सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
प्योङयाङ, २८ डिसेम्बर । प्रजग कोरियाको सत्तारुढ कोरियाली मजदुर पार्टी केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ । हरेक नयाँ वर्षको आरम्भमा कोरियाली मजदुर पार्टीले बैठक बसी एक वर्षको लागि आफ्नो वार्षिक कार्यक्रम घोषणा गर्ने गरेको छ । अहिले सुरु भएको बैठकबाट पनि एक वर्षको लागि प्रमुख नीति र कार्यक्रम घोषणा गरिने त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको चौथौँ बिस्तारित बैठक सोमबारबाट सुरु भएको जनाएको छ ।
“विस्तारित बैठकले सन् २०२१ मा पार्टी र राज्यका प्रमुख नीति र कार्यान्वयनको समीक्षा गर्नेछ”, समाचारमा उल्लेख छ ।
“विस्तारित बैठकमा रणनीतिक र कार्यनीतिक नीतिबारे छलफल र निर्णय गर्नेछ । हाम्रो पार्टी र दलको सङ्घर्षलाई गतिशील ढङ्गले निर्देशित गरी समाजवादी निर्माणको नयाँ चरणलाई विजयको अर्को चरणमा डो¥याउनेछ”, केसीएनएले भनेको छ ।
बिस्तारित बैठकको अध्यक्षता कोरियाली मजदुर पार्टीका महासचिव तथा प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले गर्नुभएको छ । सन् २०१८ देखि हरेक वर्षको नयाँ वर्षमा उहाँले पार्टी कार्यक्रम र नीति सार्वजनिक गर्दै आउनुभएको छ । सन् २०१९ को बैठकमा किमले दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिकमा प्रजग कोरियाली खेलाडीहरूको प्रतिनिधि पठाउने घोषणा गर्नुभएको थियो ।
Leave a Reply