भर्खरै :

विज्ञानको प्रगतिले अन्धविश्वासको जरोलाई किन उखेल्न सकेन ?

यदि कर्मअनुसार फल पाउने हो भने, ‘धर्म गरे स्वर्ग पाउने’ लोभ देखाएर चारै दिशा फर्काएर माइक राखी टोल छिमेकलाई दिनभर पुराणको कथा सुनाउने र आधा रातसम्म भजन सुनाएर बिरामीलाई पनि सुत्न नदिनेले पाउने चाहिँ नर्क नै हो । तर, दुर्भाग्य ¤ नर्क पनि छ भन्ने कुरा पुष्टि भएको छैन । यहाँ ‘स्वर्ग पाउने लोभ देखाउने’ भन्नुको अर्थ तिनीहरूमध्ये धेरैलाई थाहा छ कि स्वर्ग भनेको कल्पनामात्र हो वास्तविकता होइन । यो कुरा सर्र्वसाधारण जनतालाई भनिँदैन किनकि तथाकथित धर्मलाई नै ठगी खाने भाँडो बनाइरहेका छन् ।
सन् १७९९ मा अन्त्य भएको फ्रान्सेली क्रान्ति नास्तिकताको उत्थानको लागि पोपको सर्वोच्चता र रोमन साम्राज्यको विरूद्ध युरोप र विश्वभरि सांस्कृतिक अडानको एक मोड थियो । फ्रान्सका अन्तिम राजा लुई सोह्रौँलाई गिलेटिनमा राखेर काटियो । पुरानो ‘सामन्ती’ अवशेषहरू सबै मेट्न र ईश्वरलाई मानिसले भुलून भनेर फ्रान्सेली क्रान्तिपछि १० दिनको एक हप्ता बनाइएको थियो । तत्कालीन समयमा महिलाको अस्तित्व अस्वीकार गरिने हुँदा ‘सबै पुरूष समान हुन्’ भन्ने नाराको लागि रगतको खोलो बगाइयो । तर, २ सय वर्षपछि पनि मानिसले न भगवानको प्रार्थना गर्न बिर्से न त्यसैको नाममा रक्तपात गर्ने मानिसको कमी नै भयो ।
विज्ञानले प्रगति गरेसँगै अन्धविश्वासको जरो उखेलिँदै जानुपर्ने हो । तर, वर्तमानमा त्यसको ठीक उल्टो भइरहेको छ । केही धर्मान्धहरूले परम्परा जोगाउने नाममा धर्मलाई ढाल बनाउँदा यस्तो परिस्थिति सिर्जना भएको हुनुपर्छ । आस्थाको नाममा अन्धविश्वासलाई मलजल गरिँदै छ । हिन्दूहरूका सबै चाडहरू कुनै न कुनै ‘देवता’सँग जोडिएको छ । प्रत्येक देवता पूजेवापत लाभ हुन्छ र ‘पाप’ गरिएको छ भने त्यसको सजायबाट मुक्त हुने भनिएको छ । यसले मानिसलाई भाग्यवादी बनाएको छ र मानिसभित्र रहेको आत्मविश्वास कमजोर बनाएको छ । फलानो देवतालाई पूजेबापत फलानो कुरा प्राप्त हुन्छ भन्नुको अर्थ देवताको आशीर्वादविना मानिसको कर्म, लगन र सिपको कुनै अर्थ रहँदैन । केही प्राप्त गर्नु छ भने सम्बन्धित ‘देवता’ को प्रार्थना गर्नैपर्छ भन्नु हो । त्यसैगरी देवता रिझाउने वा मानिसको चाहना, कामना सम्बन्धित ‘देवता’ सम्म पु¥याउने जिम्मा पुरेत र पुजारीसंँग मात्र छ । कसैले आफ्नो मातृभाषामा बोलेको ‘देवता’ ले बुझ्दैनन् । ‘देवता’ संँग संस्कृत भाषामा बोल्नुपर्छ । अर्थात् ‘देवता’ संँग प्रार्थना गर्न खेतालो हाल्नु अनिवार्य छ । जसरी जग्गाको कारोबार हुँदा दलालले क्रेता र बिक्रेताबीच सिधै सम्पर्क राख्न नदिई बीचमा बसेर दलाली भाग खान्छ त्यसरी नै ‘देवता’ र मानिसबीच सिधा सम्पर्क राख्न नमिल्ने गर्न जनमानसमा नबोलिने संस्कृत भाषालाई मन्त्रको नाममा बीचमा घुसाइएको छ ।

धार्मिक पाखण्डीहरूको देखाउने दाँत पनि अनौठो लाग्छ । भारतीय प्रधानमन्त्री मोदीले नदीमा गएर जल अर्पण भन्दै एउटा लोटामा त्यही नदीको फोहोर पानी टाउको माथि पु¥याएर नदीमै खन्याउनु धार्मिक कार्य रे !धार्मिक पाखण्डहरूको लागि मिथकीय पात्र रामको नाम जप्नु, छली इन्द्र र विष्णुको भजन रातदिन गाउनु तथाकथित धर्मभित्र पर्छ रे ¤ कुनै पण्डित वा धर्माधिकारीले यसको जवाफ दिन सक्ने छैन । धेरैलाई धर्म र अध्यात्मिक एकैजस्तो लाग्न सक्छ । धर्म भनेको अरूको लागि हो । अर्थात् अरूमाथि परोपकार गर्नु नै धर्म हो भने अध्यात्मिक भने आफ्नो लागि हो । अर्थात् मनलाई स्थिर राखेर आफू स्वस्थ हुुन योग वा ध्यानजस्ता कार्य गर्नु ।

