भर्खरै :

रिसेप र चीनः स्वतन्त्र व्यापारको शक्ति

सन् २०२२ को जनवरी १ को दिन संसारको सबभन्दा बृहत् स्वतन्त्र व्यापार सम्झौता क्षेत्रीय विस्तृत आर्थिक साझेदारी (रिसेप) औपचारिकरूपमा एसिया–प्रशान्त क्षेत्रका बहुमत पन्ध्र वटा देश (अर्थतन्त्र) सहितको शक्ति बनेको छ । यसले विश्व अर्थतन्त्रको झन्डै एक–तिहाई हिस्सामा दीर्घकालीनरूपमै शून्य भन्सार व्यापारको सम्भावनालाई उजागर गरेको छ ।
“वस्तु र सेवा क्षेत्र खुला गर्ने प्रतिबद्धता र लगानी प्रवद्र्धन एकआपसका परिपुरक हुन्”, चिनियाँ वाणिज्य मन्त्रालयका अन्तर्राष्ट्रिय व्यापार र आर्थिक मामिला विभागका प्रमुख यु बेनलिनले भने, “यो क्षेत्रमा व्यापार र लगानी सुनिश्चित गर्न सजिलो र थप सहज बनाउन विभिन्न निकायहरू बनाउनेछौँ ।”
जनसङ्ख्याको आकार र क्षेत्रीय शक्तिहरूसँग व्यापार सम्बन्धको कारण यो साझेदारीपछि चीनबाट रिसेप सदस्यहरूले महत्वपूर्ण लाभ उठाउनु स्वाभाविक हो । यो सम्झौताले दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन आसियान, अस्टे«लिया र न्युजिल्यान्डसँग चीनको कुल व्यापारको झन्डै दुई तिहाइलाई शून्य भन्सारको प्रावधानअन्तर्गत ल्याउनेछ । चीनको यति ठुलो व्याापारमा भन्सार छुटले रिसेप देशहरूबीचको वस्तु व्यापारको झन्डै ९० प्रतिशत हिस्सामा शून्य भन्सार लागु हुने सुनिश्चित गर्न सकारात्मक भूमिका खेल्नेछ । रिसेप देशहरूमा वैदेशिक लगानी बढाउन व्यापार अवरोधको दुष्प्रभावबाट सुरक्षित गर्न यो साझेदारी एउटा उत्तम मौका हुनेछ । कोभिड–१९ महामारीको पुनरोदय भइरहेको परिस्थितिमा भविष्यको आउन सक्ने व्यापार निषेधको सट्टा आर्थिक भूमण्डलीकरणको प्रवद्र्धन गर्न रिसेप देशलाई यसले सहज बनाउने छ ।
हालै क्षेत्रीय व्यापारमा देखिएको सफलताले चीन र अन्य चौध वटा रिसेप देशहरूबीच आयात र निर्यातमा भएको वृद्धिको रोचक तस्बिर प्रस्तुत गरेको छ । सन् २०२१ को जनवरीदेखि नोभेम्बरसम्म कुल आयात र निर्यात १.७ त्रिलियन डलर नाघेको थियो । रिसेप सदस्यहरूसँगको व्यापार सम्बन्धको पृष्ठभूमिमा त्यसले चीनको कुल वैदेशिक व्यापार मूल्यको झन्डै एक तिहाइको प्रतिनिधित्व गर्छ ।
