माक्र्सवाद, साहित्य र वास्तविकता – १
- आश्विन १७, २०८३
‘ईश्वरलाई धन्यवाद छ, प्रधानमन्त्री सुरक्षित छन् ।’ टेलिग्राफले व्यङ्ग्य कस्दै समाचार लेख्यो । ‘प्रधानमन्त्रीले पाकिस्तान, खालिस्तान समर्थकहरूको र काङ्ग्रेसको षडयन्त्र असफल पारिदिए । उहाँ साँचो क्रा बताउनका लागि सकुशल फर्कनुभयो । ’ भारतीय जनता पार्टीले एक भिडियो जारी गरेर दाबी ग¥यो । नाटकीय तरिकाले उक्त भिडियोमा प्रश्न गरिन्छ – यदि प्रधानमन्त्री त्यही बाटोबाट अगाडि बढ्नुभएको भए के हुन्थ्यो ? हमला ? दङ्गा ? हिंसा रक्तपात ? प्रधानमन्त्रीको हत्याको षड्यन्त्र ?
के प्रधानमन्त्री मोदीमाथि कुनै हमला भयो ? के कतै कुनै घेराउ भयो ? के उनी कुनै हिंस्रक भिडको बीचबाट बचेर निक्लेका थिए ? होइन भने उनले कसरी पाकिस्तान र खालिस्तान समर्थकहरू र काङ्ग्रेसको षड्यन्त्रलाई असफल पारे ? यी प्रश्न आजको भारतमा बेकार भएका छन् । कसैले यो प्रश्न सोध्दैनन् कि आफ्नो पार्टी भाजपाको राजनीतिक सभामा जुन राजनेता गइरहेका थिए लोकतन्त्रमा उसको विरोध गर्ने अधिकार पंजाबका किसानहरूलाई किन छैन ? के प्रजातन्त्रमा प्रधानमन्त्रीको विरोधमा प्रदर्शन गर्ने अधिकार जनतालाई हुँदैन ? के यसअघिका भारतीय प्रधानमन्त्रीहरूको विरोधमा प्रदर्शन भएका थिएनन् र ?
तर, आज प्रधानमन्त्री मोदीको कुनै पनि विरोधलाई उनको सुरक्षाको निम्ति खतरा किन ठानिन्छ ? संसारको हर प्रजातन्त्रमा राज्यका प्रमुखको विरोधमा र उसकै अगाडि प्रदर्शन हुँदै गर्छन् । अमेरिकाको राष्ट्रपति भवन–ह्वाइट हाउस अगाडि सधैँजसो विरोध प्रदर्शन भइरहेका हुन्छन् । के त्यसबाट अमेरिकी राष्ट्रपतिको ज्यानमाथि खतरा भएको प्रचार तपार्इँले कहिल्यै सुन्नुभएको छ ? भारतमा यति धेरै हङ्गामा किन मच्चाइरहेका छन् ? भएको त यतिमात्र थियो कि नरेन्द्र मोदी आफ्नो पार्टी भाजपाको एउटा सभालाई सम्बोधन गर्नका लागि सडक मार्ग भएर गइरहेका थिए र अगाडि आन्दोलनरत किसान सडकमा शान्तिपूर्वक धर्ना दिएर बसेका थिए । यो विरोध उनीहरूले किसान आन्दोलनको क्रममा भएका मृत्युहरूलाई सरकारले स्वीकार नगरेको र केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्राको गाडी प्रयोग गरी उसको छोराको हातबाट किसानहरूको हत्या भएकोमा त्यसका लागि जिम्मेवारहरूलाई कारबाही गर भन्ने माग राखेर गरिरहेका थिए । किसानहरूले यसकारण पनि विरोधलाई जारी राखेका छन् कि प्रधानमन्त्री मोदीले आन्दोलनकारी किसानहरूको मृत्युको विषयमा आफ्ना एक राज्यपाललाई भनेका थिए – उनीहरूको म वास्ता किन गरूँ ? के उनीहरू मेरा लागि मरेका थिए र ?
के भारतका सम्प्रभु मतदाताहरूलाई आफ्नो सरकारको मुखियाको ध्यानाकर्षण गर्ने अधिकारसम्म छैन ? यो कुन चाहिँ प्रजातान्त्रिक अवधारणा हो कि जनता प्रधानमन्त्रीको अगाडि आएपछि उनको ज्यानमाथि खतरा भइहाल्छ ? तर, नरेन्द्र मोदी र उनको पार्टीको भनाइ छ कि प्रधानमन्त्री जनताभन्दा माथि छन् । उनी आउने भएपछि सडक जनता नभएको सफल देखिनुपर्छ । मात्र उनको जय जयकार सुनाइदिनुपर्छ । मानौँ विरोधको निन्दा ईश निन्दा हो ।
किसानहरू बाटो राकेर बसेका हुनाले प्रधानमन्त्रीको सवारी एक किलोमिटर अगाडि नै रोकिएको थियो । पंजाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीका अनुसार किसानहरूलाई हटाउनका लागि पंजाब प्रहरीले प्रधानमन्त्रीसित केही समय मागेका थिए । साथै प्रधानमन्त्रीको सवारीका लागि वैकल्पिक मार्ग देखाएको पनि थियो तर प्रधानमन्त्रीले गाडी पछाडि फर्काउन लगाए र तुरुन्तै दिल्ली फर्के । यसैलाई भन्न थालियो कि उनी बचेर आए । केही पनि हुनसक्थ्यो, उनले पाकिस्तानको षड्यन्त्र असफल बनाइदिए । मानौँ कि आफ्नो विरोध गरिरहेका जनतालाई मुखै नदेखाई भागेर आउनु नै युद्धमोर्चामा जति हासिल गरेको बहादुरी हो ।
प्रसङ्गमा सुरक्षा चुक कहाँ भएको छ ? किन सारा सरकार समर्थित सञ्चारमाध्यमहरूले यसलाई प्रधानमन्त्रीको सुरक्षमा गरिएको खेलबाड भने ? किन सर्वोच्च न्यायालयमा यस मामिलाबारे परेको रितमाथि अविलम्ब सुनुवाइलाई प्राथमिकता दिइँदै छ ? कारण एकदम स्पष्ट छ । जस्तो कि पंजाबका मुख्यमन्त्रीले भने – यथार्थ कुरा यो थियो कि प्रधानमन्त्रीलाई सभामा मानिसहरूको कममात्र उपस्थिति थियो । त्यहाँ गएर खाली मैदानलाई सम्बोधन गर्दा पंजाबका जनताले उनको स्वागत नगरेको सन्देश जाने थियो । त्यस बेइज्जतीबाट बच्ने एक चतुर तरिकास्वरूप नै त्यस घटनालाई नाटकीय मोड दिइएको थियो ।
सरकार समर्थक सञ्चारमाध्यम तम्तयार अवस्थामा छन् । जे जसरी प्रचार गर्ने आदेश आउँछ तिनीहरू त्यसैअनुसार प्रस्तुत हुन्छन् । अधिकांश अखबारले सम्पादकीय लेखिरहेका छन् कि प्रधानमन्त्री आखिर प्रधानमन्त्री हुन्छन् । उनी राजनीतिभन्दा माथि हुन्छन् आदि ।
यथार्थ जाँच गर्ने हो भने नरेन्द्र मोदी भारतका प्रधानमन्त्री मात्र कहिल्यै रहेका छैनन् । उनले राज्यको स्रोतसाधन र भारतीय करदाताहरूको पैसा लिएर विगत ७ वर्षदेखि आफ्ना हरेक क्रियाकलापमार्फत भाजपा र राष्ट्रिय स्वयम्सेवक सङ्घको प्रचारका काम नै गरिरहेका छन् । उनलाई कसैले भन्न सकेका छैनौँ कि करदाताहरूको पैसा लिएर विरोधमा क्रियाकलाप गर्न मिल्दैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषता नै सिद्ध भएको छ कि जब जब उनी अप्रिय स्थितिमा पर्छन् कुनै न कुनै तवरले उनको ज्यानलाई खतरा भएको कथा पैदा हुने गर्छन् । जब उनी गुजरातको मुख्यमन्त्री बने त्यतिबेलादेखि उनको हत्याको षड्यन्त्रको कथा भन्न थालिएको थियो । षड्यन्त्रको आरोपमा मानिसहरूलाई पक्राउ गरिन्थ्यो तर केही साबित हुँदैनथ्यो, मानिसहरूले अनाहक दुःखकष्ट र यातना भोग्थे । फेरि अर्को दिन नयाँ खतराको कथा अगाडि ल्याउने गरिन्छ ।
यतिबेला कथित धर्म संसद्, मुसलमान महिलाहरूको लिलामी गर्नेजस्ता घटनाहरूमा सरकारको चुपचापको स्थितिका कारण पूरै संसारमा नरेन्द्र मोदी सरकारको तीखो आलोचना भइरहेका छन् । पंजाबका किसान त उनीदेखि बेखुसी नै थिए । उनको लोकप्रियता घटेको यस प्रतिकूल स्थितिलाई बदल्ने एउटै तरिका थियो – प्रधानमन्त्री मोदीको ज्यानमाथि खतराको नाटक मञ्चन ।
तर, फेरि एउटा अर्को प्रसङ्ग पनि छ । त्यो हो पंजाब, उत्तराखण्ड र उत्तर प्रदेशका चुनाव । उत्तर प्रदेश र उत्तराखण्डको हिन्दू मतदाताहरूलाई खालिस्तानी खतराको भूत देखाएर तर्साउन खोजिएको छ ता कि डरले मतदाताहरू भाजपाको छातीमा टाँसिन आवस् । किसान आन्दोलनको क्रममा भाजापाले जनतालाई तर्साउन खालिस्तानी प्रेतलाई जिउँदो बनाएको थियो । उनीहरूले अहिले त्यसको प्रयोग गरेर देशलाई बचाउने नाममा मत बटुल्न खोजिरहेका छन् ।
दोस्रो यो यति भयानक बनाउने कोसिस भइरहेको छ कि पंजाबलाई कसैगरी सङ्घीय नियन्त्रणमा लिन सकियोस् । पंजाबमा काङ्ग्रेसको निर्वाचित राज्य सरकार रहेको छ तर त्यहाँ सारा सङ्घीय÷केन्द्रीय संरचनाहरू र निकायहरू सक्रिय पारिएका छन् । यस्तो देखाउन खोजिएको छ मानौँ राज्य नै मोदी र भाजपाको मातहतमा रहेको छ । काङ्ग्रेस त्यागेका र भाजपाको सहयोगी बन्न पुगेका क्याप्टेन अमरिन्दर सिंहले लगातार राष्ट्रपतीय शासन लगाउने माग गरिरहेका छन् । यसबारे द वायरका पंजाब संवाददाता प्रीतम सिंहले लेखेका छन् – भाजपाको राजनीतिका लागि पंजाबमाथिको कब्जा निकै अत्यन्त महत्वपूर्ण छ । पंजाबकै कारण कृषिसम्बन्धी कानुनहरू फिर्ता लिन बाध्य हुनुपरेको थियो । ती कानुनहरू भाजपाका सहयोगी रहेका भारतीय एकाधिकार पुँजीका मालिकहरूलाई खुशी पार्नका लागि अनिवार्य रहेको थियो । भारतीय एकाधिकार पुँजीका मालिकहरूले राष्ट्र विभाजक भाजपालाई आफ्नो काँधमा चढाएर राखेको छ । यदि ती कानुनहरूलाई फेरि ल्याउनु छ भने पंजाबमाथि नियन्त्रण गर्न र त्यहाँका किसान सङ्गठनहरूलाई फुटाउन जरूरी छ । त्यो काम पंजाबमाथि नियन्त्रणपछि नै मात्र गर्न सकिन्छ । यस परिप्रेक्ष्यमा यो प्रश्न उठ्नु नितान्त स्वाभाविक छ – के यो पूरा नाटक मञ्चन त्यसैको लागि गरिएको षड्यन्त्र त होइन ? प्रधानमन्त्रीको सुरक्षाको बहानामा पूरै सञ्चारमाध्यम, कर्मचारीतन्त्र पुलिस र न्यायपालिकासमेत त्यसको लागि बाटो सफा गर्नका लागि प्रयोग भइरहेका छन् ।
यसको फाइदा भाजपाले बाँकी राज्यहरू खासगरी उत्तर प्रदेश र उत्तराखण्डमा खालिस्तान र पाकिस्तानको त्रास खडा गरेर राष्ट्रप्रेमी जनतामाझ शिखविरोधी द्वेष उत्पन्न गरेर लिन खोजिरहेको छ । भाजपाले यस्तो पहिले पनि गरिसकेको छ । भाजपाले उत्तर भारतमा केरला, तमिलनाडु र बङ्गालको विरोधमा प्रचार गर्ने गर्छ । शिखहरूविरुद्ध उत्तर प्रदेश र उत्तराखण्डका हिन्दूहरूमा एक किसिमको पूर्वाग्रह ४० वर्ष वा त्यसभन्दा अगाडिदेखि रहेको छ । यस पछिल्लो नाटकले त्यस पूर्वाग्रहलाई उक्साउने कोसिस गरिँदैछ । यो नाटक हास्यास्पद छ, हाँसिदिन पनि सकिन्थ्यो यदि यसको पछाडि भारतको प्रजातन्त्रको अपहरणको शैतानी दिमाग नभएको भए ।
(लेखक दिल्ली विश्वविद्यालयमा प्राध्यापन गर्नहुन्छ ।)
स्रोत : द वायर
अनुवाद : प्रकाश
Leave a Reply