वास्तवमा न मान्छेले जन्मँदै ‘भाग्य’ लिएर आएको हुन्छ न देवताले मानिसलाई कुनै बरदान दिन नै सक्छ । यदि जन्मँदै ‘भाग्य’ लिएर आएको हो भने मानिसले हात, खुट्टा र दिमाग चलाउनु आवश्यक रहँदैन । लेखपढ गर्न वा कुनै सिप सिक्न जरुरतै छैन । जे हुनु छ, भाग्यमा लेखिएअनुसार हुन्छ भने मानिसको प्रयत्नको के अर्थ रहन्छ र ? भाग्य जन्मजात हो भने देवताले पनि भाग्य बदलिदिन सक्दैनन् । जे हुनु छ त्यो भैछोड्ने हो भने ‘देवता’सँग प्रार्थना गर्नुको के अर्थ रहन्छ र ? धर्मान्धहरू अन्तरविरोधले भरिएको तर्क गर्छन् । त्यसैले पर्व, तिथिसंँग देवता जोड्ने, हरेक पर्वमा यो वा त्यो ‘देवता’को नाममा भोकै बस्नु वा पूजा, प्रार्थना गर्नुको कुनै अर्थ छैन ।
विभिन्न धर्मका धर्मभिरुहरूले भनेको मान्ने हो भने वास्तवमा ‘भगवान’हरू मानिसभन्दा पनि धेरै घमण्डले ग्रस्त छन् ? म नै सबैथोक, मैले नै सबै गरेको । मबिना केही पनि छैन । म नै सृष्टिको कारण र विनाशक पनि । मेरो शरणमा आऊ सबैकुराबाट मुक्त हुन्छौ । सबै आफैले गरेको भए मान्छेलाई किन कुनै गलत कामको दोष र सजाय लाग्छ त ? सर्वशक्तिमान ईश्वरले सबैलाई सिधै धर्मात्मा बनाउन नसकेकै हो त ? अनि यो रोग, क्रोध, अपराधको, हिंसाको सृष्टि चाहिँ कसले गरेको रहेछ ?
धार्मिक पाखण्डीहरूको देखाउने दाँत पनि अनौठो लाग्छ । भारतीय प्रधानमन्त्री मोदीले नदीमा गएर जल अर्पण भन्दै एउटा लोटामा त्यही नदीको फोहोर पानी टाउको माथि पु¥याएर नदीमै खन्याउनु धार्मिक कार्य रे !धार्मिक पाखण्डहरूको लागि मिथकीय पात्र रामको नाम जप्नु, छली इन्द्र र विष्णुको भजन रातदिन गाउनु तथाकथित धर्मभित्र पर्छ रे ¤ कुनै पण्डित वा धर्माधिकारीले यसको जवाफ दिन सक्ने छैन । धेरैलाई धर्म र अध्यात्मिक एकैजस्तो लाग्न सक्छ । धर्म भनेको अरूको लागि हो । अर्थात् अरूमाथि परोपकार गर्नु नै धर्म हो भने अध्यात्मिक भने आफ्नो लागि हो । अर्थात् मनलाई स्थिर राखेर आफू स्वस्थ हुुन योग वा ध्यानजस्ता कार्य गर्नु ।
भूपू प्रधानमन्त्री, साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको अन्तिम लेखमा उल्लेख भएका केही शब्द यहाँ पुनः उल्लेख गर्नु सान्दर्भिक हुन्छ । म देवताकहाँ प्रार्थना कहिल्यै पनि गर्दिनँ । किनभने मैले देखेको छु– मेरोभन्दा बढी आवश्यकता परेका मानिसहरूको प्रार्थना देवताले सुन्न सकेका छैनन् भने मेरो कुरा पुग्छ भनेर म भगवानसँग प्रार्थना गरौँ ? त्यसो हुनाले मैले ‘देवता’ कहाँ कहिल्यै पनि प्रार्थना गरिनँ ।”
त्यसैगरी हिन्दू धर्मसंँग जोडिएका अवैज्ञानिक र अव्यावहारिक कर्मकाण्डी रीति, संस्कृति, संस्कार परम्पराहरू पनि समयानुकूल छैन । तिनलाई समाजबाट सिनित्त बढार्नुपर्ने जरुरत छ । धर्मविना पनि समाज चल्छ । मानिसको आवश्यकताले भन्दा पनि धर्मको आडमा जीविका चलाउने सन्दर्भमा धर्मको विकास भएको मानिन्छ । आफूलाई कुनै न कुनै धर्ममा जोडिनु नै पर्छ भन्ने पनि होइन किनकि विश्वका झन्डै एकतिहाइ मानिसले कुनै धर्म मान्दैनन् । ‘मन चङ्गा तो लोटा मे गङ्गा’ ¤ त्यसैले धर्मनिरपेक्ष रहँदा कुनै पापको भागिदारी होइँदैन ।
संस्कृति र अन्धआस्था फरक छुट्याउन सक्नुपर्छ । मानिसको अज्ञानता र विश्वासमा टेकेर गरिने ठगीलाई हामीले बुझ्नुपर्छ । मान्छेलाई तर्साएर वा अन्धकारमा राखेर सधैँ उल्लु बनाउन सकिँदैन । धर्म संस्कृतिको माया गर्नेले विकृति हटाउने कोसिस गर्नुपर्छ । धर्मको नाममा पुरेतले ठगी गर्नु र नेताले धर्मलार्ई राजनीतिक स्वार्थसिद्ध गर्ने औजार बनाउनुमा तात्विक अन्तर छैन । हरेक विषयलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउनु राम्रो हुन्छ । घुमाउरो बाटोबाट गलत कुराको पक्षपोषण गर्नु पनि अपराध नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *