(जुड च्वा सू मेङ्ग सिंगापुरस्थित नानयाङ्ग प्राविधिक विश्वविद्यालयको राष्ट्रिय शिक्षा संस्थानमा प्राध्यापन गर्छन् । लेखमा उनले शिक्षालाई कसरी लिने, शिक्षा नीति कस्तो बनाउने, पश्चिमा र पूर्वीय दर्शनका समानता र असमानता के हुन्, दर्शनका विविधता र मानव जातिको साझा भविष्यको लागि तिनमा आपसी समझदारी ल्याउनुपर्ने आवश्यकताबारे विस्तृत चर्चा गरेका छन् ।)
धेरै वर्षदेखि म दर्शन, सदाचार र शिक्षामा रूचि लिइरहेको छु । मेरा धेरै विद्यार्थीहरूले प्रायः मसित मैले यी विषयमा किन यति सारो रूचि लिने गर्छु भनी सोध्छन् । ‘शिक्षा’ हामीले ध्यान दिनुपर्ने महत्वपूर्ण विषय किन हो भन्ने प्रश्नबाट खोजबिन गर्न थालौँ ।
यो प्रश्नमा चाख लिने एउटा विषय दर्शन हो । त्यसैले शिक्षाको कुरा उप्कियो कि दार्शनिकहरू शिक्षाको मूल्य र महत्वबारे बोल्न उत्सुक हुन्छन् । शिक्षाजस्तो क्षेत्रको दार्शनिक बुझाइले शिक्षा र शिक्षा अध्ययनको महत्वबारे बताउनुअघि यसबारे बनेका साँघुरा सोचहरूलाई फराकिलो तुल्याउन खोज्छ ।

कस्फुसियस
हामीलाई त्यो दिशातिर लगेको हुनाले विद्वानहरूमध्ये हामी प्लेटोप्रति कृतज्ञ छौँ । उनको रचना ‘गणतन्त्र’ मा गुफाको दृष्टान्त नामक अंशमा प्लेटोले एउटा व्यक्तिको कथा भन्छन् । त्यो व्यक्ति लामो समयदेखि गुफामा फसेको हुन्छ । तर, एक दिन उसले त्यहाँबाट निस्किने र बाहिरफेर हेर्ने मौका पाउँछ । आफ्नो नौलो प्रयोगबाट रमाएर ऊ आफ्ना साथीहरूलाई बाहिरी संसारबारे बताउन गुफामा फर्किन्छ । ती गुफाबासीहरूको नेतृत्व गर्दै उसले तिनीहरूलाई बाहिर निकालेर आफूले देखेको गजबको संसार तिनलाई पनि देखाउने आशा सङ्गालेको हुन्छ । यो कथाको मर्मले हामीलाई शिक्षालाई खालि कक्षा कोठाभित्रको कामको रूपमा नलिन भन्छ । र, यथार्थमै गजब र छनोट गर्न लायक क्षेत्रतर्फ डोहो¥याउने गतिविधि वा प्रक्रियाको रूपमा शिक्षालाई बुझ्न घच्घच्याउँछ ।
शिक्षाप्रतिको यस्तो दृष्टिकोणले उत्तरहरूभन्दा धेरै प्रश्नहरू जन्माउँछ । हामी अहिले अहम् प्रश्नहरू गर्न सक्छौँ । जस्तो, शिक्षाले हामीलाई पु¥याउने भनिएका यी यथार्थमै गजब र छनोटयोग्य कुराहरू के हुन् ? यो बाटोमा अघि बढ्दै जाँदा हामी आचारको क्षेत्रमा पुग्छौँ जहाँ ती कुराहरूबारे सोधखोज गरिन्छ । ती गजब र छनोट गर्न योग्य कुराहरू के हुन् र तिनीहरू साँच्चिकै हुन्छन् वा हुँदैनन् भन्ने नैतिक खोजबिनले आचारलाई अध्ययनको महत्वपूर्ण क्षेत्र बनाइदिन्छ । यो क्षेत्रलाई हामीले बेवास्ता गर्न हुन्न । के थाहा, खोज्नैपर्ने र गर्नैपर्ने काम नगरी हाम्रो जीवन सकिने पो हो कि ।

