भर्खरै :

सन् २०२१ : समाजवाद र साम्राज्यवादबीच सङ्घर्षको वर्ष !

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ गत शनिबारबाट आरम्भ भयो । सन् २०२१ भर्खरै बिदा भयो । सन् २०२१ राजनीतिक, आर्थिक, प्राकृतिक तथा मानवीय हिसाबले उथपुथलले भरिपूर्ण वर्ष रह्यो । विश्व राजनीतिक दबुमा अत्यन्त महत्वपूर्ण घटनाहरू भए । अन्तर्राष्ट्रिय महत्वका साना–ठूला विविध घटनाले सन् २०२१ लाई अन्तिम घडीसम्म पनि छोडेन ! कोभिड–१९ महामारी अन्त्यको वर्ष बन्न सकेन सन् २०२१ ! विश्व मानव समुदायका निम्ति शोक, पीडा, सङ्कटको साल बन्यो सन् २०२१ !
समाजवाद र साम्राज्यवादबीचको सङ्घर्ष इतिहासमै झन् तीव्र बन्यो । साम्राज्यवादले एकपछि अर्को हार तथा असफलता व्यहो¥यो । आफ्नै कारणले साम्राज्यवाद विवादित बन्यो । आफ्नै कारणले साम्राज्यवाद उदाङ्गो बन्यो । संरा अमेरिका मानवीय सङ्कटको क्रममा निकम्मा साबित भयो । महामारीको क्रममा आफ्नै नागरिकको समेत जीवन रक्षा गर्न पूर्णतः असफल भएपछि अमेरिकाको महाशक्तिको ताज खोसिएको सारा दुनियाँले अनुभूत ग¥यो ।
आफ्नो प्रभुत्व विश्वमा कायम राख्न र महाशक्तिको सर्वोच्च स्थानबाट नझर्न संरा अमेरिकाले अनेक चालबाजी, हस्तक्षेप तथा हमला चालु राख्यो । संरा अमेरिकाले चीन, कोरिया, क्युवा लगायतका समाजवादी देशहरूविरुद्ध ठूलो शक्ति, समय र धनराशी खर्च गरि नै रह्यो । अन्य स्वतन्त्र देशहरूलाई आफ्नो मुठीबाट उम्किन नदिन निरन्तर बल प्रयोग ग¥यो । मनोवैज्ञानिक युद्ध, साइबर युद्ध, नयाँ शीतयुद्धमार्पmत विश्वलाई कज्याउने कोसिस उसले छोडेन । समाजवादी देशहरू तथा साम्राज्यवादविरोधी देशहरूमा व्यवस्था परिवर्तन या नेतृत्व विस्थापित गर्न विगतमा भैmँ सन् २०२१ को पूरै वर्ष रात–दिन लाग्यो । यद्यपि, भेनेजुयलामा अनेक अप्रजातान्त्रिक तथा हस्तक्षेपकारी उपाय अपनाए पनि माडुरो नेतृत्वको वामपन्थी सरकार फालेर आफ्नो कठपुतली जुआन ग्वाइदोलाई सत्ता सुम्पन जसरी असफल बन्यो त्यसरी नै जनताको व्यापक प्रतिरोधका कारण संरा अमेरिका कहीँकतै सफल हुन सकेन ।
संरा अमेरिकाको पराजय र क्युवाली समाजवादको विजय
सन् २०२१ जुलाई १० का दिन संरा अमेरिकाले समाजवादी क्युवाविरुद्ध साइबरयुद्ध छेड्यो । व्यवस्था परिवर्तन तथा मिगेल डियाज कानेल नेतृत्वविरुद्ध विद्रोहको आह्वान गर्दै क्युवाली जनतालाई भड्काउने, उत्तेजना फैलाउने तथा अन्तरध्वंसको ठूलो षड्यन्त्र अमेरिकी प्रशासनले ग¥यो । सामाजिक सञ्जालमार्पmत क्युवा र क्युवाली समाजवादविरुद्ध व्यापक प्रचार ग¥यो । हिंसा भड्काउन, उपद्रोह मच्चाउन तथा ध्वंसात्मक गतिविधि फैलाउन ठूलो षड्यन्त्र ग¥यो । तर, क्युवाली कम्युनिस्ट पार्टी, क्युवाली सरकार तथा क्युवाली जनताको बलियो एकता तथा क्रान्तिकारी भावनाको देशव्यापी प्रदर्शनपश्चात् त्यो हमला विफल भयो । एक्काइसौँ शताब्दीमा क्युवाली समाजवादविरुद्ध भएको त्यो नै भयङ्कर हमला हो । साथै, क्युवाली क्रान्तिकारी जनताले साम्राज्यवादी हमलालाई परास्त गरी प्राप्त गरेको एउटा ठूलो पछिल्लो सफलता पनि त्यही नै हो ।
सन् २०२१ को जून २३ मा संयुक्त राष्ट्र सङ्घको महासभामा भएको नाकाबन्दीविरुद्धको मतदानमा फेरि संरा अमेरिका एक्लो बन्यो । विश्वका १८४ देशले क्युवाको पक्ष लिए भने इजरायल एउटाले मात्रै अमेरिकाको पक्ष लियो । क्युवामाथि नाकाबन्दीको विषयमा सन् १९९२ देखि लगातार राष्ट्र सङ्घमा मतदान हुँदै आएको छ । यद्यपि, सन् २०२० मा कोभिड महामारीका कारण हुन सकेन ! यो वर्ष संरा अमेरिकाले २९ औँ पटक पराजय व्यहो¥यो ।
सन् २०२१ मा क्युवा सधैँ चर्चाकै शिखरमा रह्यो । कोभिड महामारीले ग्रस्त देशहरूमा पुगेर क्युवाली चिकित्सा टोलीले महान् मानवीय कर्म गरे र विश्वका जनताबाट प्रशंसा पाउन सफल भए । क्युवाली चिकित्सा टोली हेनरीरिभ मेडिकल ब्रिगेडलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने माग व्यापक ढङ्गमा उठ्यो । यसबाट नै महामारीमा क्युवाको भूमिका अनुमान गर्न सकिन्छ । क्युवाले कोभिडविरुद्ध अत्यन्त प्रभावकारी तथा विश्वस्तरीय खोपहरू विकास ग¥यो र आत्मनिर्भरताको उत्कृष्ट उदाहरण प्रस्तुत ग¥यो । संरा अमेरिकी निर्मम आर्थिक युद्धबीच क्युवाले समाजवादी क्रान्ति सफलताको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्षमा प्रवेश ग¥यो ।
ल्याटिन अमेरिका तथा क्यारेबियाली भूभागमा संरा अमेरिकी साम्राज्यवाद निरन्तर पराजय भोग्दै छ र समाजवादी आन्दोलन रक्षात्मक स्थितिबाट माथि उठ्ने प्रयत्न गर्दै छ । क्युवाले त्यसको नेतृत्व गर्दै छ । पश्चिमी गोलाद्र्धमा क्युवा एउटा उज्यालो नक्षेत्र बनी चम्किरहेको छ ।
सन् २०२१ मा चीन झन् चम्किलो, अझ बलियो !
क) व्यापारयुद्ध
सन् २०१८ को जुलाईमा संरा अमेरिकाले चीनको द्रुत आर्थिक विकासलाई रोक्ने बदनियतले सुरु गरेको व्यापारयुद्ध सन् २०२१ को जुलाईतिर अन्त्य भयो । सन् २०२० को जनवरीतिर व्यापारयुद्ध कठोर बनाइएको थियो अर्थात् अमेरिका आक्रामक ढङ्गमा प्रस्तुत भएको थियो । तर, चीन शान्तपूर्वक तथा संयमका साथ प्रस्तुत भयो । छोटो समयमै व्यापारयुद्ध स्वयम् अमेरिकाका निम्ति प्रत्युत्पादक साबित भयो । व्यापारयुद्धले चीनको उदाउँदो अर्थतन्त्रलाई सामान्य धक्का दियो भने अमेरिकाले सोचिएभन्दा बढी क्षति व्यहो¥यो । व्यापारयुद्ध सुरु गरी चीनलाई विश्वको पहिलो अर्थतन्त्र बन्नबाट रोक्ने सपना देख्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आपैm निर्वाचनमा जनताबाट पराजित भए । चीनविरुद्धको व्यापारयुद्ध जस्तो अपराधको सजाय अरू कसैले दिनु परेन स्वयम् अमेरिकी जनताले नै दिए ।
ख) कोभिड महामारी
सन् २०१९ को डिसेम्बरमा देखापरेको कोरोना भाइरसले तुरुन्तै विश्वलाई आक्रान्त बनायो । अमेरिका, बेलायत, इटाली, स्पेन, फ्रान्स, जर्मनी, ब्राजिल, भारतलगायत देशमा स्थिति भयावह बन्यो र ती हरेक देशमा लाखौँ मानिसको ज्यान गयो । सन् २०२१ को आरम्भसँगै चीनले कोभिडको खोप विश्वसमक्ष प्रस्तुत ग¥यो । चीनले खोप अन्तर्राष्ट्रवादको नारा दियो तर अमेरिका लगायतका साम्राज्यवादी देशहरूले खोप राष्ट्रवादको बाटो पछ्याए । सन् २०२१ को अन्त्यसम्ममा चीनले संसारका जनतालाई दुई अर्ब खोपका डोज उपलब्ध गरायो भने १२० वटा देश तथा संस्थाहरूलाई कोभिडविरुद्ध स्वास्थ्य सामग्री प्रदान ग¥यो । यसप्रकार महामारीको समयमा चीनले संसारको मानव समुदायको जीवन रक्षामा अग्रणी भूमिका निर्वाह ग¥यो । सङ्कटमा चीन संसारका मानिसहरूको भरपर्दो साथी तथा सहृदयी सहयोगी साबित भयो ।
ग) चिकपाको १०० वर्ष
सन् २०२१ को जुलाई १ को दिन चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको एक सय वर्ष भव्यताका साथ मनायो । पेचिङको केन्द्र थिआनमन चोकमा करिव एक लाख पाहुना तथा विशिष्ट व्यक्तित्वको समुपस्थितिमा शतवार्षिकी समारोह सम्पन्न भयो । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा त्यो गौरवको दिन हो भन्नु अत्युक्ति हुने छैन । चिकपाका महासचिव सी चिनफिङले समाजवाद नै मानव समुदायको भविष्य भएको उद्घोष गरेर संसारलाई नयाँ ऊर्जा प्रदान गर्नुभयो । चिनियाँ युवा विद्यार्थीले आपूm समाजवादका उत्तराधिकारी बन्ने सगौरव घोषणा गरे । चिनियाँ जनताको अभूतपूर्व एकता, चिनियाँ समाजको युगान्तकारी परिवर्तन र चिनियाँ समाजवादको सफलता एकसाथ त्यहाँ प्रतिविम्बित भएको विश्वका न्यायप्रेमी जनताले अनुभूत गरे ।
विश्व मानव सभ्यताको इतिहासमा चिनियाँ समाज गरिबीबाट मुक्त भएको सगर्व घोषणा भयो । ८० करोडभन्दा बढी जनतालाई गरिबीबाट मुक्त पारिएको घोषणा मानव समाजको इतिहासमा एउटा अभूतपूर्व घटना हो । चिकपाले राखेका दुई शताब्दी लक्ष्यमध्ये पहिलो अर्थात् चिकपा स्थापनाको सय वर्ष (सन् १९२१–२०२१) को उपलक्ष्यमा चीनलाई गरिबी मुक्त गर्ने लक्ष्य हासिल भएकोमा संसारले बधाई दियो । चीनको दोस्रो लक्ष्य अर्थात् समाजवादी चीन स्थापनाको सय वर्ष (सन् १९४९–२०४९) को अवसरमा चीनलाई समृद्ध तथा सुसंस्कृत समाजवादी चीन निर्माण गर्ने लक्ष्यसहित चीन अगाडि बढिरहेको छ । विश्वका अध्येता तथा पर्यवेक्षकहरूले चीनको सो लक्ष्य पनि निर्धारित समयसीमाभन्दा अगावै हासिल हुने अनुमान लगाएका छन् ।