दोस्रो, रिसेपले क्षमतावान औद्योगिक सञ्जालको आधार तयार गर्न सक्छ । जसले क्षेत्रीयरूपमा बलियो जग लिन सक्छ । ओमिक्रोन भेरियन्टको अन्तर्राष्ट्रिय भयले आपूर्ति व्यवस्थाको अपेक्षा र माग स्थायित्वलाई कमजोर बनाउन सक्छ । जसले संसारका विभिन्न भागमा विकसित र विकासशील देशहरूबीच स्वतन्त्र व्यापारसँगको अपेक्षामा समानता ल्याउन सजिलो छैन । आपूर्ति व्यवस्थामा भविष्यमा आउन सक्ने सम्भावित असहज अवस्था पार लगाउन चीनले विभिन्न नीतिहरू बनाएको छ । रिसेपले ती कानुनको प्रयोगको निम्ति उपयोगी स्थान बनाएको छ । हालै चीन सरकारले घोषणा गरेका यी नीतिगत योजनाले अन्य रिसेप सदस्यका आयातकर्ता र निर्यातकर्तालाई के कुरामा ध्यान दिने भन्ने कुराको जानकारी दिनेछ । त्यसले उनीहरूलाई महामारीले थला परेको आपूर्ति व्यवस्था वा अदृश्य भविष्यका मागबाट धार गुमाएका देशहरूलाई आफ्नै घरभित्र परिपुरक स्वतन्त्र व्यापार अघि बढाउन रिसेपका सदस्यहरू सङ्केतहरू दिनेछ ।
रिसेप साझेदारीसँगै जापान र दक्षिण कोरियाको बजारमा चीनको बजार पनि जोडिएको छ । जसले प्लास्टिक र खनिज इन्धनदेखि रासायनिक सामानसम्मका व्यापारलाई प्राथमिकता दिंदै आएको छ । यसको बृहत् प्रभाव विश्व अर्थतन्त्रमा पार्ने छ । रिसेपअन्तर्गत सन् २०३० बाट अरबौं डलर अमेरिकी डलर विश्व व्यापारमा प्रवेश पाउने पूर्वानुमान गरिएको छ । जसले विश्वको आम्दानीमा वार्षिक वृद्धि २ खर्ब अमेरिकी डलर हुनेछ ।
रिसेपअन्तर्गत क्षेत्रीय आर्थिक एकता गहिरो बनाउनमा रिसेप देशहरूसँग चीनको सहकार्य, कर र भन्सार तथा निषेधजनक सूचीसम्बन्धी झन्डै ७०१ वटा प्रावधानको पालना गर्ने प्रतिबद्धताले यसमा चीनको पूर्ण प्रतिबद्धता प्रतिविम्बित भएको छ । सहज भन्सार पद्धति र निषेधजनक सूचीले क्षेत्रीय साझेदारहरूसँग स्वतन्त्र व्यापार सम्बन्ध बढाउन उपयुक्त बनाउँछ । साथै आर्थिक भूमण्डलीकरणको गतिलाई अनुकूल बनाउन टेवा पु¥याउँछ । धनी र गरिब दुवै देशलाई लागु हुने उपयुक्त व्यापार प्रावधानमा रिसेपको प्रगतिले यो सबै देशको लागि उपयुक्त भएको र सबै सदस्यलाई आफ्नै स्वतन्त्र व्यापार नीति लागु गर्न सक्ने पुष्टि गरेको छ । बहुपक्षीय संयन्त्रमार्फत सामूहिक व्यापारमा संलग्नता समन्वय गर्न पनि सम्भव बनाएको छ ।
यी सबै कारणले रिसेपमा चीनको सहभागिताले स्वतन्त्र व्यापारको क्षेत्रीय प्रबद्र्धनको निम्ति टेवा पु¥याएको छ । साथै रिसेपलाई आर्थिक भूमण्डलीकरणको अन्तर्राष्ट्रिय अभ्यासकर्ता पनि बनाएको छ ।
सिंगापुरका व्यापार तथा उद्योग मन्त्री गन किम योङले स्थापना भएको एक वर्षपछि सन् २०२ मा रिसेप एउटा शक्तिको रूपमा विकास हुनुले कठिन समयमा आर्थिक एकता गहिरो बनाउन क्षेत्रीय प्रतिबद्धताको द्योतक बनेको बताएका छन् । उनले सही भनेका छन् ।
(लेखक विदेश मामिलाका टिप्पणीकार र लेखक हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *