कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
(नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘संरा अमेरिकी प्रजातन्त्रको अवस्था’ बारे भएको अन्तरक्रिया कार्यक्रममा व्यक्त मन्तव्य)
मानिसहरू अमेरिका वा विदेश भनेपछि हुरूक्कै हुन्छन् । आफ्ना परिवार, आफन्तजन छोडेर रोजगारीको सिलसिलामा विदेशिन्छन् । नहोस् पनि कसरी ? नेपालको कुरूप राजनीतिक अवस्थाले सबै क्षेत्रलाई नकारात्मक प्रभाव पारेको छ । नेतृत्व तहमा काम गरेका राजनीतिक दलहरूको व्यक्तिगत र दलीय स्वार्थले गर्दा आज नेपाली जनताले कुनै सुख सुविधा पाएका छैनन् । यदि नेपालमै राम्रो रोजगारको बन्दोबस्त भएको भए धेरै युवाहरू विदेशिने थिएन । देशको दुरवस्था कायम राख्न देशका सशक्त युवा विदेश पठाएर यथास्थितिमै राख्न चाहने दूषित मानसिकताका कारण यस्तो अवस्था सृजना भएको हो ।
प्रजातन्त्रबारे धेरै–धेरैले परिभाषा दिएका छन् । ‘जनताले जनताको लागि जनताद्वारा गरिने शासन नै प्रजातन्त्र हो’ भन्ने अब्राहम लिङ्कनको सिद्धान्त अहिले पनि संसारभर लागु छ । ग्रीक भाषाबाट आएको प्रजातन्त्र शब्दको अर्थ ‘जनताको शासन वा जनताको सार्वभौमिकता’ हो । कुनै पनि देशको प्रजातन्त्र आफ्नै इतिहासको आधारमा स्थापना र विकास हुन्छ । त्यहाँको राष्ट्रिय परिवेशअनुसार प्रजातन्त्र फल्दै फुल्दै जान्छ । प्रजातन्त्र जनताको समस्या समाधान गर्न प्रयोग गरिने सशक्त माध्यम हो । कुनै पनि देश प्रजातान्त्रिक हो या होइन भन्ने कुरा त्यो देश त्यहाँका जनताले चलाएका छन् कि छैनन् भन्ने कुराबाट थाहा पाउन सकिन्छ । आलेखको भूमिकामा प्रजातन्त्रको यथार्थबारे जानकारी दिने प्रयास गरेको छ ।
आज नेपालमात्र होइन, एसियालगायत विकासोन्मुख देशहरू पनि अमेरिका भनेपछि हुरूक्कै हुन्छन् । तर, अमेरिका के हो ? अमेरिकाको इतिहास के हो ? अमेरिकाले के रणनीति अपनाइरहेको छ ? अमेरिका अन्य देशहरूमाथि किन युद्ध थोपर्न चाहन्छ ? अमेरिकाको राजनीतिक अवस्था कस्तो छ ? भन्ने विषयमा अध्ययन गर्ने कम छन् । यी यावत् प्रश्नहरूबारे हामीले उत्तर जान्नु आवश्यक छ ।
‘संरा अमेरिकामा प्रजातन्त्रको अवस्था’ बारे हामी छलफलको सिलसिलामा छौँ । ‘मजदुर दैनिक’ को वर्ष २३ अङ्क ३१६ देखि ३२१ सम्मको अन्तर्राष्ट्रिय पृष्ठमा ‘संरा अमेरिकामा प्रजातन्त्रको अवस्था’ शीर्षकको आलेख प्रस्तुत छ । जुन समयसान्दर्भिक र जानकारीमूलक छ । ‘प्रजातन्त्रको राजाको’ उपाधि लिनमा अग्रसर संरा अमेरिकाको कर्तुत जान्न यो आलेख अत्यन्त महत्वपूर्ण छ । तथ्य र विज्ञहरूको मतको आधारमा तयार पारिएको यो आलेखले संरा अमेरिकाको प्रजातन्त्रका कमी कमजोरी र दुरूपयोग उजागर गर्नुका साथै त्यस्तो प्रजातन्त्र निर्यात गर्दा पु¥याउने हानि प्रकाशमा ल्याउन मद्दत गर्नेछ ।
गत डिसेम्बर ९ र १० मा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको अग्रसरतामा कथित ‘प्रजातन्त्र सम्मेलन’ आयोजना गरिएको थियो । सो सम्मेलनमा अमेरिकाले पूर्वाग्रहवस रूस र चीनजस्ता देशहरूलाई आमन्त्रण नगरी बरू चीनको अविभाज्य भाग थाइवानलाई आमन्त्रण गरिएको थियो । यसबाट चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको जान्न सकिन्छ । ‘प्रजातन्त्रको नमुना’ मानेको अमेरिकाको आफ्नो कर्तुतबारे प्रस्ट्याउन चीनको विदेश मन्त्रालयले प्रजातन्त्र र अमेरिकी प्रजातन्त्रको अवस्थाबारे आलेख सार्वजनिक गरेको छ । प्रजातन्त्रको नाममा संरा अमेरिकाले गरिरहेको गतिविधि र संरा अमेरिकाकै प्रजातन्त्रको क्षयीकरणबारे विश्लेषण गरिएको सो आलेखको नेपाली अनुवादले नेपाली जनता अझ बढी सचेत हुनेछन् ।
प्रजातन्त्रबारे धेरै–धेरैले परिभाषा दिएका छन् । ‘जनताले जनताको लागि जनताद्वारा गरिने शासन नै प्रजातन्त्र हो’ भन्ने अब्राहम लिङ्कनको सिद्धान्त अहिले पनि संसारभर लागु छ । ग्रीक भाषाबाट आएको प्रजातन्त्र शब्दको अर्थ ‘जनताको शासन वा जनताको सार्वभौमिकता’ हो । कुनै पनि देशको प्रजातन्त्र आफ्नै इतिहासको आधारमा स्थापना र विकास हुन्छ । त्यहाँको राष्ट्रिय परिवेशअनुसार प्रजातन्त्र फल्दै फुल्दै जान्छ । प्रजातन्त्र जनताको समस्या समाधान गर्न प्रयोग गरिने सशक्त माध्यम हो । कुनै पनि देश प्रजातान्त्रिक हो या होइन भन्ने कुरा त्यो देश त्यहाँका जनताले चलाएका छन् कि छैनन् भन्ने कुराबाट थाहा पाउन सकिन्छ । आलेखको भूमिकामा प्रजातन्त्रको यथार्थबारे जानकारी दिने प्रयास गरेको छ ।
आलेखमा संरा अमेरिकाको मुख्य तीन समस्या, अमेरिकी शैलीको प्रजातन्त्र पैसाको राजनीतिक खेल बनेको छ र धनीमानीको शासन विशेषाधिकारको शासन(भिटोक्रेसी) मा पुगेको नियन्त्रण र सन्तुलनको सिद्धान्त आदि समस्याका बारेमा विस्तृत चर्चा गरिएको छ । अमेरिकाको चुनाव, संसद र सरकारका सबै प्रक्रियामा पैसाको राजनीति भित्रसम्म पसिसकेको यथार्थ उदाहरणसहित प्रस्तुत गरेका छन् । मनग्य पैसा भएको मान्छेले मात्र अमेरिकी संविधानले दिएको प्रजातान्त्रिक अधिकार पाउने तर जनताले सीमित अधिकारमात्र पाएका छन् । पैसाको राजनीति अमेरिकी समाजको ‘हटाउनै नसकिने ट्युमर’ बन्दै गएको र अमेरिकामा प्रजातन्त्र एउटा व्यङ्ग्यको विषय बनेको कुरा आलेखमा उल्लेख छ । ठुल्ठूला कम्पनी, धनीमानीहरूबाट प्राप्त धन नै चुनावमा खर्च गर्ने हुँदा निर्वाचित प्रतिनिधिहरूले अमेरिकी जनताको आवाज बोल्दैनन् बरू निश्चित स्वार्थ समूहका मानिसहरूका कुरा बोलेका हुन्छन् र धनीमानीले आफूसँग भएको शक्ति आफैलाई धनी बनाउन प्रयोग गर्छन् । आफ्नो प्रभुत्व कायम गर्छन् । सर्वसाधारण जनताको सहभागिता मत प्राप्त गर्नका लागि हुने गर्छ । ‘संसारका सबै काग काला हुन्छन्’ भनेजस्तै नेपालका ठूला दलका पुँजीवादीहरू पनि त्यस्तै छन् । यसबाट हामी नेपाली जनता बेलैमा गम्भीर हुन आवश्यक छ ।
भिटोक्रेसीलाई अमेरिकी राजनीति संस्कृतिको रूपमा परिभाषित गर्दै आएको र ‘मैले सकिनँ भने तिमीलाई पनि गर्न दिन्नँ’ भन्ने आक्रामक मनस्थिति संरा अमेरिकामा विशेषाधिकारको रूपमा हावी भएको कुरा विभिन्न विद्वानहरूले मतसहित प्रस्ट पारेका छन् ।
आलेखमा अमेरिकाको गलत चुनावी प्रणालीबारे बताइएको छ । जसमा जनताको मतबाट निर्वाचित उम्मेदवार इलेक्ट्रोल मतबाट पराजित हुने भएकोले जनताले अपेक्षा गरेअनुरूप नहुनु स्वाभाविक हो । यसबाट जनताको प्रतिनिधित्व नहुने स्पष्ट छ । चुनावी प्रणालीमा आफ्नो अनुकूलतामा निर्वाचन क्षेत्रको सीमा नै हेरफेर गर्ने गलत प्रवृत्ति देखिन्छ । साथै चुनावको बेलामा मात्र जनतालाई सम्झने, ठुल्ठूला वाचा र आश्वासन बाँध्ने तर मतदानपछि उपेक्षा गर्नुृ गलत प्रजातन्त्रको शैली हो भन्ने कुरा ‘कमजोरी नै कमजोरी भएको चुनावी कानुनले चुनावको निष्पक्षता र न्यायको उपहास गरेको छ’ भन्ने शीर्षकमा उल्लेख छ ।
यसर्थ, राजनीतिक झगडा, पैसाको राजनीतिक र विशेषाधिकारको शासनले अमेरिकी सर्वसाधारण जनताले चाहेकोे गुणस्तरीय सुशासन दिन असम्भव बनाइदिएबाट जनता निराश छन् । अमेरिकाको प्रजातन्त्रबाट कति जनता सन्तुष्ट छन् भन्ने तथ्याङ्क सङ्कलन वा सर्वेक्षण गर्दा करिब २० प्रतिशतमात्र भएको निष्कर्ष निकालेको देखिन्छ ।
‘अन्तरनिहित जातिवाद’ शीर्षकको लेखमा अमेरिकाले जातीय विभेदलाई उन्मूलन गरेको बाहिर फलाके पनि अझै देशभर जातिय द्वन्द्व कायम भएको र अमेरिकी समाजले समय–समयमा जातीय विभेदको घाउको दुःखाइ अनुभव गर्दै आएको वास्तविकता उल्लेख छ । सन् २०२० को मे २५ मा काला अमेरिकी जर्ज फ्लोडले मेनिसेटामोमा ज्यान गुमाएको घटना अझै ताजै छ । यस्ता थुप्रै जातीय विभेदका कारण हुने हिंसाले सिङ्गो संरा अमेरिकी जनता आक्रोशमा छन् । यसप्रकार ‘संरा अमेरिकाको प्रजातन्त्रमा जातिवाद एउटा अमिट कालो धब्बा हो ।’ भन्ने स्पष्ट छ ।
संरा अमेरिकामा कोभिड–१९ महामारीको सफल व्यवस्थापन गर्न नसकेको कारण लाखौँ सङ्ख्यामा सङ्क्रमितको मृत्यु भएको निष्कर्ष विभिन्न विद्वानहरूले निकालेका छन् । संरा अमेरिकामा कोरोना भाइरस लगातार फैलिनुको कारण विज्ञानको कमी नभई राजनीतिक दलहरूको व्यक्तिगत स्वार्थले गर्दा हो । महामारीको प्रतिरोधलाई राजनीतीकरण गरेर एक अर्कामाथि दोषारोपण गरे र झै–झगडामा सीमित राखे । त्यस्तै धनीमानीले मात्र उपचार गर्न सक्ने स्वास्थ्य प्रणालीको कारण गरिब जनता बिनाउपचार मर्न बाध्य भए । कोभिड व्यवस्थापन प्रभावकारी नहुँदा र सङ्कट समाधान गर्न नसक्दा संरा अमेरिकाको प्रजातन्त्र क्षयीकरणतर्फ अगाडि बढेको हो कि भनी सजिलै अनुमान गर्न सकिन्छ ।
संरा अमेरिकामा सञ्चारमाध्यमलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग दाँजेर ‘राज्यको चौथो अङ्ग’ र पत्रकारहरूलाई ‘शिरपेच नभएका राजाहरू’ मान्ने कुराले अचम्मित भए । पत्रकारहरू आफूलाई स्वतन्त्र र निष्पक्ष दाबी गरे तापनि उनीहरू धनीमानीको वा दलीय राजनीतिको सेवा गर्छन् । व्यापारिक समूहले नियन्त्रण गरिराखेको र राजनीतिक शक्तिको भूमिका खेल्ने कुराले साँच्चै नै सञ्चारमाध्यम शक्तिशाली भएको कुरा मान्न समय लागेन ।
प्रजातन्त्रको नाउँमा अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने संरा अमेरिकाको नानीदेखि लागेको बानी हो । उसले संसारका अरू देशमा आफू पक्षधर सरकार स्थापना गर्न प्रयास गरिरहन्छन् । अरू देशमा आफू पक्षधर ल्याउनका लागि ती देशमा राजनीतिक अराजकता मच्चाउने र सामाजिक अस्थिरता फैलाउने, विध्वंश ल्याउनेजस्ता कार्यहरू गर्दै छन् । ‘हामीले उनीहरूलाई बनाउन चाहेजस्तो बनाउने’, ‘हाम्रा निर्देशन मान्ने बनाउने’, ‘मेरो बाटो हिँड्ने भए, नभए अर्को बाटो हिँड्न पाउँन्नौ ।’ भन्नेजस्ता अभिव्यक्तिले संरा अमेरिकाको अप्रजातान्त्रिक शैली स्पष्ट हुन्छ । संरा अमेरिकाले क्युवा, सिरिया, अफगानिस्तान, इराकलगायत थुप्रै देशहरूमा आफ्नो प्रजातन्त्र निर्यात गर्ने नाममा धेरै मानवीय सङ्कट निम्त्याएको छ । संरा अमेरिकाले मनपरी थोपर्ने एकोहोरो नाकाबन्दी र विस्तारित क्षेत्राधिकारले अरू देशको सार्वभौमिकतामाथि आँच आएको छ । ती देशहरूको विकास चिप्लेकीराको हिँडाइजस्तै भएको छ ।
संरा अमेरिकी जनता वास्तवमै आफ्नो देशको अवस्थासँग सन्तुष्ट छैनन्, जनताको प्रतिनिधित्व गर्न नसक्ने नेतृत्व तहमाथि विश्वास गर्दैनन् । व्यापक जनताको हितमा भन्दा पनि केही धनीमानी व्यक्तिहरूको लागि काम गर्छन् दलहरू । आफ्नै देशभित्र र बाहिर प्रजातन्त्रको नाउँमा प्रजातन्त्रको दुरूपयोग गर्दै छन् ।
हामीले पढ्दै आएका छौँ, जनताको आँखा दूरविनसरह हुन्छ । विश्वमा संरा अमेरिकी साम्राज्यवादले लाड्दै आएको प्रभुत्ववाद र हस्तक्षेप जनताले देख्दै र भोग्दै आएको कुरा हो । संरा अमेरिकामा प्रजातन्त्रको वास्तविक अवस्था र कमी कमजोरी सारा संसारले बुझिसकेका छन् । संसारभर अरू देशहरूमाथि प्रजातन्त्रको आफ्नो ब्रान्ड निर्यात गर्न खोज्नु, संसारमा विभाजन ल्याउनु संरा अमेरिकाको कमजोर पाटो हो । प्रजातन्त्र प्रवद्र्धनको नाममा अरू देशमाथि हस्तक्षेप, हमला र दमन गर्नुको सट्टा संरा अमेरिकाले अन्तर्राष्ट्रिय जिम्मेवारी बहन गरेर अरू देशको कल्याणमा लाग्नु नै जाती हुनेछ । मानव जातिको साझा विकासको लागि सबै मिलेर अघि बढ्नु आवश्यक रहेको कुरा यस आलेखको निष्कर्ष हो ।
कार्यकर्ताहरूलाई सैद्धान्तिक र वैचारिकरूपले तयार पार्ने एउटा माध्यम पत्रपत्रिका हो । साथै व्यापक जनतामाझ नेमकिपाको विचार र गतिविधि प्रचार गर्न ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिक सहयोगीसिद्ध रहेको छ । जुन प्रशंसनीय छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे जानकारी लिन महिलाहरूबीचमा पठन संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता छ ।
Leave a Reply