संरा अमेरिकाद्वारा नयाँ शीतयुद्धको घोषणा
सन् २०२१ को अन्तिम महिना डिसेम्बर ९ र १० का दिन संसारका सत्र्न्दा बढी देशको उपस्थितिमा संरा अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रजातन्त्र शिखर सम्मेलन सम्पन्न गरे । त्यस सम्मेलनमा चीन, प्रजग कोरिया, क्युवा, भियतनाम, भेनेजुयला लगायतका देशलाई आमन्त्रण समेत गरिएन । तर, चीनको अभिन्न अङ्ग थाइवानलाई सहभागी गराइयो । यसरी अमेरिकाले विश्वलाई आपैmले जबर्जस्त विभाजन गर्ने काम ग¥यो र समाजवादी देशविरुद्ध थप मोर्चाबन्दी थाल्यो । समाजवादी व्यवस्था तथा देशहरूविरुद्ध विषवमन गर्ने कार्य त्यस सम्मेलनले गरेबाट पनि अमेरिकाको स्वार्थ प्रस्ट हुन्छ ।
डिसेम्बर १४ को दिन चिनियाँ कम्युनिस्ट पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत संसारका १४० देशका ३५५ राजनीतिक पार्टी तथा सङ्गठनहरूले संयुक्त वक्तव्य प्रकाशित गर्दै प्रजातन्त्रको परिभाषा कुनै देशविशेषले दिने र त्यो विश्वले स्वीकार्नुपर्ने बाध्यता अस्वीकार्य भएको बताए । कुनै देशको व्यवस्था प्रजातान्त्रिक छ या छैन भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित देशका नागरिकमा नै सुरक्षित हुनुपर्ने विचार त्यसमा व्यक्त गरिएको छ । साथै, प्रजातन्त्र सारा मानिसको अधिकारको विषय हो न कि केही व्यक्तिको विशेषाधिकार भन्ने सवाल पनि प्रस्तुत गरियो । यी अकाट्य तर्कको अगाडि अमेरिकी प्रशासन निरुत्तरित भयो । यसरी चीनलाई अप्ठ्यारो पार्न खोज्ने अमेरिका आपैmँ उदाङ्गिएको महसुस विश्वका जनताले गरे ।
सन् २०२१ को अन्तिम दिन काठमाडौँमा साम्राज्यवादविरोधी प्रदर्शन
सन् २०२१ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ को दिन काठमाडौँमा नेपाल मजदुर किसान पार्टीले संरा अमेरिकी साम्राज्यवादविरुद्ध विशाल जनप्रदर्शन ग¥यो । अमेरिकाको सहस्राब्दी चुनौती परियोजना र त्योसँग नेपालले गरेको सम्झौता देशघाती भएकाले एमसीसीको खारेजी माग गर्दै निकालिएको जुलुस यथार्थमा साम्राज्यवादविरोधी सङ्घर्ष हो । त्यस जुलुसमा नारा लाग्यो– ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘एसियालाई युद्धमैदान बनाउन पाइँदैन’ आदि । काठमाडौँको राजनीतिक केन्द्र बानेश्वरमा भएको प्रदर्शनमा हजारौँको सहभागिता थियो । यसबारे नेपालको राजनीतिक वृत्तमा ठूलो हलचल मच्चियो । जाँदाजाँदै सन् २०२१ साम्राज्यवादविरोधी सङ्घर्षले फेरि तरङ्गित भयो । यसप्रकार एसिया महादेशलाई रणमैदान बनाउने तथा नेपाललाई नवउपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको चालबाजीलाई नेपाली भूमिबाट हाँक दिने काम नेमकिपाले ग¥यो । नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा काठमाडौँमा भएको साम्राज्यवादविरोधी सङ्घर्षले बेग्लै तरङ्ग फैलायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *