भर्खरै :

दैलेखमा स्तालिन र माओ जयन्ती मनाइयो

दैलेख, ११ पुस । नेपाल मजदुर किसान पार्टी आठबीस नगर समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान गुरूहरू जेभी स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम भयो । कार्यक्रममा नेमकिपा चौधौँ दैलेख जिल्ला सम्मेलन तयारी समितिका सदस्य सौर्य कामीले स्तालिन र माओले संसारका श्रमिक जनतालाई परिवर्तन र शोषणबाट मुक्त हुन सकिने कुरा व्यवहारमा देखाउनुभएको बताउनुभयो ।
तयारी समितिका अर्का सदस्य धनबहादुर सिजापतिले अक्टोबर समाजवादी क्रान्ति र चीनको नयाँ जनवादी क्रान्ति संसारका क्रान्तिकारीहरूको लागि सधैँ प्रेरणादायी हुने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका अर्का सदस्य गम्भीर विक, नेमकिपा आठबीसका जयबहादुर बडुवाल, नेक्राविसङ्घका पत्रिका सिजापति, शिक्षक डम्बर सिंह, विनोद विक, जया कामी, मोती सुनारलगायतले बोल्नुभएको थियो ।
त्यस्तै नेमकिपा आठबीस नगर समितिको आयोजनामा तर्कुमा स्तालिन र माओ दिवस मनाइयो । कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समितिका सचिव लक्ष्मी विकले गरिब परिवारबाट आउनुभएका स्तालिनले देशको नेतृत्व गरेर श्रमिक जनतालाई मुक्त बनाउनुभएको बताउनुभयो । उहाँले चीनमा माओ त्सेतुङले चीनको सन्दर्भमा माक्र्सवाद–लेनिनवादको प्रयोग गरेर चीनका जनतालाई युगौँदेखिको शोषण र साम्राज्यवादी दमनबाट मुक्त बनाउनुभएको देनको चर्चा गर्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य धनबहादुर सिजापतिले माओकै शिक्षाको कारण चीनले आजको समृद्धि हासिल गरिरहेको र चीनका जनतालाई गरिबीबाट मुक्त गर्नुभएको बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका अर्का सदस्य कलबहादुर सिजापतिले देश हितविरूद्धको एमसीसी सम्झौतालाई विफल बनाउन देशभक्त नेपालीहरू एकजुट हुुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा टीकाराम कठायत, रत्नबहादुर कठायत, कटकबहादुर कठायत, रामबहादुर बडुवाल, रणबहादुर कठायतलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा लोकराज विक, मानबहादुर सिजापति, प्रमोद बडुवाल, जयबहादुर बडुवालले पनि बोल्नुभएको थियो ।
त्यस्तै माओ जयन्तीको अवसरमा नेमकिपा डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ एकाइ समितिको आयोजनामा आइतबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा १४ औँ जिल्ला सम्मेलन तयारी समितिका सदस्य खगिसरा रेग्मीले विश्व सर्वहारा वर्गका महान् नेता अध्यक्ष माओ कामदार वर्गका नेता भएको बताउनुभयो ।
माक्र्सवादलाई चिनियाँ परिवेशमा सफलरूपमा सम्पन्न गर्न अध्यक्ष माओको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहाँले नेमकिपाको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा हो भन्नुभयो ।
नेमकिपा डुुङ्गेश्वर गाउँपालिका सम्मेलन तयारी समितिका सहसंयोजक हीरामणि न्यौपानले अध्यक्ष माओको व्यक्तित्वबारे चर्चा गर्नुभयो ।
लिलाप्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा विन्दुलाल रेग्मी, अनिराम न्यौपाने, बालबहादुर विक, डिल्लीप्रसाद न्यौपानेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *