टोलवासीहरूसँग राय सुझाव सङ्कलन कार्यक्रम
- जेष्ठ २३, २०८३
भक्तपुर । प्रावि तथा निमावि समिति भक्तपुरको शैक्षिक भित्तेपात्रो २०७४ अनुसार भीम आदर्श निम्न माध्यमिक विद्यालय लिवाली भक्तपुरमा प्रावि तथा निमाविस्तरीय स्मरण प्रतियोगिता शुक्रबार सम्पन्न भयो ।
प्रतियोगिताको उद्घाटन सभामा सभापतिको आशनबाट प्रावि तथा निमावि समितिका अध्यक्ष सूर्यबहादुर फोंजूले एकताबद्ध रुप शैक्षिक उन्नयनका लागि प्रावि तथा निमाविको स्थापना भएको उल्लेख गर्दै विद्यार्थीको बृद्धि विकासमा युग अनुसार शिक्षकहरु परिमार्जन हु“दै जानुपर्ने आवश्यकता औल्याउनुभयो ।
प्रतियोगिता आयोजक भीम आदर्श निमाविका प्रअ दीपक माकले स्मरण कला शैक्षिक विषयबस्तु मात्र नभई जीवनको अभिन्न अङ्ग भएकोले सानै उमेरदेखि बालबालिकाहरुलाई यसको अभ्यास गराउनुपर्ने आवश्यकताअनुरुप प्रतियोगिता सञ्चालन भएको बताउनुभयो ।
प्रतियोगितामा प्रावितर्फ भीम आदर्श निमाविका सीमा तामाङ प्रथम, बालसेवक निमाविका रमिला लामा द्धितीय र गणेश मावि भार्वाचोका कामना लामा तृतीय भएका छन् । नविन निमाविका रुबी साह र बरदायणी निमाविका काजल पोडार सान्त्वना भए ।
त्यसैगी निमावितर्फ भएको प्रतियोगितामा बालसेवक निमाविका अफ्रिदा नेसा प्रथम, भीम आदर्श निमाविका सागर तामाङ द्धितीय र तारा माविका राजकुमार श्रेष्ठ तृतीय भए ।
Leave a Reply