लाओजी
शिक्षा र आचार नङमासुझैँ जोडिएका छन् । यही सम्बन्धले गर्दा शिक्षा अध्ययनको महत्व उजिल्याउन सघाउ पुग्छ । शिक्षा र आचारबीच यस्तो गहिरो सम्बन्ध हुनाले नकारात्मक अर्थमा पनि शिक्षा के हो महसुस हुने भयो । प्लेटोको अधिभूतवादी विचार अनुसार संसार विभिन्न स्वरूप वा अवयवले बनेको हुन्छ, त्यहाँ एकचोटि पाएको ज्ञानमा परिवर्तन हुन्न र उनको विचारमा शिक्षा भनेको यिनै ज्ञान सङ्गाल्नु हो । प्लेटोको विचारमा पूरै सहमत नभए पनि हामी गुफामा फसेका ती व्यक्तिहरूले लिने परम्परागत लक्ष्यहरूबारे उब्जिने जिज्ञासालाई यत्तिकै बेवास्ता गर्न सक्दैनौँ । हामीले अहिले जे सोच्छौँ त्यो घोत्लिनुपर्ने खालको हुन्छ । शिक्षाको दर्शनले हामीलाई त्यसबारे खोजबिन गर्न र हामीले केही छुटायौँ कि भनी प्रश्न गर्न घच्घच्याउँछ । हामी कहाँ हुनुपर्ने थियो वा के गर्दै हुनुपर्ने थियो ? के यी शैक्षिक आकाङ्क्षाहरू वास्तवमै सही छन् ? तर, राम्रो सोधीखोजी गर्नुको अर्थ त्यो सबै हामीले एक्लै गर्ने हो भन्ने होइन । गतिलो दृश्य हेर्नका निम्ति हामी विद्वान अग्रजहरूको काँधमा टेक्न सक्छौँ ।
म मध्ययुगीन विचारक थोमस एक्वीनासले अघि सारेका प्रश्न र उत्तरहरूप्रति सहानुभूति राख्छु । उनलाई पछ्याउँदै मैले अलि लामो समय खर्चेको छु । मैले उनका विचारहरू उत्साहप्रद पाएँ । आचारबारे उनका विचारहरूलाई पछिल्लोचोटि जोन फिनिस, जेर्मेन ग्रिसेज र जोसेफ बोयलले ब्युँताएका छन् । शिक्षाबारे मेरा विचारहरू उनीहरूकै विचारमा आधारित छन् । एक्वीनासको आचार सिद्धान्तको यो पुनर्जीवितरूपलाई विद्वानहरूले ‘नयाँ प्राकृतिक नियमको सिद्धान्त’ (NNLT, एनएनएलटी) भनेका छन् ।

वाङ बिन
एनएनएलटी भन्छ – मानव बुद्धिले बुझ्नसक्ने आधारभूत मूल्यमान्यताको एउटा समुच्चय हुन्छ । यी छनोटयोग्य मूल्यमान्यता के हुन् ? एनएनएलटीले यस्ता कम्तीमा सातवटा मूल्यहरूको खोजी हुनुपर्ने र तिनलाई बढावा दिनुपर्ने बताउँछ । यी मूल्यहरू हुन् – सही ज्ञान, मैत्री, जीवन, चतु¥याइँ, सौन्दर्यबोध, व्यवहारिक तार्किकता र धर्म । (यसरी एनएनएलटी मूल्यमान्यताको बहुलतामा विश्वास गर्छ ।) मानव जीवन कति समृद्ध र सुखी बन्नसक्छ भन्ने समग्र कथाको बुझाइ ती व्यक्तिहरूलाई आकर्षक लाग्न सक्छ जो जीवनमा एक प्रकारको ‘असल’ उद्देश्यप्रतिको अचाक्ली लगाव हटाउन उत्सुक छन् । अथवा एउटा ‘असल’ देखिने उद्देश्यले अन्त्यमा व्यक्तिलाई सन्तुष्ट नबनाएपछि वा मानव समृद्ध नभएपछि यही कथा खराब लाग्न सक्छ । हाम्रा बालबच्चालाई गलत दिशामा लग्ने शिक्षा व्यवस्थाले शब्द र सूचनाहरूको माध्यमबाट व्यर्थ र तुच्छ चीजलाई पछ्याउने बनाउँदै जीवन बर्बाद गराउन उक्साउँछ । यो घोत्लिनुपर्ने विषय हो ।
एनएनएलटी र मूल्यमान्यताको बहुलताको उसको प्रतिरक्षा आज सान्दर्भिक बनेको छ । धेरै विद्वानहरूले आज हामी नवउदारवादी परिस्थितिको पासोमा परेको औँल्याएका छन् । ‘नवउदारवाद’ शब्दले मात्र अनेक फरकफरक अर्थ बोकेको हुन्छ । तर, एउटा साझा धारणा के हो भने हामी प्रश्न गरिनुपर्ने र चुनौती दिइनुपर्ने प्रायशः धेरै लक्ष्यहरूबाट निर्देशित छौँ । यस्तो किन पनि गर्नुपर्छ भने ती लक्ष्यहरूले वास्तविक ‘असलपना’ प्रतिबिम्बित नगरेको देखिन्छ । खासमा भयङ्कर त्रासदीबीच यी उद्देश्यहरू प्राप्त गरिछोड्ने भोकले वास्तविक “असलपन” विस्थापित हुने वा बलिदान चढ्ने जोखिम हुन्छ । हाम्रा बालबच्चाले शैक्षिक उपलब्धिमा अति ध्यान दिएकोमा सिंगापुरको शिक्षा मन्त्रालय सचेत बनेको पाएँ । अथवा जहाँजहाँ बालबच्चाहरू गडेर लागेका छन्, त्यसलाई सम्बोधन गर्न चाहेको पाएँ । यो विषयमा अध्ययन भइरहेको छ । साथै हाम्रा बालबालिकालाई विविध सीप र आनीबानी सिक्न उत्साहित गरेको देखिन्छ । उदाहरणका लागि पाठशालाहरूमा चरित्र निर्माण र सुस्वास्थ्यतिर विद्यार्थीहरूको ध्यान तान्न खोजिएको छ । मानव फस्टाउने मूल्यमान्यताको बहुलतामाथि एनएनएलटीले दिने गरेको जोडसँग यो अभ्यास मेल खान्छ । यो अध्ययनमा एनएनएलटीको उपयोग गर्न सकिन्छ ।

रेने देस्कर्तिस
दर्शनमा पूर्व र पश्चिम
मेरा केही विद्यार्थीहरू चिनियाँ छन् । उनीहरू चिनियाँ दर्शन र पश्चिमा दर्शनको तुलना कसरी गर्न सकिन्छ भनी बुझ्न उत्सुक छन् । यो असाध्यै चाखलाग्दो विषय हो । चीन दार्शनिक सम्पदामा धनी छ । तर म ताओवादको पछिल्लो शुअन–शुए अध्ययनको प्रशंसक हुँ । दार्शनिकरूपमा मलाई यो स्वादिलो लाग्छ । युवा प्रतिभा वाङ बीको भाष्य पढ्दा लाओजीले मलाई सुक्ष्मदृष्टि दिन्छन् । (सन् २२६ मा जन्मी २४९ मा बितेका वाङ बी चिनियाँ दार्शनिक र राजनीतिज्ञ थिए । चिनियाँ दर्शनका उत्कृष्ट रचनाहरूबारे उनका भाष्यहरू लोकप्रिय छन् । शुअन–शुए कन्फुसियस र ताओवादलाई परिमार्जन गर्ने पुरानो दार्शनिक परम्परा हो । लाओजी वा लाओ–त्सु ताओवादका प्रवर्तक मानिन्छन् ।) ताओ धर्तीको एउटा असंसारिक र आमातुल्य स्रोतजस्तो देखिन्छ र त्यसले धर्तीमा कुनै गोचर र आदेशात्मक करकापबिना शान्तिपूर्ण लय कायम गर्छ । त्यति नै बेला यसले हितकारी र प्रभावकारी शासनको बारेमा केही व्यवहारिक दृष्टिकोणतर्फ इसारा गर्छ । यी दृष्टिकोणमा ताओको अहस्तक्षेपकारी र भद्र तरीका प्रतिबिम्बित हुन्छ । यसरी असल शासन भनेको ताओलाई पछ्याउनुसरह हो भन्न सकिन्छ ।
असल शासनबारे ताओवादी विचारमा अहिले कोही सहमत हुन वा नहुन सक्छ । तर तथ्य के हो भने सरसर्ती हेर्दा ताओको असंसारिकता लाओजीमा मूर्त भएको कुरा अझ स्पष्ट पार्न आवश्यक छ । यो चिनियाँ दर्शनको मूलमर्म हो र यो अति नै गजबको छ । कन्फुसियसवाद पनि यही कोटीमा पर्छ । कहिलेकाहीँ कन्फुसियसवादलाई व्यवहारिकतामा केन्द्रित भएको र परलोकबारे त्यति गम्भीर नभएको दर्शनको रूपमा पढिन्छ । तर शुअन–शुए परम्पराको व्याख्या अर्कै छ । यसले कन्फुसियस असंसारिकताबारे किन मौन बसे भनी व्याख्या गर्छ । कन्फुसियस असंसारिकताबारे अन्जान थिएनन्, बरु लाओजीभन्दा चलाख भएकैले उनी मौन बसे । अनुयायीहरूले उपरी सत्यहरू खोज्दै आफ्ना सिद्धान्तहरूमा घुँडा धसेर जिन्दगी व्यर्थ नफालून् भनेर कन्फुसियस मौन बस्न चाहेको शुअन–शुएको ठहर छ ।

अरस्तु
चिनियाँ दर्शनमा यथार्थको अमूर्त वर्णन गर्ने वा यथार्थलाई कम्तीमा अव्यक्त रूपमा स्वीकार्ने प्रचलन हुनाले यसलाई पश्चिमा दर्शनसँग तुलना गर्न सकिन्छ । पुनर्जागरणको अवधिपछि पश्चिमा आधुनिक दर्शनले आध्यात्मिकता त्याग्दै गयो । यो कुरा रेने देकार्तेसमा देख्न पाइन्छ । उनको दार्शनिक व्याख्याले एक किसिमले यथार्थलाई ‘सोचको विषय’ मा झारिदियो । ‘सोचको विषय’ बुद्धिप्रधान आलोचनात्मकताको खोलले छोपिएको थियो । यो आलोचनात्मकताले बाह्य भौतिक जगतबारे स्पष्ट सत्य पहिल्याउन सकेन । त्यसैले यो आध्यात्मिकताबारे बोल्न सकेन ।
शब्द वा कर्म जेको माध्यमबाट भए पनि चिनियाँ दर्शनको उच्च आध्यात्मिकतामाथिको यही जोड पश्चिमा दार्शनिकहरूसँग मेल खान्छ । खासगरी देकार्तेसको मनोगतवादबाट मुक्त हुन खोजेका र सावधानीपूर्वक आध्यात्मिक सत्यहरू अङ्गाल्न खोजेका दुवैथरी दार्शनिकहरूसँग यो कुरा मेल खान्छ । उदाहरणको लागि (रिचर्ड क्यापोबियान्कोको