रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
जुम्ला, १८ पुस । नेपाल मजदुर किसान पार्टी जुम्लाले एमसीसी सम्झौताविरूद्ध जुलुससहित विरोध कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेमकिपा जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीले एमसीसी पारित भएमा शासक दलको पछि लाग्ने कार्यकताहरूले नचिताएको मूल्य चुकाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी सम्झौता पारित भए नेपालको स्थिति अफगानिस्तानको जस्तो हुनेछ । त्यसैले, सबै देशभक्त नागरिकहरूले यसको विरोध गर्नु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य बिर्खबहादुर शाहीले दक्षिण एसियामा युद्ध थोपरेर हतियारको व्यापार गर्ने नीति संरा अमेरिकाको रहेको बताउनुभयो ।
नेमकिपा जुम्लाका कालीबहादुर शाहीले एमसीसी सम्झौता सार्वभौम सिद्धान्तको विपरीत रहेकोले खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा मानबहादुर बोहोरा, जङ्गबहादुर शाही, बिर्खबहादुर सार्की, सतलसिंह रावल, यज्ञबहादुर बुढ्थापा, मानबहादुर शाही, हस्तबहादुर कुँवर र लालबहादुर बुढाले पनि एमसीसीको विरोधमा आ–आफ्नो धारणा राख्नुभएको थियोे ।
Leave a Reply