माक्र्सवाद, साहित्य र वास्तविकता – १
- आश्विन १७, २०८३
पछिल्लो समय डाँडाकाँडातिर बसोबास गर्दै आएका राई, लिम्बु, गुरुङ्ग, मगर, तामाङ, लिम्बु आदि जातिहरू पनि उपत्यकामा झर्दै छन् । रोजगारको अवसरको खोजी, शिक्षा हासिल गर्न र उच्च शिक्षाको निम्ति विभिन्न सपनाका साथ सहरी क्षेत्रमा उनीहरू प्रवेश गरिरहेका छन् । गाउँ–गाउँमा दक्ष जनशक्तिको अभावमात्र होइन वृद्धवृद्धाहरूको स्याहारसुसारदेखि मर्दा मलामी र आफन्तको लास उठाउनेको पनि अभाव हुँदै छ ।
खेतीपाती उत्तिकै श्रम, समय र लगानी भए पनि त्यसअनुरूपको उत्पादन नहुनाले गाउँघरका किसानहरूले दुःख पाइरहेका छन् । मौसमअनुसार खेतीपाती गर्दा केही समय उपयोग भए पनि बचेको समय र श्रम खेर गइरहेको हुन्छ । आफूले उत्पादन गरेको अन्न परिवारलाई ४ महिनाको लागि पनि नपुग्ने हुन्छ । जनताले भौगोलिक विकटतासँगै गरिबी पनि झेल्दै छन् । छरिएर रहेका बस्तीहरूको लागि विकासका पूर्वाधारहरू खानेपानी, बिजुली, सडक, विद्यालय, स्वास्थ्य चौकीको व्यवस्था गर्न खर्चिलो हुने भएकोले यसको समाधानको लागि बस्ती केन्द्रीकरण गर्न आवश्यक छ ।
छरिएका गाउँका घरहरू बस्तीमा विकास भए थोरै लगानीमा देशका गाउँगाउँमा धेरै जनताले फाइदा लिनेछन् । गाउँमा बसोबास गर्ने हरेक व्यक्तिको श्रम खेर नजाने गरी बस्ती नजिकै कुटिर व्यवसाय र साना उद्योगधन्दा सञ्चालन गर्न सकिन्छ । पुस्तौँसम्म परिवर्तन नभएका जीवन शैली केही वर्षमै परिवर्तन गर्न सकिन्छ । त्यसको लागि सबैभन्दा पहिला देशको सन्तुलित विकासमा ध्यान पु¥याउनु आवश्यक छ । जनताको जीवनमा सुधार ल्याउनको लागि सबैले पहल गरेमा असम्भव छैन भन्ने उदाहरण हामीले चीन र उत्तर कोरियाका गाउँहरूबाट थाहा पाउन सकिन्छ । व्यवस्थित बस्ती, बाल बगैँचा, हरेक नागरिकले आफ्नो क्षमताअनुरूपको काम त्यहीअनुसार श्रम गर्न काम र औषधि उपचारको बन्दोबस्त भएमा मानिसहरूको जीवनमा परिवर्तन हुनेछ । त्यसले गर्दा सबै मानिस उपत्यका र सहरभित्र पस्ने छैनन् । सहरहरू पनि व्यवस्थित बनाउन कठिन हुनेछैन । यसले देश विकासमा टेवा पु¥याउनेछ । जनसङ्ख्याको वितरण देशभरि अर्थात् पूर्व र पश्चिम, उत्तर र दक्षिणमा होस् ।
Leave a Reply