रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
‘द फिनानसिएल टाइम्स’ ले गएको आइतबार एउटा लेख प्रकाशित ग¥यो । लेखको शीर्षक थियो–‘चीन–ताइवान भूराजनीतिक दुश्मनीले प्रशान्त टापुहरूमा तनाव बढाइरहेको छ ।’ ‘ताइपेइ वा पेइचिङमध्ये कसलाई मान्यता दिने भन्ने अलमलको कारण आन्तरिक द्वन्द्व भएको’ त्यो लेखमा दाबी गरिएको छ । पश्चिमा विश्वले सर्वज्ञानी गुरुले जस्तै अरू देशको कूटनीतिक र रणनीतिक नीतिको लेखाजोखा गर्न सक्दैन मिल्दैन ।
लेखमा ‘क्षेत्रफलको आधारमा सबभन्दा ठूलो र जनसङ्ख्याको आधारमा दोस्रो ठुलो प्रशान्त टापु सोलोमन, मलैटा र गुन्डल नहरका अखबार चीनविरोधी समाचारले भरिएको’ लेखिएको छ । केही पत्रिकामा आफ्नो देशमा चीनको लगानीलाई शङ्कास्पद आँखाले हेरेका छन् भने केहीमा चीनले ऋणको जालो बनाउन खोजेको दाबी गरेका छन् । चीनले ती टापुमा लगानी बढाएकोमा उनीहरूले आशङ्का गरेको समाचारमा उल्लेख भएको ‘द फिनानसिएल टाइम्स’ को सम्पादकीयमा भनिएको छ ।
पश्चिमा देशहरू, विशेषतः संरा अमेरिकाले ताइवान सरकारसँग मिलेर सोलोमन टापुहरूमा हालै भड्किएको दङ्गाको लागि चीनमाथि दोषारोपण गरेका छन् । दक्षिण प्रशान्त क्षेत्रमा चीनको कपोलकल्पित प्रभावको आधारमा यस्तो आरोप लगाउनु निराधार छ । यो सोचाइले ती टापुलाई अन्य देशको कठपुतली मानेको प्रस्ट छ । उनीहरूको आक्रामक मतिले त्यही कुरा देख्छ । उनीहरूको बुझाइमा चीनले जे गरे पनि त्यसको पछाडि ‘खराब मनसाय लुकेको’ हुन्छ ।
‘द फिनानसिएल टाइम्स’ मा ‘प्रशान्त देशहरूमध्ये जम्मा दस वटाले जनगणतन्त्र चीनलाई मान्यता दिन्छ भने चार वटामात्र ताइवान सरकारलाई मान्यता दिएका छन् र ताइवानलाई चीनले आफ्नो भूभाग दाबी गर्दै आएको छ’ भनी लेखिएको छ । यस्तो कुरा हाँस्यास्पद छ । बरु उसले बेलायत वा संरा अमेरिकाले जनगणतन्त्र चीनलाई किन मान्यता दिएको र ताइवान टापुको सट्टा मूलभूमि चीनसँग किन कूटनीतिक सम्बन्ध जोडेको भनी प्रश्न गरेको भए उपयुक्त हुने थियो ।
आणविक परीक्षणको निम्ति उसले त्यहाँका केही टापुमाथि कुनै समय कब्जा जमाउनुबाहेक संरा अमेरिकाले विगतमा कहिल्यै पनि दक्षिण प्रशान्त क्षेत्रलाई ध्यान दिएको थिएन । धेरै वर्षसम्म दक्षिण प्रशान्तलाई संरा अमेरिकाले अस्टे«लियाको जिम्मा लगाउँदै आएको थियो । अस्ट्रेलियाले सो क्षेत्रलाई आफ्ना आँगन ठान्दै आएको छ । दक्षिण प्रशान्त क्षेत्रमा संरा अमेरिकाले कुनै सहायता ग¥यो न त आर्थिक वा पूर्वाधारको कोणबाट सो क्षेत्रमा संरा अमेरिकाको कुनै योगदान नै छ ।
चीनले बेल्ट एन्ड रोड परियोजना सुरु गरेपछि विकासशील देशहरूसँग उसको सम्बन्ध बलियो हुँदै गयो । संरा अमेरिकाले भने चीनको प्रभाव विस्तार हुनुलाई आफ्नो प्रभाव कमजोर भएको ठान्यो । त्यसकारण संरा अमेरिका दक्षिण प्रशान्त क्षेत्रमा शान्ति, स्थायित्व वा विकासको लागि होइन, बरु चीनसँग प्रतिस्पर्धाको लागि पुगेको छ ।
दक्षिण प्रशान्त क्षेत्रका देशहरूलाई चीनसँग सम्बन्ध विस्तार गर्न संरा अमेरिकाले अवरोध गर्नुको अर्को कारण ताइवानलाई मद्दत गर्नु हो । सो क्षेत्रका केही देशले मात्र ताइवानसँग ‘कूटनीतिक’ सम्बन्ध बाँकी छ । यदि ताइवान टापुका ‘साझेदार’ को सङ्ख्या शून्यमा झ¥यो भने ताइवान मात्र पूर्णतः असफल हुने होइन बरु संरा अमेरिकाको लागि कूटनीतिक निराशाको विषय बन्ने थियो ।
चीनसँगको द्वन्द्वमा संरा अमेरिकाले ताइवान टापुलाई मोलमोलाइको वस्तु (बार्गेनिङ चिप) को रूपमा दुरूपयोग गरिरहेको छ । त्यही भएर दक्षिण प्रशान्त क्षेत्रका देशहरूसँगको ताइवानसँगको ‘कूटनीतिक’ सम्बन्ध कायम राख्न मद्दत गर्नुका साथै ताइवानको अवस्थामा यथास्थिति कायम राख्न चाहन्छ ।
सार्वभौम राज्यहरू हुनुको नाताले दक्षिण प्रशान्त देशहरूले मूलभूमि चीन वा ताइवान टापुमध्ये जोसँग सम्बन्ध जोड्ने निर्णय गरे पनि त्यो उनीहरूको आर्थिक विकास र जनहितसहितका स्वार्थमा आधारित हुनुपर्छ । छनौटको कुरा आउँदा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य र संसारको दोस्रो सबभन्दा ठुलो अर्थतन्त्र हुनुको नाताले चीनको राजनीतिक र कूटनीतिक प्रभाव पनि प्रभावशाली छ ।
सन् २०२० मा ‘द डिप्लोम्याट’मा प्रकाशित समाचारमा (सोलोमनको सबभन्दा धेरै जनसङ्ख्या भएको टापु) मलैटालाई दिएको २ करोड ५० लाख अमेरिकी डलरले चीनलाई माथ खुवाउन वाशिङ्टनले भूराजनीतिक उपलब्धिको लागि दिइएको सहायता भनी चासो बढेको’ उल्लेख छ । अरू देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्न आफ्नो पक्षधरलाई पोस्ने राजनीति संरा अमेरिकाको नानीदेखि लागेको बानी हो । कुनै पनि देशमा चीनपक्षधर पार्टी छ भने संरा अमेरिकाले कम लागतमा आफ्नो स्वार्थ हासिल गर्न त्यहाँको विपक्षी शक्तिले समर्थन गर्ने गर्छ ।
संरा अमेरिकाले हालै सोलोमन टापुमा भएको उपद्रवमा प्रमुख भूमिका खेलेको छ । अरू देशहरूमा पनि राजनीतिक द्वन्द्व उछालेर, जनमतमार्फत् निश्चित शक्तिलाई बढावा दिएर वा प्रत्यक्षरूपमा पैसा वा राजनीतिक समर्थन गरेर उसले अराजकता मच्चाउने गर्छ । सोलोमन टापुमा कथित शान्ति सेना पठाउने अस्टे«लियाको निर्णयमा के संरा अमेरिकाको पनि हात छ ? धेरै सम्भव त्यसमा उसको हात छ । यो खुलमखुला सैनिक हस्तक्षेप हो ।
कुनै पनि देशले कोसँग कूटनीतिक सम्बन्ध जोड्ने निर्णय आफैले गर्न सक्छ । तर, संरा अमेरिकाले यो विषयलाई चीन र संरा अमेरिकाबीचको शक्तिको खेलसँग जोडेर हेर्ने गरेको छ । अनि त्यही अनुसार अरूका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने योजना पनि अघि बढाउँछ । संरा अमेरिकाले आफ्नो स्वार्थ पूरा गर्न अरू देशमा राजनीतिक झगडा उछाल्ने र सामाजिक अराजकता पनि फैलाउने गर्छ । जसले क्षेत्रीय शान्ति र स्थायित्वलाई बिथोल्ने गरेको छ ।
(लेखक साङ्घाइका चीन–संरा अमेरिकी सम्बन्धका विज्ञ हुनुहुन्छ ।)
स्रोत : द ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुशिला
Leave a Reply