरे पनि बोरिक स्वयम् र उनलाई दोस्रो चरणमा समर्थन गर्ने सहयोगी दलहरूले ती मुद्दामा समर्थन गरेका छैनन् ।
चिलीको पछिल्लो इतिहास, दोस्रो चरणको निर्वाचनको परिणाम र सत्तासीन मोर्चाको बनावटका आधारमा विश्लेषण गर्दा बोरिक सरकार ल्याटिन अमेरिकाका विगतका वामपन्थी सरकारजस्तो नहुने सम्भावना उत्तिकै छ । बरु त्यो युरोपको सामाजिक प्रजातन्त्रवादी सरकारजस्तै हुने सम्भावना बढी छ । बोरिक सरकार सन् १९७० को दशकमा स्पेनमा प्रजातन्त्र स्थापना भएपछि पहिलो समाजवादी प्रधानमन्त्री बनेका फिलिप गोञ्जालेजको सरकारजस्तै हुने देखिन्छ । चिली र ल्याटिन अमेरिकामा धेरैले यस्तै अपेक्षा गरेका छन् ।
लेखक मेक्सिकोका पूर्वविदेश मन्त्री र न्यु योर्क विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।
स्रोत ः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद ः सुशिला
Leave a Reply