अध्ययन अनुसार) पछिल्लो छिमलका मार्टिन हेइडेगर सदैव ‘हुनु’ को अवधारणामा केन्द्रित भए । हेइडेगरको विचारमा ‘हुनु’ को अवधारणा हाम्रो चेतनाको निर्माण होइन । हेइडेगर फ्रान्ज ब्रेन्तानोमार्फत् अरस्तुबाट प्रभावित थिए । उनको दर्शनले आध्यात्मिक यथार्थलाई हाम्रो अथ्र्याइहाल्नुपर्ने चेतनाको छायाँ मान्दैन, बरु त्यो भन्दा माथि मान्छ । केही विद्वानहरूले हेइडेगरमा एसियाली प्रभाव थियो पनि भन्छन् । यस्तै थोमस एक्वीनासको विचार पनि देकार्तेसी वा गैरआध्यात्मिक सोचभन्दा अलग छ । अरस्तुको सिको गर्नाले एक्वीनासलाई ‘सम्बन्धहरू’ को यथार्थ अङ्गाल्ने बनायो । (जोन डीलेको अध्ययन अनुसार) यी ‘सम्बन्धहरू’ ले लौकिक जगतलाई हाम्रो दिमागसँग जोड्छन् । यसले एउटा गतिशील र सूचनामूलक विश्व अघि सार्छ र यो विश्वले हाम्रो दिमागलाई व्यस्त राख्छ । यसरी एक्वीनासको विचार देकार्तेसी चेतनाको क्षीण हात्ती छमात्न्दा एकदम फरक छ । अझ अरस्तु र नवप्लेटोवाद स्वीकार गर्नाले एक्वीनासलाई अस्तित्व (Esse,सार) को रूपमा ईश्वरसम्बन्धी एउटा मौलिक आध्यात्मिकताको विकास गर्ने बिन्दुमा पु¥यायो । उनको विचारमा यस्तो अस्तित्वलाई कुनै निश्चित सार तत्व वा संरचनाले असीमित बनाएको हुन्छ । लाओजीमा मूर्त भएको ताओ आफै ‘आकार’ वा ‘आवश्यक बनोट’ विहीन छ । यसरी तुलना गर्दा यो कुरा एक्वीनसले भनेका कुरासँग मेल खान्छ ।

एक्वीनास
निश्चय नै केस्राकेस्रामा समानता छ भनी सोच्नु अति सुधो हुनु हुनेछ । तैपनि पश्चिमा सोचमा आध्यात्मिक सोचप्रतिको खुलापन देखिनु रोचक र महत्वपूर्ण छ । मलाई लाग्छ यसलाई चिनियाँ दर्शनमा स्वागत गर्न सकिन्छ । मेरो विचारमा ताओवादको शुअन–शुए धाराको हकमा यसो गर्न सकिन्छ किनभने यो धाराका धेरै विद्वानहरू छिङ्ग–तानमा सम्मिलित छन् । (छिङ्ग–तान चिनियाँ राजनेता र बौद्धिकहरूबीच चलिरहेको दार्शनिक अभियान र सामाजिक अभ्यास हो । यसमा अनौपचारिक भेटघाट गरेर वादविवाद र बहस गरिन्छ । यस्ता भेलामा अध्यात्मिकता र दर्शनबारे ‘विशुद्ध संवाद’ माथि जोड दिइन्छ ।) यो एकप्रकारको खुला मनको छलफल हो । सहभागीहरूलाई सुरूचिपूर्ण लाग्ने विषयमा यस्तो छलफल चलाइन्छ । पक्कै पनि आफ्ना छलफलहरूमार्फत् उनीहरूले आध्यात्मिक रहस्यबारे खोजबिन गरिरहन्छन् ¤
(Musings on Philosophy, Ethics and Education)
People’s Daily online, December 30, 2021
अनुवादः संयम
Leave a Reply